‘सूचना सञ्चार प्रविधिमा रोजगारीः अवसर र चुनौति’

काठमाडौं । नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा सूचना सञ्चार प्रविधिमा रोजगारीः अवसर र चुनौति विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालका लागि इजरायलका राजदुत एक्सिलेन्सी बेन्नी ओमेरको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालय(त्रि.वि.)का रेक्टर प्रा.डा. सुधा त्रिपाठी विशेष अतिथिका रुपमा उपस्थित थिए । उक्त हिमालय कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले ‘नेपाल समृद्धिका चरणमा प्रवेश गरेकाले यसका लागि सूचना र सञ्चारको विकास र राष्ट्र निर्माणमा यसको प्रयोग अपरिहार्य रहेकाले यसै अनुसारको जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि इजरायली राजदुतले आजको विश्वलाई सूचना र सञ्चारले नेतृत्व गरेको र इजरायल पनि यस मार्गमा अगाडि बढी सकेको बताउँदै नेपालसँग सहकार्य गरी स्तरीय शिक्षा प्रदान गर्न तयार रहेको बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षा प्रा.डा. सुधा त्रिपाठीले त्रि.वि. गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गराउने र विश्वविद्यालय शिक्षाको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताएकी छिन् । उनले यस कार्यशालामा प्रस्तुत भएका विचारहरु नेपालको शैक्षिक पुनसंरचनाका लागि निकै महत्त्वपूर्ण रहेकाभन्दै यस्ता कार्यमा त्रि.वि.को सँधै साथ र सहयोग रहने बताएकी छिन् । कार्यक्रममा कलेजका चेयरमेन विष्णुप्रसाद शर्माले गुणस्तरीय र विश्व सुहाउँदो शिक्षा नेपालमै प्रदान गर्ने उद्देश्यले यस कलेजको स्थापना भएको बताएका छन् ।

एभरेष्ट फ्लोरिडा, न्यू समिट र यूनिभर्सल कलेज मर्ज हुँदै, कसकाे सेयर कति हुने ?

काठमाडौं । एभरेष्ट फ्लोरिडा, न्यू समिटि र यूनिभर्सल कलेज मर्ज हुने भएका छन् । तीन शैक्षिक संस्था मर्ज गर्न मर्जर समिटि गठन भई काम शुरु भएको छ । तीन शैक्षिक संस्थाको फरक फरक सामाथ्र्य मर्ज गरी राम्रो र बलियो शैक्षिक संस्था बनाउने उदेश्यले मर्जको तयारी भईरहेको स्रोतले बतायो । नयाँ बानेश्वरस्थित एभरेष्ट फ्लोरिडासँग सुविधा सम्पन भवन छ । न्यू समिट कलेजले त्रिभुवन विश्व विद्यालयबाट बीएससी/सीएचआईटी विषय अध्यापन गर्ने अनुमति पाएको छ । त्यस्तै, मैतिदेबीमा अवस्थित यूनिभर्सल कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीबीए विषय अध्ययन गर्न अनुमति पाएको छ । ‘हामी मध्ये कसैसँग खास विषय पठाउने अनुमति छ तर उचित पूर्वाधार छैन, कोहीसँग उचित पूर्वाधार छ तर लाईसेन्स भएन । मर्ज हुँदा उचित पूर्वाधार पनि हुने भयो, पढाउने विषय पनि भयो’ एक कलेजको कार्यकारी प्रमुखले मर्जपछिको कलेजले पाउने सिनर्जीबारे बताए । पछिल्लो ६ वर्षयता विश्वविद्यालयहरुले नयाँ विषय अध्यापनको लागि अनुमति नदिएका कारण धेरै कलेजहरु क्षमता विस्तार गर्ने अवसरबाट बञ्चित भएको जानकारहरु बताउँछन् । एभरेष्ट फोरिडाबाट शिशिर उप्रेति, न्यू समिटबाट रामेश्वर अर्याल, यूनिभर्सलबाट शिवदत्त ज्ञवाली रहनेगरी मर्जर समिति बनेको छ । मर्जर समितिले तीन वटा कलेजबीच बराबर सेयर हिस्सा रहनेगरी मर्जरको स्वाप रेसियो तयार गर्दैछ । शैक्षिक संस्थाहरु मर्ज गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नभएकोले प्रक्रिया केही लामो भएको स्रोतले बतायो ।

भक्तपुरका सीडीओले टेरेनन् प्रधानमन्त्रीको आदेश, इञ्जिनियरिङ कलेजको अनियमितता छानविन भएन

