एसईई परीक्षा सर्दैन: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । सेकेण्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसईई परीक्षा नसर्ने भएकाे हाे । राष्ट्रिय परिक्षा बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेले एसईइ परीक्षा नसर्ने बताएका छन् ।सरकारले विद्यालयहरुलाई चैतको ५ गतेसम्म परिक्षा सिध्याएर विद्यालय बन्द गर्न भनेर सुचना प्रकाशित गरिरहेको अवस्थामा विद्यार्थी र अभिभावकले परिक्षा सर्न सक्ने शंका गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन्ले नेपाललाई शुक्रबार नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेपछि नेपाल सरकारले सर्तकता बढाउँदै भिड हुने सभा सम्मलेनहरु नगराउन आग्रह गरेको हो । तर, परीक्षा नियन्त्रक खकुरेले अहिलेसम्मको अवस्था बुझ्दा एसईइ परिक्षा तोकिएको समयमा नै हुने बताए । ‘तोकिएको तालिका अनुसार नै हामी अगाडी बढिरहेका छौं, शिक्षा मन्त्रालयले हालसम्म परिक्षा सार्न कुनै पनि प्रकारको निर्णय गरेको छैन, त्यसैले हामी आजको दिनसम्मको लागि परिक्षा सर्दैन भन्न सक्छौं,’ उनले विकासन्यूजसँग भने । बिहिबार पनि परीक्षा सार्ने कि नसार्ने विषयमा सरोकारवालाहरुसँग मन्त्रालयमा बैठक बसेको तर परिक्षा सार्न कुनै पनि निर्णय नभएको खकुरेलले जानकारी दिए । यद्यपी त्यस्तो परि आएको खण्डमा परिक्षा स्थगित हुनसक्ने खकुरेलले बताए । उनी भन्छन, परिक्षा भन्दा स्वास्थ्य ठुलो हो त्यसैले परि आएको अवस्थामा परिक्षा भने पक्कै सर्छ । ’ यस वर्षको एसईइ परीक्षा चैत ६ गतेदेखि सुरु हुँदैछ । बोर्डका अनुसार एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा चैत ६ देखि १७ गतेसम्म चल्नेछ । प्रकाशित तालिका अनुसार परीक्षाको पहिलो दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान, ११ गते अनिवार्य सामाजिक अध्ययन, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा तथा १३ गते ऐच्छिक गणितको परीक्षा छ। अन्तिम दिन १७ गते भने विभिन्न प्राविधिक विषयको परीक्षा हुनेछ । परिक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। यसवर्ष देशभरबाट ४ लाख ८२ हजार विद्यार्थी एसईइमा परीक्षामा सहभागी हुँदैछन् । ग्रेडवृद्धि परीक्षातर्फ १७ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् र बाँकी सबै नियमित तर्फ छन् ।

युनिग्लोब कलेजले गर्यो दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन, पूर्व अर्थमन्त्री डा. महतबाट उद्घाटन

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन डा. पर्व अर्थमन्त्री रामशरण महतले गरेका हुन् । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा महतले अनुसन्धानको महत्व र युनिग्लोब कलेजले शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तन र विकासको प्रशंसा गरेका थिए । नेपालको प्राचिनकाल देखि छिमेकी देशसँग व्यापारको सम्बन्ध सुमधुर रहेको बताए । साथै, आधुनिक व्यापारमा पनि नेपाल विश्वको दुई ठुला छिमेकी मुलुक भारत र चीनको बिचमा रहेकोले उक्त आवसरको फाईदा लिन रणनैतिक भुमिका खेल्नु पर्नेमा जोड दिनुपर्नेसमेत उनले उल्लेख गरे । कार्यक्रमका विशेष अतिथि विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा. भिम प्रसाद सुवेदीले यस्ता कार्यक्रमहरु निरन्तरता आयोजना गर्नुले यस कलेजको प्रतिबद्धतालाई झन प्रगाढ पारेको बताए । प्रा.डा सुवेदीले स्वदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले अनुसन्धान र अन्वेशणको माध्यमबाट स्वदेश तथा विदेशमा रहेका युवाहरुलाई स्वेदशमै उधमशिलता र रोजगारीको क्षेत्रमा आकार्षण गर्ने तथा उद्योगहरु स्थापन गर्नका लागि सम्वाहकको भूमिका खेल्ने उल्लेख गरेका छन् । सम्मेलनमा प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमुलक शिक्षण पद्धतिमा जोड दिदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने कुरामा जोड दिए । कार्यक्रममा कलेजका प्रिन्सिपल डा.नर बहादुर विष्टले युनिग्लोव कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको लागि अनुसन्धानमुलक शिक्षण पद्धति महत्वपूर्ण हुने कुरामा प्रकाश पारे । कार्यक्रमका प्रस्तोता कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले उक्त दुई दिने कार्यक्रम भव्यताका साथ सफल गरिने र यस्ता कार्यक्रमले भविष्यमा विद्यार्थीहरुलाई अनुसन्धानको ज्ञान तथा बौद्धिक क्षमतालाई अझ मजबुद बनाउने बताए । उक्त कार्यत्रममा अमेरिका, मलेशिया, इन्डिया वङ्गलादेश लगायत ५ देशका प्रतिनिधीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा १६० वटा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले तीन दिने तालिम दिँदै, सहभागी ५० जनालाई पेड इन्टर्नसीप दिइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं २ को लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को तेस्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । यस एकेडेमीले वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा आगामी चैत ७ देखि चैत ९ गतेसम्म वीरगंजमा संचालन गर्दैछ । जसको लागि २१ गतेबाट फागुन ३० सम्म निःशुल्क आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ । प्रदेश नं. २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विद्यार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको) लाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराजले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो तालिम संचालन गरिएको बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृद्धि विकाशमा धेरै सहयोग गर्ने कुरामा उनले विश्वास गरेका छन् । आवेदकहरुमध्ये निश्चित क्राइटेरीयाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालिममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि संचालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा संपन्न भई तालीम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका बैंकले जानकारी गराएको छ ।