सोमबारदेखि मुलुकका तीन ठुला सहरमा अष्ट्रेलियन एजुकेशन फेयर

काठमाडौं । एईसीसी ग्लोबलले ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८’, जुन ४, ६ र ७ मा काठमाडौंको होटल याक एण्ड यती, चितवनको भरतपुर गार्डेन रिसोर्ट र पोखराको होटल पोखरा ग्राण्डीमा गर्ने तयारी गरिरहेको छ । उक्त अष्ट्रेलियन एप्लिकेशन्स् डेमा काठमाडौँमा २८ अष्ट्रेलियन कोर्स प्रदायक तथा चितवन र पोखरामा १५ कोर्स प्रदायकहरु सहभागी हुने आयोजकको भनाइ छ । नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलाको यस संस्करणमा काठमाडौंमा १ हजार १ सय, चितवन र पोखरामा त्रलमशः ३ सय र ५० भन्दा बढी सहभागीहरु उपस्थिति आयोजकको अपेक्षा छ । काठमाडौँको कार्यक्रमको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा एईसीसी ग्लोबलले उपलब्ध गराउने भिसा डक्यूमेण्टेसन, क्यारियर काउन्सिलिङ तथा टेष्ट प्रिपेरेशन बुथ जस्ता सेवा रहेको जनाइएको छ । आयोजकको अनुसार एईसीसी ग्लोबलको पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैँक, सिद्धार्थ बैँक र एभरेष्ट बैँक गरी ५ विभिन्न बैँकले यस कार्यक्रमका सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गर्नेछन् । ब्रिटिस काउन्सिलले पनि यस कार्यक्रममा भाग लिँदै अष्ट्रेलिया भिसा प्रक्रियाका लागि आवश्यक आइएल्ट्सका लागि टेस्ट प्रिपेरेशनसम्बन्धी जानकारी प्रदान गर्नेछ । ‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डक्यूमेण्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ,’ एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने,’ ‘यसले इच्छुक महानुभावहरुलाई प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ ।’ प्लस टु उत्तिर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकको लागि वैदेशिक शिक्षा, विशेषगरी जुलाई, अगष्ट, नोभेम्बर र फेब्रुअरीमा अष्ट्रेलियामा भर्ना सम्बन्धि जिज्ञासा मेटाउने यो अवसार उचित रहेको उनको भनाइ छ । संस्थाले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको २०१६ देखि वर्षमा कम्तिमा दुई पटक आयोजना गर्दै आइरहेको छ । पछिल्लो समयमा माग बढेको भन्दै २०१८ देखि भने वर्षमा ३ वटा कार्यक्रमको आयोजना गर्ने गरेको छ । २०१८ जनवरीमा यस संस्थाद्वारा आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । विद्यार्थीहरुलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल । सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ सहरमा सञ्चालित छ । प्रधानकार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ ।

शिक्षा र स्वास्थ्यमा भ्याट खारेज

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । यस्तै अस्पताल सेवामा लाग्दै आएको भ्याट पनि खारेज भएको छ ।

जापानमा विद्यार्थीका लागी अवसर र चुनौती- नरेन्द्र चौलागार्इ

