घरमै बसेर डिग्री पढ्न ६०० विद्यार्थीले दिए खुला विश्वविद्यालयमा आवेदन, चाप बढेपछि थपियो समय
काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ६०० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर वैशाख ५ गते सम्मलाई तोकेको हो । विश्वविद्यालयले चैत २१ गतेसम्म फारम बुझाउने अन्तिम दिन तोकेपनि विद्यार्थीको चासो धेरै बढेपछि म्याद थप गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माले बताए । खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विधार्थीले भर्ना हुन इच्छा देखाएपछि म्याद थपिएको उनले जानकारी दिए । विश्वविद्यालयले घरमै बसेर अनलाइनमार्फत स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न भर्ना खुलाएको छ । एमफील इन आईसीटी, मास्टर्स इन ई–गर्भनेन्स, एमफील इन सोसल साइन्स, एमफील इन एजुकेसन, डिप्लोमा इन लाइबे्ररी एन्ड इन्फरमेसन म्यानेजमेन्ट, पोस्ट ग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई–लर्निङ मा भर्ना खुलाएको हो । भर्ना फारमका लागि विश्वविद्यालयले १ हजार रुपैयाँ दस्तुर लिएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे र विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षिय लागि भर्न खुला गरेको हो । उनकाअनुसार विश्वविद्यालयले वैशाख १५ गते प्रवेश परीक्षा लिने कार्यतालिका तय गरेको छ । प्रवेश परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पसमा हुनेछ । ई–सेवाबाट पनि भुक्तानी गर्ने व्यवस्था मिलाएका विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीमा स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिने व्यवस्था गरेकाे छ ।
नेपाल खुला विश्वविद्यालयले शैक्षिक क्षेत्र विस्तार गर्दै, सातवटै प्रदेशमा जाने तयारी
काठमाडौं । नेपाल खुला विश्वविधालय देशका ७ वटै प्रदेशमा जाने भएको छ । प्रदेशमा कार्यक्षेत्र विस्तारका लागि विश्विद्यालयले आन्तरिक तयारी थालेको छ । पहिलो चरणमा विश्वविद्यालयले सरोकारवालासंग शैक्षिक कार्यको अभिमुखिकरण कार्यक्रम र प्रदेश स्तरमा स्थापना हुने प्रादेशीक अध्ययन केन्द्र स्थापनका लागि छलफल थाल्ने भएको छ । खुला विश्वविद्यालयका रजिष्ट्रार कमल ढकालले ७ वटै प्रदेशमा कार्यक्षेत्र विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले कार्य क्षेत्र विस्तारमा जानुअघि सबै प्रदेशमा अन्तरक्रिया गरिने बताए । विश्वविद्यालयका लागि भवन वा जग्गा उपलब्ध गराउने बारेमा छलफल गर्ने पनि ढकालले सुनाए । खुला विश्वविद्यालयका प्रा.डा. लेखनाथ शर्माकाअनुसार पहिलो चरणमा ७ वटा प्रदेशमा अध्ययन केन्द्रहरु राखिने छ । त्यसमा विद्यार्थीहरुको चापलाई हेरेर सिकाई सहयोग केन्द्र पनि स्थापना गरिने उनले बताए । कुनै विद्यार्थीको नेटमा समस्या आएमा नजिकैको अध्ययन केन्द्र वा सिकाई केन्द्रवाट पेन्ड्राइपमा हालेर घरमानै लगेर समेत अध्ययन गर्न सकिने बताए । विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधि संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे कोर्सका लागि पनि भर्ना खुलेको छ । विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षे कार्यकालका लागि भर्न खुला गरेको हो । विश्वविद्यालयले त्रिभुवनको भन्दा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ ।
एसईई सकियो, अब जाने हैन त ब्रिजकोर्स पढ्न ?
