सूर्यज्योतिले ल्यायो सही प्लान बीमा योजना, कम प्रिमियममा आजीवन सुरक्षा
काठमाडौं । के तपाईले जीवन बीमा गर्नु भएको छ ?, आफू र परिवारको सुरक्षित भविष्य चाहनु हुन्छ ?, कम बीमा शुल्कमा ठूलो बीमा गरि आजीवन आर्थिक सुरक्षा चाहनु हुन्छ ? अब ढुक्क हुनुहोस् । जीवन बीमा गर्दा कम प्रिमियम शुल्क, धेरै प्रतिफल र आजीवन सुरक्षा दिने गरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको छ ‘सही प्लान’ बीमा योजना । ‘सही प्लान’ बीमा योजनाअन्तर्गत प्रिमियम शुल्क तिरेको ६ गुणासम्म कभरेज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश ब्रिकम खत्रीले बताए । उनका अनुसार प्रिमियम तिर्ने अवधिपश्चात् सम्पूर्ण जीवनको सुरक्षा सो योजनाले गर्नेछ । साथै, सही प्लान योजना खरिद गरेपश्चात् ७० वर्ष पुग्यो भने तिरेको सम्पूर्ण प्रिमियम रकम फिर्ता हुने उनको भनाइ छ । यदि सही प्लान बीमा योजना खरिद गर्दा ३५ वर्ष उमेर भएको ब्यक्तिले १५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँ बीमा गर्याे भने वार्षिक ४० हजार रुपैयाँ बराबरको प्रिमियम शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । सो ब्यक्तिको उमेर ५० वर्ष पुग्दा १५ वर्षको अवधिमा करिब ६ लाख रुपैयाँ प्रिमियम शुल्क शुन आउँछ । तर, १५ वर्षपछि प्रिमियम भुक्तानी अवधि सकिएपनि कभरेज भने आजीवन नै रहने छ । साथै, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण रकम करिब ६ लाख रुपैयाँ फिर्ता हुने सीईओ खत्रीले बताए । त्यसपछि सो ब्यक्तिको परिवारले २५ लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गर्नेछ । कम प्रिमियम शुल्कमा आजीवन सर्वाधिक सुरक्षा हुने गरी सुर्यज्योति लाइफले बीमा क्षेत्रमै पहिलो योजना भएको उनको दावी छ । कम प्रिमियममा ठूलो योजना, ७० वर्षको उमेरमा प्रिमियम फिर्ता, सीमित भुक्तानी असीमित कभरेज र परिवारलाई आर्थिक रकम हस्तान्तरण यस योजनाका मुख्य विशेषता रहेको सीईओ खत्रीले बताए । साथै, सही प्लान योजना खरिद गर्दा अतिरिक्त सुविधा अन्तर्गत भविष्यमा आइपर्ने दुर्घटना, अशक्तता, सर्वाधिक घातक रोगहरुविरुद्ध आर्थिक सुरक्षा गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, सुर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष केशव प्रसाद भट्टराई, सीईओ खत्री लगायतको उपस्थितीमा शुक्रबार उक्त योजना सार्वजनिक गरेको हो । बीमा प्राधिकरणका अध्यक्ष सिलवालले सुर्यज्योतिले ल्याएको सही प्लान बीमा योजना बीमा क्षेत्रकै पृथक भएको बताए । कम्पनीले नयाँऔनयाँ योजना ल्याउने गरेकोमा आगामी दिनमा पनि सर्वसाधारणले सहज रुपमा बुझ्ने गरी बीमा योजना श्रृजना गर्नु पर्ने उनको भनाइ छ । जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै श्रृजनात्मक र भिन्न बिशेषता सहितको योजना ल्याउन उनले बीमा कम्पनीहरुलाई आग्रह गरे । सूर्यज्योतिले ल्याएको सही प्लान बीमा योजना गरीबले कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने उनको भनाइ छ । सही प्लान बीमा योजना तयार गर्दादेखि अन्तिम स्वीकृति लिँदासम्म बीमा प्राधिकरणले सहयोग गरेकोमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले धन्यबाद व्यक्त गरे । साथै, सर्वसाधारणले समेत लिन सक्ने योजना पस्कन पाउँदा खुसि लागेको उनको भनाइ छ । कम्पनीका सीईओ खत्रीले सर्वसाधारणलाई आर्थिक भारको जोखिममा सहयोग पुर्याउने सही प्लान योजना ढुक्क भएर खरिद गर्न आग्रह गरे ।