पछिल्लो समय नेपाली विद्यार्थीहरु जापनिज भाषाप्रति आकर्षित भएका देखिन्छन् । नेपाली विद्यार्थीहरु स्वदेशमै उच्च शिक्षा लिने सुविधा हुँदाहुँदै किन जापनिज भाषा सिक्न जापान जान लालायित देखिन्छन् । जापान गएर विद्यार्थी के गर्छन् ? उनीहरुले पाउने अवसर र चुनौतिहरुको सम्बन्धमा एपल एजुकेशनल कन्सलटेन्सीका सञ्चालक नरेन्द्र चौलागार्इसँग प्रस्तुत छ विकासन्युजका राजाराम न्यौपानेले गरेका विकास वहसः नरेन्द्र चौलागार्इ, सञ्चालक, एपल एजुकेशनल कन्सलटेन्सी नेपालमा सञ्चालन भइरहेको कन्सलटेन्सी व्यवसायलाई कसरी बुझ्ने ? यो सेवामुलक व्यवसाय हो । सुन्नमा सामान्य लाग्ने परामर्श शब्दको अर्थ वास्तवमा असामान्य छ । हामी शैक्षिक परामर्श दातृ संस्था एजकुेशनल कन्सलटन्सीको चर्चा गरिरहँदा अरु क्षेत्रको परामर्शबारे पनि बुझ्नु पर्ने हुन्छ । एकजना बिरामी डाक्टर कहाँ परामर्श लिन जाँदा निश्चित रकम खर्च गर्छ । त्यस्तै, वकिलसँग परामर्श लिन जाँदा पनि खर्च गर्नुपर्ने हुन्छ । तर हामी शैक्षिक परामर्शकर्ता व्यवसायीहरु विद्यार्थीको शैक्षिक भविष्यको परामर्श निशुल्क दिने गरेका छौं । नेपाली विद्यार्थीहरुका लागि जापान कस्तो गन्तव्य हो ? जापान पढाई र अवसर दुवै राम्रो भएको देश हो । नेपाली मध्यम वर्गका विद्यार्थी पनि जापान गएर भविष्य निर्माण गर्न सक्छन् । पछिल्लो समय जापानको जनसंख्या घट्दै गएकाले पनि विदेशी विद्यार्थीका लागि राम्रो अवसरको सृजना भएको छ । जापानमा नेपालको जस्तो घोकाएर पढाइने शिक्षा छैन । त्यहाँ शिक्षा सीपमुलक र व्यवहारिक हुन्छ । उच्च दक्षता हासिल गरेका प्राध्यापकहरुले मात्र पढाउने भएकोले पढाई राम्रो हुन्छ । जापानमा पढाई हुने विषय प्राविधिक र व्यवहारिक छन् । त्यसैले राम्रोसँग अध्ययन पूरा गरेका विद्यार्थीले पछि जापानमै वर्क परमिट पाउने सम्भावना धेरै छ । उनीहरुले आफुले सिकेको सीपलाई प्रयोग त्यहीँ प्रयोग गर्न सक्नेछन् । नेपालमा शिक्षा हाँसिल गरेर पनि भौतारिने अवस्था छ । तर जापानको शिक्षाबाट सहज रुपमा शिक्षा लिन सकिन्छ । जापान अध्ययन गर्न जाने विद्यार्थीका लागि चुनौतीहरु के के छन् ? विद्यार्थीले पहिलो प्राथमिकता अध्ययनलाई दिनुपर्छ । त्यसका लागि पूर्व तयारी गर्नु पर्ने हुन्छ । त्यो भनेकोे त्यहाँ गएर पढ्नका लागि चाहिने शुरुवाति खर्चको व्यवस्था पहिला नै गर्नुपर्छ । जापानमा पुग्ने वित्तिकै काम र पैसा दुवैको पछि लाग्नु भनेको थप चुनौति व्योहर्नु हो । तर जापान जानेसाथै विद्यार्थीहरु कामतिर केन्द्रित भएको देखिन्छ । विद्यार्थीहरुले बुझ्नु पर्ने कुरा पढाइ छोडेर काममा लाग्ने विद्यार्थीको भविष्य राम्रो बन्नै सक्दैन । अभिभावकले पनि आफ्ना छोराछोरी जापान पठाएपछि तत्काल पैसा पठाउँछ भन्ने सोच राख्नुहुँदैन । यहाँ विदेश अध्ययनका लागि जान सथै कमाइ हुन्छ भन्ने मान्यता छ । यस्तो गल्ती गरियो भने वैदेशिक शिक्षा हासिल गर्ने सपना पूरा हुन सक्दैन । जापान गएर सफल बन्न के कुरामा