सानिमा जिआईसीको नाफा २४ प्रतिशत बढ्यो
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा २४.३९ प्रतिशत बढाएर ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७१ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३२ लाख ७८ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म १९ करोड ८१ लाख हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४ लाख ७२ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, महाविपत्ति कोष ३ करोड ९२ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.८० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६३.२० गुणा छ ।
सलिको इन्स्योरेन्सले ९२.७१ प्रतिशत नाफा बढायो, ईपीएस कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा ९२.७१ प्रतिशत बढाएर ५ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ६२ लाख ७६ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म ९३ करोड ७८ लाख ४६ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ७५ लाख ४५ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, महाविपत्ति कोष १८ करोड ७४ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ६ अर्ब ६३ करोड १७ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.७० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२९.६० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ७९.१८ गुणा छ ।
एशियन लाईफको नाफा १५ प्रतिशत बढ्यो, ३९ अर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा खुद नाफा १४.९६ प्रतिशत बढाएर १६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड ६० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म ९५ करोड ७२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । गत वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ, महाविपत्ति कोष १७ करोड ७३ लाख रुपैयाँ र जीवन बीमा कोष ३९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१.०७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११७.२६ रुपैयाँ रहेको छ ।