नामी र इन्फोडेभ्लपर्सबीच विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग गर्ने सम्झौता

काठमाडौ। जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालीबीच सुचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउन उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार इन्फोडेभलपर्स प्रालीको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनधीले नामीका विद्यार्थीाई सूचना प्रविधिसंग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् । सम्झौतासंगै नामीका विद्यार्थीले सूचना प्रविधीको क्षेत्रमा विश्वबजारमा भइरहेका नया नया अविष्कारसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन् । साथै नामीलाइ सूचना प्रविधीको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनीधीले विश्वास लिएका छन् । शैक्षिक ज्ञान दिइरहेको प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको दुइ सस्थाबीच सम्झौता भएको यो पहिलो कार्यक्रम रहेको नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ट व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए । उनका अनुसार विश्वबजारमा सूचना प्रविधीको विषयमा भइरहेको वास्तविक अभयासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउनेछन् । यो सहकार्यसंगै नेपाली सूचना तथा प्रविधी बजार तथा उद्योग कलकारखानाले माग गरेको सूचना प्रविधीसंग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ । साथै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले पनि भविष्यमा कुन क्षेत्र रोज्दा आफ्नो रोजगारी सुनिश्चित हुनेछ भन्ने विषयमा अध्ययनकै समयमा जानकारी पाउनेछन् । यो जानकारीले उनीहरुलाई अध्ययन सकिने वित्तिकै रोजगारीमा जान पनि सघाउनेछ । समझौतापछि दुवै संस्थाले उद्यमसिल बन्न चाहने र रचनात्मक क्षमता भएका विद्यार्थीलाई यस अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ । नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ । इन्फोडेभलपर्स सुचना प्रविधीको क्षेत्रमा क्रियासिल अग्रणी संस्था हो । सूचना प्रविधीसंग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियासिल छ ।

टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रका सामुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विधार्थीहरुलाई विभिन्न विषयको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयम्सेवक शिक्षक पठाउन उक्त सहयोग गरिएको हो । एक दिन नेपालका सबै विधार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन् भन्ने मूल मन्त्रका साथ काम गर्दै आएको टिच फर नेपालले ६ जिल्लाका ६७ विद्यालयमा २७० जना स्वयम् सेवक शिक्षक पठाएर ३० हजार भन्दा बढी विधार्थीहरुलाई विज्ञान, गणित र अंग्रेजी विषय अध्यापन गराइरहेको छ ।

क्याम्पियन कलेजले गर्यो स्नातक उपाधि समारोह

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत रहेको सिजि एजुकेशनद्घारा सञ्चालित क्याम्पियन कलेजले आफ्ना स्नातक उपाधि कार्यक्रम होटल हिमालयमा सम्पन्न गरेको छ । करिब १५० जना विद्यार्थीहरु उक्त कार्यक्रममा आफ्नो स्नातक उपाधि लिएका थिए । उक्त कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद लामिछानेको अध्यक्षतामा र नविल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा कलेजका प्राचार्य मनिता ओलीले स्वागत मन्तव्य राखेका थिए । साथै त्रिभुवन विश्व विद्यालयका व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले आजको सूचना र प्रविधिको युगमा विद्यार्थीहरु आफूलाई अब्बल सावित गर्नका लागि आफूलाई अध्यावधिक गर्नु पर्ने र बजारका लागि तम्तयार रहनु पर्ने कुरामा जोड दिँदै सम्पूर्ण उपाधि प्राप्त विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे । सिजिकर्प ग्लोबलका कार्यकारी निर्देशक निर्वाणकुमार चौधरीले सम्पूर्ण विद्यार्थीहरुलाई सफल जीवनका लागि शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुमा उद्यमशिलताको विकास गर्नु पर्ने बताए ।