शिखर इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २७ गते शुक्रबार मात्रै सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ सय कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठले लिए शपथ

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष रवि भक्त श्रेष्ठ पद तथा गोपनियताको शपथ लिएका छन् । श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल पद तथा गोपनियताको शपथ लिएका हुन् । इन्स्योरेन्सको २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका श्रेष्ठ चयन भएका थिए । सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ गरे । ६ जना निर्विरोध निर्वाचित भएका संचालकहरु संस्थापक सेयरधनीबाट रविभक्त श्रेष्ठ, राज रिमाल दिवक ओली र प्रियंका श्रेष्ठ छन् भने सर्वसाधारणको तर्फबाट विलसनमान रञ्जित र रबिन्द्रराज पन्त रहेका छन् ।  

मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको कार्यकाल थपिने

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल थपिने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै समितिले दुई कार्यकाल पुरा भएका सञ्चालक वा अध्यक्षहरू थप एक कार्यकाल सोही कम्पनीमा रहन पाउने व्यवस्था गरेको हो । यो व्यवस्था मर्जरमा जान प्रकृया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरुका सञ्चालकहरुलाई मात्र लागू हुने छ । कम्पनीका सञ्चालक वा अध्यक्षहरुले मर्जरको प्रकृया सम्पन्न नभएसम्ममा सोही कम्पनीको उक्त पदमा थप एक कार्यकालसम्म रहन सक्नेछन् । जसको लागि बीमा समितिको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ । ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्तीगर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन बाधा पुर्याएको मानिने छैन’, संशोधित निर्देशिकामा भनिएको छ । हाल कम्पनीका सञ्चालक वा अध्यक्ष दुई कार्यकालभन्दा बढी एउटै कम्पनीमा पुनः नियुक्त हुन नपाउने व्यवस्था छ ।