अण्डरराइटिङमा एकपछि अर्को कमजोरी बाहिरिएपछि समितिले सबै सीईओलाई बोलायो

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएको छ । बीमा समितिका अनुसार आइतबार ३ बजेका लागि कम्पनीहरूका सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । पछिल्लो समय जीवन बीमा कम्पनीहरुकाे अण्डरराइटिङमा विभिन्न त्रुटीहरू बाहिरिन थालेपछि समितिले सीईओहरुलाई समितिमा छलफलका लागि बोलाएको हो । बीमा समितिका अनुसार छलफलमा अण्डरराइटिङको विषयमा वृहत छलफल हुनेछ । पछिल्लाे समय अण्डरराइटिङमा कमजाेरी भएकाे विषयहरु धेरै मात्रामा बाहिरिन थालेका छन् । शुक्रबार मात्रै एक बीमा कम्पनीले गरेको अण्डराइटिङमा ठूलाे त्रुटी गरेकाे घटना बाहिरिसकेकाे छ । साे अपराधिक घटनापछि समिति सीईओहरुलाई नै समितिमा बोलाएर छलफल गर्ने निर्णयमा पुगेकाे हाे । स्रोतका अनुसार आज बीमा कम्पनीहरुको अण्डराइटिङमा हुने गरेकाे कमजोरीलाई न्यूनीकरण गर्ने उपायसहितको छलफल हुनेछ । समितिले अब अण्डरराइटिङमा कडाइ गर्ने तयारी गरेको पनि बुझिएको छ ।

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको परिवारलाई १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत दुई जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनी आफैले निर्माणकर्मीहरुको बीमा गरिदिएकाे थियाे । यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो । दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजारभन्दा बढि निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा गरेको थियो ।  

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरे ‘मेरो बीमा’को उद्घाटन

काठमाडौं । नेपालको इन्स्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित मेरो बीमा प्रिजेन्टस् फ्च्यिुरिस्टिक बैंकिङ एण्ड इन्स्योरेन्स समीट २०२२ कार्यक्रमबीच सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त बीमाको उद्घाटन गरेका हुन् । उक्त मेरो बीमाको वेवसाइटबाट हेर्न सकिन्छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र नेपाल राष्ट्र बैंकको तर्फबाट बरिष्ट डिपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै, कार्यक्रमको अध्यक्षता डा. बिष्णुप्रसाद गौतमले गरेका थिए । डा. गौतम नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक, स्वरोजगार कोषको पूर्व कार्यकारी अधिकृत तथा विद्यावारिधि संघका अध्यक्ष हुन् । कार्यक्रममा पूर्व बीमाकर्मी तथा मेरो बीमाका संस्थापक कोष राज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारेमा जानकारी तथा भविष्यमा दिने सुबिधाको बारेमा जानकारी गराए । उक्त कार्यक्रममा ५ ओटा विषय बस्तु ‘बीमा र बैंक’ को डिजिटलाइजेशन बारेमा प्यानलमा छलफल गरिएको थियो । डा. अमिताभ राजन अध्यक्ष आरबीआइ इंडिया सेवा समिति, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बालकृष्ण सीवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति रहेको थियो । त्यस्तै, विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रबिधिका प्रमुखको उपस्थिति रहेको थियो । इंडियाबाट विभिन्न प्यानललिस्टको रुपमा बिज्ञहरुसहित उक्त कार्यक्रममा २०० जनाभन्दा बढीको उपस्थिति थियो । त्यस्तै, कार्यक्रमको आईटी पार्टनर कुबेर वर्ल्ड र इभेन्ट म्यानेजमेन्ट इभेन्टलिष्टले गरेको थियो ।