कास्कीको लेखनाथबाट प्राइमलाइफ इन्स्योरेन्सको सेवा सुरु

कास्की । कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएका सिइओ भट्टराईले कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरूमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको दाबी गरे । प्राइमलाइफ इन्स्योरेन्सले २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको भने चुक्ता पुँजी दुई अर्ब ७८ करोड रहेको छ ।

चार बीमा कम्पनीले आईपीओ ननिकाल्दा ६ बैंक तथा वित्तीय संस्था तनावमा

काठमाडौं । अहिले संचालनमा रहेकामध्ये ४ जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) जारी नगर्दा ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका छन् । सञ्चालनमा आएका जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आईपीओ जारी गरेका छैनन् । यी ५ कम्पनीमध्ये पनि ४ कम्पनीले आईपीओ जारी नगर्दा ग्लोबल आईएमई, मेगा, एनएमबी बैंक सहित ७ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका हुन् । संचालनमा रहेका महालक्ष्मी लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आईएमई लाइफ, रिलायवल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरिसकेका छैनन् । यसमध्ये सन नेपाल लाइफ बाहेकका कम्पनीले आईपीओ जारी नगर्दा विभिन्न बैंक तथा वित्तीय संस्थालाई तनाब भएको हो । आईपीओ जारी गर्न बाँकी रहेका ५ कम्पनीमध्ये ४ वटा कम्पनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । तर, सन नेपाल लाइफ इन्स्योरेन्समा भने बैंक तथा वित्तीय संस्थाको खासै लगानी देखिदैन । बैंक तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्रमा उक्त सेयर वा डिवेञ्चर सुचिकृत नभएमा लगानी गरेको रकम बराबर नै प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । त्यसैकारण यी ४ बीमा कम्पनीमा लगानी गरेका ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका हुन् । ‘धितोपत्र विनिमय बजारमा सुचिकृत भइनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिवेञ्चर सुचिकृत नभएको खण्डमा लगानी भए बराबरको रकम संचित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम सेयर तथा डिवेञ्चर सुचिकृत नभएसम्म उपयोग गर्न पाइने छैन,’ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरेको एकीकृत निर्देशनको निर्देशन नम्बर ८ मा उल्लेख छ । अहिलेसम्म आईपीओ जारी नगरेका ५ बीमा कम्पनी संचालनमा आएको ३ वर्ष पूरा भएको छ । संचालनमा आएको ३ वर्ष पूरा भएपनि आईपीओ जारी नगरेका बीमा कम्पनीमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले लगानी गरेको रकम बराबर नै प्राभिजनिङ गर्नुपर्ने भएकोले उनीहरुले वितरण गर्ने नाफा कम हुने देखिएको हो । महालक्ष्मी लाइफ, सिटिजन्स लाइफ, रिलायबल नेपाल र आईएमई लाइफ इन्स्योरेन्समा भने बैंक तथा वित्तीय संस्थाको लगानी रहेको पाइएको छ । जसमध्ये महालक्ष्मीमा बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी लगानी छ । सो इन्स्योरेन्समा ५ वटा बैंक तथा वित्तीय संस्थाको ५२ करोड ७५ लाख रुपैयाँ बराबरको लगानी छ । महालक्ष्मीमा मेगा बैंकको २० करोड, ज्योति विकास बैंकको १५ करोड, एक्सेल डेभलपमेन्ट बैंकको ८ करोड, एनएमबि बैंकको ५ करोड र महालक्ष्मी विकास बैंकको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर लगानी छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी २०७५ साल माघ २७ गतेदेखि संचालनमा आएको हो । संचालनमा आएको तीन वर्ष पूरा भएकोले सो कम्पनीको प्रमोटर सेयरमा लगानी गरेका ५ वटा नै बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरे बराबरको रकम प्रोभिजनिङ गर्नुपर्ने भएको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्समा गुडविल फाइनान्सको ३ करोड रुपैयाँ लगानी रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी २०७४ साल भदौ ७ गतेदेखि संचालनमा आएको हो । त्यसैले गुडविल फाइनान्सले सिटिजन लाइफको प्रमोटर सेयरमा लगानी गरे बराबरको रकम लगानी समायोजन कोषमा राख्नु परेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ग्लोबल आइएमई बैंकको २० करोड रुपैयाँ बराबरको लगानी छ । सो कम्पनी २०७४ साल भदौ १५ गतेदेखि संचालनमा आएको हो । अहिलेसम्म आईपीओ जारी नगरेका कारण ग्लोबल आईमई बैंकले रिलायवल लाइफमा गरेको २० करोड रुपैयाँ लगानी बराबरको रकम लगानी समायोजन कोषमा जम्मा गर्नु परेको छ । आईएमई लाइफ इन्स्योरेन्समा पनि ग्लोबल आईएमई बैंकको २० करोड रुपैयाँ लगानी छ । सो कम्पनी २०७४ साल भदौ १ गतेदेखि संचालनमा आएको हो । संचालनमा आएको ३ वर्ष पुगेपनि आईपीओ जारी नगरेका कारण ग्लोबल आईएमई बैंकले आईएमई लाइफमा गरेको २० करोड रुपैयाँ लगानी बराबरको रकम लगानी समायोजन कोषमा राख्नु परेको छ । सम्बन्धित समाचार एकै वर्षमा डबलभन्दा बढी पुँजी वृद्धि गर्न सजिलो छैन बीमा कम्पनीहरु मर्जर/एक्वीजीसनमा जानै पर्ने, हकप्रद जारी गरेर मात्रै पुँजी पुर्‍याउन नदिइने बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइयो, एक महिनाभित्रै योजना पेश गर्न निर्देशन निर्जीवन बीमा कम्पनीले मात्रै सवा २४ अर्ब बढी पुँजी थप्नुपर्ने, कुनलाई कति दवाव ? (सूचीसहित) आईपीओ निकाल्न बाँकी ५ बीमा कम्पनीको पुँजी वृद्धि प्रक्रिया कसरी अघि बढ्छ ? जीवन बीमाको पुँजी वृद्धि : ५ अर्बको पुँजी जुटाउन कसले कति हकप्रद सेयर जारी गर्नुपर्ला ?

असारभित्रै आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गर्दै इन्स्योरेन्सले उक्त जानकारी गराएको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् । जसमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु समावेश गरिएको कम्पनीले जनाएको छ । कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखारउपशाखा संचालनमा रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको जानकारी गराएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो ।