शैक्षिक परामर्श दिँदै द जेन्युइन एजुकेसन सर्भिस

काठमाडौं । पछिल्लो समय नेपाली विधार्थीहरुको आकर्षण अष्ट्रेलिया बनेको छ । अध्ययनसँगै काम र दाम पनि हुने हुँदा अष्टेलिया नेपाली विद्यार्थीकाे  पहिलो रोजाई बनेको हो । नेपाली विद्यार्थीकाे हरुको यही चाहनालाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनका लागि उपयुक्त शैक्षिक परामर्श उपलब्ध गराउने हेतुले काठमाडौंको सोह्रखुट्टे, लिंकरोडमा ‘द जेन्युइन एजुकेसन सर्भिस’ ले आफ्नो सेवा शुरु गरेको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि उचित परामर्श प्रदान गर्ने तथा उपयुक्त विश्वविद्याको छनौटमा सघाउने द जेन्युइन एजुकेसन सर्भिस’ का निर्देशक सनीरकुमार महर्जनले बताए । महर्जन आफैं करीब एक दशकदेखि अष्टे«लियामा रहेर अध्ययन तथा व्यवसायलाई अघि बढाइरहेका छन् । ‘अष्ट्रेलियामा रहेर हासिल गरेको अनुभव, सम्पर्क र ज्ञानलाई नेपालबाट अष्ट्रेलिया गएर अध्ययन गर्न चाहने विद्यार्थीकाे हितमा सघाउ पुर्याउने उद्देश्यले हामी अघि बढेका छौं,’ महर्जनले भने । महर्जनले द जेन्युइन एजुकेसन सर्भिस’मा आउने विद्यार्थीकाे अष्ट्रेलियाको जुनसुकै स्थानमा, जुनसुकै विषय तथा जुनसुकै विश्वविधालयमा अध्ययनका लागि बिना झञ्झट उचित र आवशयक परामर्श मात्र दिने बताए । ‘हामी विद्यार्थीकाे समय तथा पैसालाई बर्बाद नहुने गरि आवश्यक र उचित परामर्शमात्र दिन्छौं’, महर्जनले भने । द जेन्युइन एजुकेसन सर्भिस’ले विधार्थीको सहयोगका लागि आवश्यक डकुमेन्टसनमा सघाउने पनि उनले बताए । हाल परामर्श सेवामात्र शुरु गरेको भएपनि निकट भविष्यमै विद्यार्थीकाे लागि आइएलटीएसलगायतका कक्षाहरु पनि शुरु गर्ने तयारीमा रहेको पनि महर्जनले बताए ।

भूकम्प प्रभावित १०० जना विद्यार्थीलाई ब्रिजवाटर कलेजमार्फत शैक्षिक छात्रवृत्ति दिन समझदारी

काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेज मार्फत १०० जना विद्यार्थीलाई छात्रावृत्ति दिने विषयमा कलेज, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २, लायन्स एण्ड लियो क्लब अफ काठमाडौं, कैलाश तथा टेक्नो कजेट नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्र अनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी कोषको लागि नभए पनि अति पिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो । यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल श्री संदिप खनालले भने । ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुल नाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्य कोर्न सहयोग पुर्याउने माध्यमको रुपमा रहेको छ । यो छात्रवृत्ति १०० जना अति पिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि अवसरको रुपमा आएको छ जसले प्रति विद्यार्थी ५० हजार रुपैयाँ प्राप्त गर्ने बताईएको छ ।

एसईई नतिजा खस्कियो, १ लाख विद्यार्थी ११ कक्षा भर्ना हुनै मुस्किल

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी नजिकै माध्यमिक शिक्षा परीक्षा (सईई) को नतिजा हेर्दै छात्रहरु । एसईई परीक्षा दिएकामध्ये एक लाखभन्दा बढी विद्यार्थीको भर्ना मापदण्ड पूरा नहुने पाइएको छ । विज्ञान, मानविकी, शिक्षा, कानुन संकायको जुनसुकै विषय पढ्न पनि अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार अनिवार्य सामाजिकमा त्यसभन्दा तल डी र ई ल्याउने १ लाख ६ हजार ४ सय ६४ विद्यार्थी छन् । अंग्रेजीमा डी र ई ल्याउने ६५ हजार ७० र नेपाली विषयमा ६५ हजार छन् । सामाजिक विषयलाई मात्रै आधार मान्ने हो भने परीक्षा दिएका ४ लाख ४५ हजार ५ सय ६४ विद्यार्थीमध्ये ३ लाख ३९ हजार एक सय जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य हुनेछन् । यसमा १.६ भन्दा कम जीपीए ल्याउने ६९ हजार, बीचैमा परीक्षा छाडेका र परीक्षा रद्द गरिएका विद्यार्थी जोडिएको छैन । गतवर्ष ४ लाख ३७ हजार विद्यार्थीले परीक्षा दिएकामा १ लाख १२ हजारले सामाजिकमा डीभन्दा कम ग्रेड ल्याएका थिए । गतवर्ष परीक्षा दिएकामध्ये ३ लाख ४८ हजार अर्थात ८० प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना भएका छन् । यसमा ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्नुअघि श्रेणीका आधारमा पास गरेका विद्यार्थी पनि भर्ना भएका छन् । गतवर्ष भर्ना भएको संख्यालाई आधार मान्ने हो भने यसवर्ष ३ लाख ५० हजार हाराहारी मात्रै ११ कक्षामा भर्ना हुन योग्य हुनेछन् । भर्ना मापदण्डअनुसार विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, व्यवस्थापन, मानविकी र शिक्षा अध्ययन गर्न न्यूनतम १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । जीपीए १.६ भन्दा बढी ल्याए पनि विषयगत रूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ । सबै समूहमा सामाजिक, अंग्रेजी, नेपालीमा अनिवार्य डी प्लस ल्याउनुपर्ने हुन्छ । विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, विज्ञान र सामाजिकमा सी प्लस, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनैपर्ने हुन्छ । त्यस्तै व्यवस्थापन, मानविकी र शिक्षाको जुनसुकै विषय पढ्न पनि अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य हुन्छ । त्यसबाहेक तीन सय पूर्णांकको ऐच्छिक विषय पढ्नुपर्ने हुन्छ । तीन सय पूर्णांकको विषय छनोट गर्दा निश्चित विषय पढ्न तोकिएकै ग्रेड ल्याउनुपर्ने हुन्छ । व्यवस्थापनतर्फको विषय पढ्न विज्ञान र गणितमा डी प्लस ल्याउनैपर्ने हुन्छ । गत चैतमा भएको परीक्षामा ४ लाख ४५ हजार ५ सय ६४ जनाले परीक्षा दिएकामा १२ हजार २ सय ८४ जनाले ३.६५ देखि ३.६० जीपीए ल्याएका छन् । यो गतवर्षभन्दा १.०१ प्रतिशत कम हो । गतवर्षभन्दा यसपालि परीक्षा दिने विद्यार्थी संख्या ८ हजार २ सय ३८ जना बढी छन् । यसको आधारमा यो समूहमा पर्ने विद्यार्थीको संख्या बढ्नुपर्नेमा झन् घटेको छ । यसलाई आधार मान्ने हो भने मुलुककै शैक्षिक गुणस्तर गतवर्षको भन्दा खस्किएको पुष्टि हुन्छ । यसबाहेक अन्य समूहमा भने गतवर्षको भन्दा सुधार भएको छ । ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५० प्रतिशत रहेकोमा यसपालि ९.५२ पुगेको छ । त्यस्तै २.८५ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ११.११ प्रतिशत रहेकोमा यसपालि १३.९० प्रतिशत पुगेको छ । कान्तिपुर दैनिकबाट ।