पाँच महिनामा जीवन बीमकको व्यवसाय ७६ अर्बमाथि, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात (मंसिर) सम्ममा जीवन बीमा कम्पनीहरूले ७६ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले आइतबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूले १ करोड १५ लाख ३९ हजार १९५ वटा बीमा पोलिसी बिक्री गरी कुल ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले मंसिर महिनामा मात्रै ३ लाख ५६ हजार २६५ बीमालेख जारी गरी १४ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । पाँच महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले मंसिरसम्ममा १७ लाख ९० हजार ८५ वटा बीमालेख जारी गरेर २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।   दोस्रोमा नेसनल लाइफ इन्स्यारेन्सले १३ लाख ४५ हजार ७८८ वटा बीमालेख जारी गरी कुल ९ अर्ब २७ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा  एलआइसी नेपालले ४ हजार ९०६ वटा पोलिसी जारी गरेर ८ अर्ब १८ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ,  सूर्यज्योति लाइफले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  त्यस्तै, एशियन लाइफले ३ अर्ब ७५ करोड १७ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब २३ करोड २५ लाख रुपैयाँ, सानिमा रिलाइनस लाइफले २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड १८ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

१९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, समयमै साधारण सभा आह्वानको बाटो खुल्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । प्राधिकरणले १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको हो । बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम ३७ मध्ये १९ बीमा कम्पनीहरूबाट पेश भएको त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको छ । यी बीमा कम्पनीहरूले नियामकबाट स्वीकृति पाएसँगै समयमै साधारणसभा आह्वान गर्ने बाटो खुलेको छ । वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीहरूमध्ये १० जीवन बीमक कम्पनीहरू छन् । जसमा सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इस्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र एलआईसी (नेपाल) रहेका छन् । यसैगरी, निर्जीवन वीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको आव २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएको छ । यस्तै, लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको पनि वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ । प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी ७ वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । बीमा ऐन, २०७९ को दफा ८७ को प्रावधानअनुसार बीमकले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र वार्षिक लेखापरीक्षण गरिसक्नुपर्छ । सो समयमै लेखापरीक्षण गराउन नसक्ने बीमकले कारण खुलाई लेखापरीक्षण अवधि थपको लागि समय मागेको अवस्थामा प्राधिकरणले २ महिना थपिदिन सक्ने व्यवस्था छ । कानुनी व्यवस्थाअनुसार बीमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा लेखापरीक्षण गरी सक्नुपर्छ । कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार हरेक पब्लिक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने मा व्यवस्था छ । उक्त व्यवस्थाअनुसार साधारणसभा सम्पन्न गर्न नसकेमा कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितो पत्र बोर्ड, आन्तरिक राजश्व कार्यालय र नेपाल बीमा प्राधिकरणमा जरिवाना तिर्नुपर्छ ।  बीमा ऐन, २०७९ को दफा १३८ मा तोकिएको समयमा प्रतिवेदन पेस नगरेमा म्याद नाघेको एक हप्तासम्म दैनिक २५ हजार रुपैयाँ, दुई हप्तासम्म दैनिक छ० हजार रुपैयाँ र त्यसपछि दैनिक १ लाख रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ । 

हालसम्म ११ जीवन बीमा कम्पनीले घोषण गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म ११ वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये ३ वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीहरूमध्ये अधिकांशले नगद लाभांश दिने भएका छन् । लाभांश घोषणा गरेका ११ मध्ये तीनवटाले मात्रै बोनस सेयर घोषणा गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सबैभन्दा धेरै २१ प्रतिशत लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले घोषणा गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिने छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) ले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीले साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गर्ने जनाएको छ । कम्पनीले यही आउँदो पुस ३० गते साधारणसभा बोलाएको छ । सिटिजन्स लाइफ सिटिजन लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसअघि कम्पनीले २६.९८ प्रतिशत बोनससहित २८.४० प्रतिशत लाभांश दिएको थियो । कम्पनीको साधारणसभा यही पुस १८ गते हुँदैछ ।  नेपाल लाइफ  नेपाल लाइफ इन्स्योरेन्सले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । नेपाल लाइफको पुस १९ गते साधारणसभा हुँदैछ ।  सन नेपाल लाइफ  सन नेपाल लाइफले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा जसमा १५.२६३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत सेयर बोनस रहेको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । सन नेपालको यही पुस २५ गते साधारणसभा हुँदैछ ।  सूर्यज्योति लाइफ  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सूर्यज्योति लाइफको पुस ३० गते साधारण सभा हुँदैछ । त्यस्तै, रिलायबल नेपालले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । प्रभु महालक्ष्मीले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश गत आवको मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । यसैगरी, आईएमई लाइफले १०.५२६३, सानिमा रिलायन्सले १०.१७८, नेशनल लाइफले ८.५ प्रतिशत र हिमालयन एभरेष्टले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।