एफवान सफ्ट शैक्षिक क्षेत्रमा पनि लगानी विस्तार गर्दै
काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट गु्रपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार गरेको हो । नेपालको आइटी क्षेत्रमा एकातिर दक्ष जनशक्तिको अभाव रहेको र अर्काेतिर आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूले उपयुक्त अवसर नपाइरहेको समस्यालाई समाधान गर्न एफवान सफ्टले कलेजमा लगानी विस्तार गरेको जनाएको छ । बिसिए र बिएससी सिएसआइटी अध्ययन हुने कलेजमा एफवान सफ्टले सबै सेमेष्टरमा प्रोफेसनल आइटी ट्रेनिङ दिनेछ । साथै हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट गु्रपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए । आइटीसँग सम्बन्धित पढाई हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् । एफवान सफ्ट गु्रपका निर्देशक सुभास सापकोटाले स्वष्तिक कलेजसँगको सहकार्यले आफूहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभुति हुने हुनाले कम्पनी, कलेज र विद्यार्थी सबैलाई फाइदा हुने बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त कलेजमा बिसिएमा ३६ र बिएससी सिएसआइटीमा ३६ गरी ७२ जनाको कोटा छ । कलेजमा अहिले भर्नाका लागि फर्म वितरण सुरू भएको जनाइएको छ ।
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा निर्मित विद्यायल हस्तान्तरण
काठमाडौँ । टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्ट र टाटा ट्रस्ट (इन्डिया) तथा सिप्रदीयन सहायता संस्थाको साझेदारीमा संचालित “नेपाल अर्थक्वेक रिस्पोन्स प्रोगाम” अन्तर्गत पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिकामा अवस्थित मार्मिङ माध्यमिक विद्यालय उद्घाटन गरिएको छ । नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवनको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमका विशेष अतिथिमा टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर शहोब राइस, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल तथा टाटा सस्टेनिलिटी ग्रुपका नायब महाप्रबन्धक श्रीरंग डाभ थिए । त्यसैगरी सिन्धुपालचोकको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिककी उपाध्यक्ष दाबुटी शेर्पा, सिप्रदी ट्रेडिङका महाप्रबन्धक कृष्णप्रसाद बर्तौला तथा टाटा ट्रस्ट्स नेपालका क्षेत्रीय प्रबन्ध टमलाल पोखरेलको पनि उपस्थिति थियो । पुनर्निमार्ण गरिएको भूकम्पप्रतिरोधी विद्यालयमा १० वटा कक्षाकोठाहरू, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेसोरी कक्षाकोठाहरू र अन्य भौतिक सुविधाहरू रहेका छन् । यो विद्यालय भवन २.७ करोड रूपैयाँभन्दा पनि बढीको लागतमा पुनर्निमार्ण गरिएको हो ।
कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीमा पठाउनेतिर विभागको ध्यान
काठमाडौं । काठमाडौ जिल्ला सिनामंगल स्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्ट्यान्सीमा वैदेशिक रोजगार विभागले अनुगमन गरेको छ । पछिल्लो समय सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिई अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा विभागवाट खटिगएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीवाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएका व्यक्तिहरुको आवेदन फायल तथा व्यतिmहरुको राहदानीको स्क्यान कपी, कामदार भिषा र युरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ । टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सि.पि.यु जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागी पत्र थमौती गरेको छ । पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिहरसँग मोटो रकम लिई नियम विपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको छ। यस सम्वन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने नीति लिएको जनाएको छ ।