मोरङको पथरीमा कामना सेवा विकास बैंककोे ८० औंँ शाखा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको पथरी शनिस्चरे नगरपालिकाको वडा नं ०१, पथरी बजारमा बुधबार ८०औंँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको हो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रबद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संÔिप्त जानकारी दिए ।

हावाहुरी पीडितलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ । बैकले १४५ घरधुरीका पीडितहरुलाई १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको जनाएको छ ।

मेगा बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १ सय २ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।