आइओएम र पाटनको एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो। आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो।
विप्लवकाे कार्यकर्ताद्वारा सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट
इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका छन्। सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए । केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उनले बताएका हुन् । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ । रासस
भदौ २२ गते ‘अल्फा बिटा यूएस क्यानडा एजुकेसन फेयर’ हुँदै
काठमाडौं। यस वर्षको ‘अल्फा बिटा युएस क्यानडा एजुकेसन फेयर’ २२ भदौमा हुने भएको छ। यूएस तथा क्यानडाका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा आगामी आइतबार अल्फाबिटा कम्प्लेक्स बानेश्वरमा फेयर हुने भएको हो। फेयर बिहान १० बजेदेखि सुरु हुनेछ । विद्यार्थी तथा अभिभावकले एउटै छाना मुनि यूएस र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुसंग अन्तरक्रिया तथा परामर्श गरी सहि सुचना प्रदान गर्ने उदेस्यले फेयर आयोजना गरेको कार्यकारी अध्यक्ष द्धिराज शर्माले बताए । युएस तथा क्यानडामा उच्च शिक्षा लिन चाहनेहरुले कोर्ष, शुल्क, बसाईलगाएतका विषयमा जानकारी प्राप्त गर्न सक्नेछन् । विदेश अध्ययानमा जान चाहने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढिरहेको तथा यूएस र क्यानडामा समेत आकर्षण बढिरहेकाले ती देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फेयरमा सहभागिता जनाएर सत्य, निष्पक्ष सुचना विश्वविद्यालयका आधिकारिक प्रतिनिधिबाट प्राप्त गर्ने अवसर रहेको उनले बताए । अल्फा बिटाले फेयरमा सहभागि हुने विद्यार्थीलाई बिभिन्न अफर समेत राखेको छ। मेलामा २० स्टल रहनेछन् । फेयरमा सहभागि विद्यार्थीलाई तयारी कक्षामा ५० प्रतिशत छुट आईतबारको मेलामा उपस्थित हुने विद्यार्थीलाई अल्फा बिटाले तयारी कक्षा लगाएतमा धेरै अफरको ब्यवस्था गरेको छ । फेयरमा सहभागि हुने विद्यार्थीले आईइएलटिएस, टोफल र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ । फेयरमा सहभागिले ‘प्रोसेसिङ’ शुल्कमा पनि भारी छुट पाउने व्यवस्था गरेको शर्माले बताए ।