५ वटा अतिरिक्त भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालन गर्ने

काठमाडौँ । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार शुरु गर्ने भएको छ । ५ वटा अतिरिक्तभन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु गर्ने सम्बन्धी बिहीबार एक कार्यक्रमका बीच सम्झौतामा भएको छ । संझौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउण्टरहरु संचालनमा ल्याउने छ । नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा बृद्धि हुन जाने बिश्वास लिईएको छ । बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रकाउद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्तगर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलनप्रक्रियामापनि यसबाट टेवापुग्ने बिश्वास बैंकले लिएको छ ।

पूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि कार्यान्वयन गर्न बीमा समितिको निर्देशन

काठमाडौ । बीमा समितिले सहुलियत पूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ कार्यन्वयन गर्न निर्देशन दिएको छ । समितिले बीमा कम्पनीहरुलाई सो विषयमा कार्य गर्न/गराउन निर्देशन दिएको हो । समितिको परिपत्रमा उल्लेख भए अनुसार कार्यविधिको परिच्छेद-३, दफा–८(व्यवसाहको बीमा सम्बन्धी व्यवस्था) मा उल्लेख भए बमोजिम बीमा गराउनु पर्नेछ । यसरी नै सहुलियत पूर्ण कर्जा अन्र्तगत बीमालेख जारी गर्दा समितिबाट स्वीकृत लघु बीमा लेख, बाली तथा पशुपन्छि बीमा लेख, अन्तर्गतका बीमा लेखहरु मात्र जारी गर्नु पर्छ । अन्य व्यवसायको हकमा भने समितिबाट जारी गरिएको एकिकृत सम्पत्ती बीमालेख अन्र्तगत रही बीमा लेख जारी गर्नु पर्छ । यसै अन्र्तगत जारी हुने बीमा लेखमा सहुलियत पूर्ण कर्जाकालागि ब्याज अनुदान लेखिएको नामको छाप लगाउनु पर्छ । आगामी दिनमा बीमा लेख सम्बन्धी बील तथा अन्य विवरणको प्रमाणीत छायाँप्रति बीमा समितिमा पेश बुझाउनु पर्छ । संलग्न बमोजिमको ढाँचामा बीमाको सम्पूर्ण विवरण जिल्लागत रुपमा समितिमा पेश गर्नुपर्छ । यसमा (हार्ड कपी र सफ्ट कपी दुवै) पर्छ । बीमा कम्पनीहरुबाट कुनै महिनामा कुनै पनि प्रकारको बीमा लेख जारी नभएको अवस्थामा पनि सोको लिखित जानकारी समितिमा पेश गर्नु अनिवार्य मानिएको छ ।  साथै, यस्ता विवरण प्रत्येक महिना समाप्त भएको मितिले १० दिनभित्र बीमा समितिमा पेश गर्नु पर्ने पाईन्छ । उक्त निर्णयहरु बीमा समितिले चैत्र १७ गते गरेको समितिको पत्रमा उल्लेख गरिएको छ । यस्तै, मंसिर १० गते पत्र जारी गरेर सहुलियत पूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ उल्लेख गरिएको बीमा समितिले जनाएको छ ।

हिमालय उर्जाको सेयरमा उत्साह बढ्दो, दोश्रो दिनमै झण्डै १.२५ गुणा आवेदन

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार ००० कित्ता साधारण सेयरका लागि उत्साह बढ्दो क्रममा रहेको छ । सेयर निष्काशन भएको दोश्रा दिनमै माग भए भन्दा १.२५ गुणा बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । कर्मचारीहरुलाई छुट्याइएको ३% अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण शेयर यही चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले कम्पनीले रामेछाप र दोलखाजिल्लाको सिमाभएर बहने खिम्तिखोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ । कम्पनीका अनुसार १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । दुवै आयोजना २०७६ असार मसान्तमा सम्पन्न हुने कम्पनीले जनाएको छ ।