एनसीसी बैंकद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग
काठमाडौं । एनसीसी बैंकले काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी हुन् । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता वृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई उक्त रकम उपलब्ध गराईएको हो ।
सानिमा बैंक पोखराले विद्यालयको खाजा अभियानलाई गर्यो ६ लाख आर्थिक सहयोग
काठमाडौँ । सानिमा बैंक पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित विद्यालय खाजा अभियानलाई रु. ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ । उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउँदै आएको छ । बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम गिरीलाई सो रकमहस्तान्तर गरेका हुन् । सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले विद्यालयमा उल्लेखनीय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमापनि धेरै सुधार आएको बताए । बैंकका शाखाप्रबन्धक बिरेन्द्रलाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयले गरेको सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे । सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत७बर्ष देखि उपत्यकाबाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।
आईआईएमएस कलेजद्वारा दशैँ कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना
काठमाडौँ । आईआईएमएस कलेजले दशैँ कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो । नेपाली टिपिकल खाना र संस्कृतिको प्रवद्र्धन गर्न मेलाको आयोजा गरिएको आईआईएमएस कलेजका सीर्इओ सविन्द्र महर्जनले जानकारी दिए । फेस्टिभलमा सातवटै प्रदेशका खानाका परिकारलाई मेलामा सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–मोम, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो । फेस्टिभलमा नेपाली संस्कृति झल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेली नाच प्रस्तुत गरिएको सिइओ सविन्द्र महर्जनले जानकारी दिए । भिजिट नेपाल २०२० लाई प्रोमोट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कलेजले प्रत्येक वर्ष फेस्टिभको आयोजना गर्दै आएको छ ।