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा भइराखेको आर्थिक अनियमिताको सम्वन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार काठमाडौंले गरेको पत्राचारलाई जिल्ला प्रशाशन कार्यालय भक्तपुरले अटेर गरेको छ । कलेजमा भइरहेको आर्थिक अपचलन लगायतका विषयमा छानविन गरी सत्यतथ्यका आधारमा आवश्यक कारबाही गर्न गरेको निर्देशको प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भटले अटेर गरेका हुन् । २०७५ जेठ ३० गते प्रधानमन्त्रीले गरेको पत्राचार अनुसार कुनै कारबाही अगाडि नवढाई जिल्ला प्रशाशन मौन बसेका हुन् । कलेजका संस्थापक अध्यक्ष प्राडा दीपक भटराईले नै कलेजमा व्यापक आर्थिक भ्रष्टाचार भइरहेको भन्दै दोषिमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए । निवेदन अनुसार प्रधानमन्त्री कार्यालयले कारबाही अगाडि वढाउन जिल्ला प्रशाशन कार्यालय भक्तपुरलाई पत्र लेखी निर्देशन दिएको थियो । वार्षिक ५० औं करोड आम्दानी भएको कलेजमा तत्कालिन कलेज सञ्चालक समितिका अध्यक्ष लम्वोदर न्यौपानको नेतृत्वमा आर्थिक अनियमितता भइरहेपछि संस्थापक अध्यक्ष भटराइले छानविन गरी दोषिमाथि कारबाही गर्न लिखित माग गरेका थिए । मागको सुनुवाई नभएपछि कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी संघर्ष समितिले सोमबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरसमक्ष ज्ञापनपत्र बुझाई कलेज जोगाई आर्थिक अनियमितताको छानविन गरी दोषिमाथि कारबाही गर्न आग्रह गरेका थिए । शिक्षककातर्फबाट सहप्राध्यापक दुर्गाप्रसाद भण्डारी र कर्मचारीकोतर्फबाट मनोहर खनालको हस्ताक्षर रहेको संयक्त ज्ञापनपत्रमा कलेजको अवस्था वन्द हुने क्रममा पुगे पनि जिल्ला प्रशाशन कार्यालय, स्थानीय निकायको रुपमा रहेको चाँगुनारायण नगरपालिकालगायतका अभिभाबकत्व गर्नेहरु चुप लागेर बसको आरोप लगाइएको छ । बुझाइएको ज्ञापनपत्रमा सीडीओ चुप लागेर वस्नुले मिलेमतो भएको शंका उत्पन्न भएको उल्लेख छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती हडप्न निजीकरण गर्ने पक्षमा रहेका सञ्चालकहरुको नेतृत्व गर्दै आएका पूर्व अध्यक्ष एवं सञ्चालक समितिका सदस्य लम्वोदर न्यौपानेको योजनामा सीडीओको मिलेमतो रहेको आरोप उनीहरुले लगाएका छन् । गएको वैशाख ३१ गते शिक्षक कर्मचारी संघर्ष समिति गठन भएको र समस्या समाधान सम्वन्धी विषयमा जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता नम्वर २५०१ अन्तर्गतको पत्र पनि केही सुनुवाई नभएको अवस्था रहेको बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । स्थितिको जटिलताको समाधान प्रमुख जिल्ला अधिकारीबाट नआएको भन्दै शिक्षक कर्मचारीहरुले असन्तुष्टीसमेत प्रकट गरेका छन् । संघर्षरत शिक्षक कर्मचारीहरुले सीडीओ नारायणप्रसाद भटलाई पटकपटक उनकै कार्यकक्षमा भेटी समस्या समाधान गरिदिन अनुरोध गर्दा अध्ययन गर्नुपर्छ भनी आलटाल गरेको उनीहरुको आरोप छ । ज्ञापनपत्रमा संस्थामा भएका आर्थिक अनियमितताको छानविन गरी दोषिमाथि कडा कारबाही हुनुपर्ने माग पनि उल्लेख गरिएको छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती रहेको नेपाल इन्जिनियरि कलेजलाई प्रालि बनाई वेच्ने प्रयास यसअघि नै लम्वोदर न्यौपानेले गरेका थिए । ज्ञापनपत्र बुझाउनु अघि सयौँंका संख्यामा आएका कलेजका शिक्षक कर्मचारीहरुले प्रशाशन अगाडि विरोध र्याली निकालेका थिए । पर्यटक बस पार्क भक्तपुरबाट विभिन्न नारा लेखिएका कार्ड बोकी उनीहरु प्रशासन पुगेका थिए । सामाजिक संस्था ऐन अनुसार गैर नाफामुलक रुपमा सञ्चालनमा रहेको कलेज एक पक्ष सोही रुपमा र अर्काे पक्ष नाफा कमाउन निजीकरण गर्नुपर्नेमा रहेका छन् । सात सदस्यीय सञ्चालक समितिमा पाँंच जना प्रालि गरी वेच्ने पक्षमा छन् भने दुई जना नाफा नलिई सञ्चालन गर्नुपर्ने पक्षमा छन् । सञ्चालक समितिका सदस्यहरु हरिप्रसाद पाण्डे र शलिल भटराई नाफा नलिने पक्षमा छन् भने अन्य सदस्यहरु लम्वोदर न्यौपाने, डा रामरत्न उपाध्याय, लवराज भटराई, उपेन्द्र गौतम, र सूर्यवहादुर केसी प्रालि गरी नाफा कमाएर बेच्ने पक्षमा छन् ।