ट्राफिक चेकिङमा बीमा गरेको छ कि छैन भनेर पनि चेक गर्नुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब गाडी चालकको लाइसेन्स तथा ब्लूबुक चेक गर्नेभन्दा पनि बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने बताएका छन् । शुक्रबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको नयाँ बीमा पोलिसी सार्वजनिक कार्यक्रममा बोल्दै उनले सबैको पहुँचमा बीमा पुर्याउनका लागि यस्तो गर्न आवश्यक रहेको बताएका हुन् । उनले सबै ठाउँ तथा व्यक्तिमाझ बीमाको पहुँच पुर्याउनुपर्ने बताउँदै ट्राफिक चेकिङमा बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने नीति बनाउनुपर्ने बताए । ‘नसक्नेको बीमा गराइदिनु पर्यो, सक्नेले आफैं बीमा गर्छन्, गाडी चलाउँदा चालकको लाइसेन्स र ब्लूबुक होइन, अब बीमा गरेको छ कि छैन भनेर चेक गर्नुपर्छ,’ उनले भने । यस्तै, उनले प्राधिकरण बीमा दाबी भुक्तानीमा सन्तुष्ट नभएको पनि बताएका छन् । उनका अनुसार अहिलेको दाबी भुक्तानी राम्रो भए पनि प्राधिकरण तथ्यांकमा अझै सन्तुष्ट हुन सकेको छैन । उनले सबैको पहुँचमा बीमा पुर्याउन कम्पनीहरूले गरिबले पनि बीमा गर्नसक्ने प्रडक्ट ल्याउनुपर्ने बताए । स्थानीय सरकारले बीमा गराउनेभन्दा पनि बीमा गराउन जोड दिनुपर्ने उनको राय छ ।
व्यवसाय विस्तारमा आक्रामक बन्यो राष्ट्रिय जीवन बीमा कम्पनी, नाफामा हिमालयनको अग्रता
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका छन् । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ नाफा गरेका हुन् । गत वर्षको असोजमा यी कम्पनीहरुले १ अर्ब २५ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले खुद नाफा ३६.६३ प्रतिशत बढेको तथ्याङ्कले देखाएको छ । गत असोजसम्म सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यस कम्पनीले १०४० प्रतिशत नाफा वृद्धि गरेर ४ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सुर्याज्योति लाइफले ३६३.३१ प्रतिशत बढाएर १३ करोड २१ लाख रुपैयाँ नाफा गरेको हो । यस्तै, सानीमा रिलायन्स लाइफको १२८.३७ प्रतिशत बढेर ११ करोड ८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको ८८.५४ प्रतिशत बढेर ५ करोड ९७ लाख रुपैयाँ, आइएमई लाइफको ७६.२० प्रतिशत बढेर १३ करोड ३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५३.६२ प्रतिशत बढेर १० करोड रुपैयाँ र हिमालयन लाइफको ३५.३७ प्रतिशत बढेर २४ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । यस्तै, सन नेपाल लाइफको ३०.८० प्रतिशत बढेर १६ करोड ५३ लाख रुपैयाँ, एशियन लाइफको १४.९६ प्रतिशत बढेर १६ करोड ६१ लाख रुपैयाँ, नेपाल लाइफको १०.२४ प्रतिशत बढेर १५ करोड ७९ लाख रुपैयाँ, मेट लाइफको ४.८८ प्रतिशत बढेर ९ करोड २५ लाख रुपैयाँ, सिटिजन लाइफको १.५९ प्रतिशत बढेर ७ करोड १४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १.०१ प्रतिशत बढेर ११ करोड ९४ लाख रुपैयाँ र नेशनल लाइफको ०.२४ प्रतिशत बढेर १३ करोड २ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।