ध्यान दिनुपर्छ ? सफलताका लागि त भविष्यको योजना बनाउनुपर्छ र सोहीअनुसार चल्नु सक्नुपर्छ । पढाईलाई प्राथमिकतामा राख्न सकेका मात्र जापान गएर सफलता हात पार्न सकिन्छ । छोराछोरीलाई भविष्यमा अभिभावकको सोचमा निर्भर हुन्छ । भविश्यमा बच्चाहरुलाई के बनाउने शुरुमै स्पष्ट हुनुपर्छ । जापान जाने विद्यार्थीले पनि सोही अनुसारको योजना बनाउनुपर्छ । जापान गएर पढाइका लागि धेरै मिहिनेत गर्न सक्छु भन्ने दृढता विद्यार्थीमा हुनुपर्छ । जापानिज भाषामा दक्ष बनेर मात्रै जापान जानुपर्छ । विद्यार्थीले परामर्शदाताबाट ठगिनबाट जोगिनका लागि सचेत बन्नुपर्छ । कन्सल्टेन्सीले पैसा मागेको भरमा दिइहाल्नु हुँदैन । धेरै नेपाली विद्यार्थी जापान पुगिसकेका छन् । त्यहाँको अवस्था कस्तो छ ? त्यहाँ रहेका नेपालीको मानसिकता कसरी पैसा कमाउने भन्ने रहेको छ । जो गलत छ । यद्यपी भविष्यको योजना बनाएर इमानदारीताका साथ पढ्ने नेपालीको अवस्था राम्रो छ । त्यहाँ गएर राम्रोसँग पढाई पूरा गरेका विद्यार्थीले जापानमै राम्रो अवसर हासिल गरेका छन् । त्यसमा परामर्शदाताले कस्तो भूमिका खेल्नुपर्छ ? परामर्शदाताले जापानमा पढ्न जाने विद्यार्थीलाई त्यहाँको सबै सत्य तथ्य जानकारी इमानदारिताका साथ दिनुपर्छ । पैसा कमाउने उद्देश्यले मात्र परामर्शको काम गर्नु हुँदैन । विद्यार्थीका भविष्यप्रति पनि जिम्मेवार बन्नुपर्छ । विद्यार्थीको आर्थिक र शैक्षिक अवस्था हेरेर सोही अनुसारको शिक्षण संस्थाको छनौट गरिदिनु पर्छ । जापानमा पढेपछिको अवसरका बारेमा पनि स्पष्ट पारिदिनुपर्छ । नेपालमा रहेको कन्सलटेन्सीले जापान जाने विद्यार्थीको लागि कस्तो सेवा दिने गरेको छ ? हामीले जापानमा पढ्न जानका लागि आधारभूत आवश्यकता मानिएको जापानिज भाषा सिकाउँछौँ । विद्यार्थीलाई भाषामा दक्ष बनाएर मात्र प्रक्रिया सुरु गछौँ । विद्यार्थीका हित विपरितका कुरा गर्दैनौँ । पढ्न जानुअघि पार्ट टाईम जब, त्यहाँको निमय, खाने बस्ने अवस्था लगायतका सबै कुरामा जानकारी गराउँछौँ । नेपालमा नभएका कोर्ष पढ्नका लागि विद्यार्थीहरुलाई अन्य देश पनि पढाउने गरेको हो । हाम्रो देशमा नै विद्यार्थीले चाहेका विषयका कोर्षहरु भएको खण्डमा नेपाली विद्यार्थीहरुले नेपालमा नै पढ्न सक्थे । सरकारले विद्यार्थीले पढ्न चाहेको कोर्ष पनि व्यवस्थापन गराउन नसक्ने अनि हामीलाई मेनपावर व्यवसायी भन्नुको कुनै अर्थ छैन । नेपालबाट सीमापारी अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका छन् ? सबै वर्गका विद्यार्थीहरु छन् । विदेश अध्ययन गरेर राम्रो शिक्षा प्राप्त गर्न चाहाने विद्यार्थी धेरै छन् । यस्तै किसिमका विद्यार्थी वा वर्ग भनेर सिमा छैन । राजनीतिज्ञ र कर्मचारीहरुको तुलनामा सामान्य परिवारका विद्यार्थीहरु अध्ययनका लागि धेरै जान्छन् । विदेशमा अध्ययनपछि राम्रो कमाइ हुन्छ । पढ्दापढ्दै पनि विद्यार्थीको काम गर्ने अवसर त्यहाँको नीतिले खुलाइ दिएको छ । विदेशको शिक्षा विश्व बजारमा राम्रो स्कोप छ । जापान पढ्नको लागि छात्रवृत्तिको व्यवस्था कस्तो छ ? राम्रोसँग शैक्षिक तयारी गरेर पढ्न जाने विद्यार्थीले छात्रवृत्ति पाउन सक्छन् । तर करिब ९५ प्रतिशत नेपाली विद्यार्थी नपढिकन जाने भएकाले छात्रवृत्ति पाउन सकेका छैनन् । अहिलेसम्म नेपाली विद्यार्थीलाई लक्षित गरेर कोटा घटाएको छैन । जापानले विगतको तुलनामा आफ्नो नियमलाई केही कडा गरेको बताएको छ । नेपाली विद्यार्थीहरु किन विदेश पढ्न गएका हुन् ? नेपाली विद्यार्थीहरु नेपालमा अवसर र सम्भावना नदेखेर विदेश अध्ययन गर्न जाने गर्छन् । नेपालमा मास्टर गरेकाहरुले कुनै रोजगार पाएका छैनन् । विदेशमा गएर अध्ययन सकिएसंगै रोजगारी फेला परिहाल्छ । सरकारले नै यति समय काम गर भनेर छुटाइ दिएको हुन्छ । पढ्न गएको देशमा तोकेकोभन्दा बढी काम गरे करबाही गर्छ । कन्सलटेन्सीहरुका चुनौती के छन् ? हामी जस्तो शैक्षिक परामर्शदातृृ संस्थाले धेरै किसिमका चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । विद्यार्थी र उनको परिवारलाई सबै कुरा बुझाउनु पर्यो । कुनै पनि समस्याले विद्यार्थी सम्बन्धित देश जान पाएन भने त्यसको जिमेवारी लिनु पर्यो । विभिन्न देशहरुका कलेजहरूसंग नजिक हुनु पर्यो । नेपाली जनमानसले कन्सलटेन्सीहरुलाई राम्रो नजरले हेर्ने परिपाटी बसिसकेको छैन । विस्तारै जनमानसको बुझाइमा परिवर्तन गर्नु आवश्यक छ । नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेभन्दा पनि आर्थिक लाभ लिन जाने भन्ने समाजको मानसिकता छ । कलेज र विश्वाविद्यालयका एजेन्टका रुपमा परामर्श गर्दै आएका छौं । जसले हामी आफैलाई हामी परामर्श दातृ संस्था कि विश्वविद्यालय वा कलेजका एजेन्ट हौ भन्ने विषय प्रश्नका रुपमा अगाडि सोझिएको छ । जसको हामीसँग उत्तर छैन । यही व्यवहारले हामी परामर्श दातृ संस्थाभन्दा बढी विदेशी विश्वविद्यालय वा कलेजका एजेन्टका रुपमा प्रस्तुत गरिरहेको छ । सरकारले किन समय-समयमा अनुगमन गर्ने गर्छ ? शिक्षा मन्त्रालयको तथ्यांक अनुसार करिब २ हजार परामर्श व्यवसायीहरु दर्ता भएका छन् । तर, अझैपनि कतिपय कन्सल्टेन्सीहरु, कोचिङ सेन्टरहरु, कम्प्युटर पढाउने संस्थाहरु दर्ता बिना नै निर्वाध रुपमा चलिरहेका छन् । हामीले गर्ने शौक्षिक परामर्शका बिम्बहरुलाई पहिल्याउँदा अभिभावक, विद्यार्थी र उसले पढ्ने संस्थासँग जोडिन जान्छ । मूलत नेपाली विद्यार्थीहरुको शौक्षिक प्रमाणपत्र र आर्थिक क्षमता जगमा बसेर उचित सल्लाह र सुझाव दिँदै आएका छौं । केहीले फटाई गर्छन् कि भनेर भए पनि बेला-बेलामा अनुगमन गरिरहनु पर्छ । विद्यार्थीहरुले सही परामर्श प्राप्त गरुन् । साँचो परामर्श दातृ संस्थाका रुपमा स्थापित हुन सकौं । जसले देशभित्र र देशबाहिर उचित परामर्श दिइ नेपाली वा विदेशी विद्यार्थीको हित अनुकूल कार्य गर्न सकून् भनेर पनि समय-समयमा अनुगमन आवश्यक रहेको देखिन्छ ।