इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने
काठमाडौं । इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत मेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफ कम्पनीको जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । इसेवाको अनुसार यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइने इसेवाले जानकारी दिएको छ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ कम्पीनीले जानकारी दिएको छ । यस्तै यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सक्नेछन् । साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
आदर्श लघुवित्त र मन्दाकिनी हाइड्रो दुबैले असार १ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडौं । दुई कम्पनीले एकैपटक प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर कम्पनी दुबैले आगामी असार १ गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेका हुन् । जसमध्ये आदर्श लघुवित्त ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । उक्त आईपीओमा आवेदन दिन इच्छुकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जानकारी गराएको छ । त्यस्तै, उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँड पछि संस्थाको चुक्ता पुँजी २ करोड नाघ्ने छ । त्यस्तै, लघुवित्तले सेयर निष्काशनको लागि केयर रेटिङ्गस नेपालबाट केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग पाएको छ । मन्दाकिनीको आईपीओ स्थानियलाई मन्दाकिनी हाइड्रोले असार १ गतेदेखि ५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर जारी गर्दै छ । हाइड्रोले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि सो मात्राको आईपीओ जारी लागेको हो । कम्पनीले जारी पुँजी ५८ करोड ८० लाखको १० प्रतिशत अर्थात ५ लाख ८८ हजार ०३७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यी क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्न छन् । उनीहरुले छिटोमा असार १५ गतेभित्रमा आवेदन दिइसक्नु पर्ने छ । यदि माग बमोजिमको आवेदन नपरेको खण्डमा भने इच्छुकले ढिलोमा असार ३० गतेसम्म आवेदन दिन पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जानकारी गराएको छ । मन्दाकिनीको आईपीओमा सोही हाइड्रोको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, केयर रेटिङ्ग नेपालले हाइड्रोलाई सेयर निष्काशनको लागि केयरएनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ ।
ज्योति लाइफ इन्स्योरेन्सले शुरु गर्यो ‘गो डिजिटल’ क्याम्पेन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन शुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो । यो क्याम्पेनको पहिलो कार्यक्रम बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितमा सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाईफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्यूआर कोड मार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिका, ज्योतिबटको माध्यमबाट आफुलाई आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारी दिए । त्यस्तै, इन्स्योरेन्सले सहभागिहरुसंग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तर्क्रिया समेत गरिएको थियो । सोही कार्यक्रम मार्फत अभिकर्ताहरुलाई उपयोगि हुने भिडियो समेत सार्बजनिक गरेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले यस्ता किसिमका कार्यक्रमहरु क्रमशः प्रादेशिक स्तरमा विस्तार गर्दै प्रविधिको उपयोगमा सबैलाई सहभागी गराउन प्रयास गर्ने योजना बनाएको छ ।