काठमाडौ । चितवको स्मल हेवन स्कुलबाट एसईईको परीक्षा सकिएको केही दिन मै राउल शाह ब्रिजकोर्समा भर्ना भए । कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने योजना बनाएका उनको पहिलो उद्देश्य प्रवेश परीक्षामा राम्रो अंक ल्याएर छात्रवृत्ति प्राप्त गर्नु हो । उनीसँगै उनका सहपाठीे साथीहरु पनि ब्रिजकोर्सका लागि इन्स्टिच्युटमा भर्ना भएका छन् । परीक्षा र नतिजाबीचको तीन महिना समयको सदुपयोग पनि हुने र कक्षा ११ मा भर्ना हुनका लागि पनि सहज हुने भएकाले आफूहरु ब्रिजकोर्समा भर्ना भएको उनीहरुको भनाइ छ । राउल शाहा र उनका साथीहरु जस्तै यती बेला ४ लाख ८५ हजार परीक्षार्थी फुर्सदिला बनेका छन् । उनीहरु धेरैका लागि ब्रिजकोर्स समय सदुपयोग गर्ने उपयुक्त विकल्प बनेको छ । इन्टिच्युटहरुले विद्यार्थि तान्नका लागि धमाधम ब्रिज कोर्सका लागि कक्षा खुला गरेका छन् । पुतलिसडकमा रहेको क्यामरिज इन्स्टिच्युटका सञ्चालक श्री बास्तव ब्रिजकोर्सले कक्षा १० र ११ लाई जोड्ने पुलको रुपमा काम गर्ने बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “पाठ्यक्रमको हिसाबले कक्षा १० सम्म र प्लस टुको पाठ्यक्रम फरक छ, त्यसमाथि ए लेभलका साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स पनि छन् । यस्तोमा ब्रिजकोर्स विद्यार्थीका लागि सहयोगी बनेको छ ।” ब्रिजकोर्सको कक्षाकोठामा पाठ्यक्रमका साथै व्यक्तित्व विकासका कक्षाहरु साथै अतिरिक्त क्रियापकलाका कक्षा समेत सञ्चालन गरिने बास्तवले जानकारी दिए । दैनिक ३ घण्टाको कक्षामा आधा घण्टा ब्रेक दिइने गरेको छ । प्रत्येक साता जाँच पनि लिइने गरेको उनले सुनाए । इन्टिच्युटहरुले १० हप्ताका लागि ७ देखि ८ हजार शुल्क लिने गरेका छन् । यसमा आवश्यक पुस्तक पनि सोही शुल्कमा उपलब्ध गराउँदै आएको सञ्चालकहरुले बताएका छन् । इन्स्टिच्युटले विद्यार्थीको सेन्ड अप परीक्षाको नतिजाका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । राजधानी काठमाडौंमा मात्रै होइन, देशका सबै जसो ठाउँमा ब्रिजकोर्स अध्यापन गराउने इन्स्टिच्युटहरु खुलेका छन् । जहाँ कक्षा १० पछि विज्ञान, व्यवस्थापन, ए लेभल तथा प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्रि–क्लास उपलब्ध गराइन्छ । देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाइन्छ । एसईईपछिको खाली समयमा घुमघाम गर्नेमात्र नभई कम्प्युटर सिकेर वा सीपमूलक तालिम लिएर आफ्नो क्षमता बृद्धि गर्नुको साथै आत्माविश्वास पनि बढाउन सकिने भएकाले अहिले धेरैका लागि पहिलो विकल्प ब्रिजकोर्स नै बनेको छ । ब्रीज कोर्स किन ? ब्रिजकोर्स विद्यार्थीहरुका लागि एउटा राम्रो मौका पनि हो । एसईईपछिको खाली समयलाई विद्यार्थीहरुले घुमेर र खेलेर कटाइरहेका हुन्छन् । त्यही समयलाई विद्यार्थीहरुले सदुपयोग गर्न सके उनीहरुको भविष्यमा धेरै ठूलो परिवर्तन आउन सक्छ । ब्रिजकोर्सले विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराउँछ । विद्यार्थीहरुलाई हुने फाइदा विद्यार्थीहरुले पछि पढ्ने विषयको सामान्य ज्ञान ब्रिजकोर्स पढ्दा पाइन्छ । उनीहरुले उच्च शिक्षा हासिल गर्ने क्रममा कक्षामा पढ्ने विभिन्न विषयका बारेमा पहिले नै जानकारी दिइने हुनाले उनीहरुका लागि सजिलो हुन्छ । त्यस्तै, ब्रिजकोर्स अध्ययन गर्ने धेरैको उद्देश्य प्रवेश परीक्षाको तयारी नै हो । राम्रा कलेजमा भर्ना पाउनका लागि वा छात्रवृत्ति पाउनका लागि प्रवेश परीक्षामा ल्याउने अंक महत्वपूर्ण हुन्छ । बाग बजारमा रहेको ड्रिम हाई एजुकेशन एकेडेमीका संचालक महेन्द्र मिजारका अनुसार एसईई परीक्षापछि विद्यार्थीहरु पूर्णरुपमा तनाव मुक्त हुन्छन् । केही दिनपछि विद्यार्थीहरु आफै ब्रिज कोर्सका लागि कन्सलटेन्सीसम्म आउने गर्छन । विषेशगरी गणित, विज्ञान, व्यवस्थापन र नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको लागि ब्रिजकोर्स निकै सहयोग गरेको मिजारको भनाई छ ।