एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा
काठमाडौँ । एनआईसी एशिया बैंक लि.को नरहा गाउँ पालिकावडा नं ५, सिरहामा नयाँ शाखा कार्यालय खुलेको छ । आइतबार एक समारोहकाबीच शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो । उक्तशाखाको उद्घाटन गाउँपालिकाका अध्यक्षले गरेका थिए । सो अवसरमा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।
सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको चौरपाटीमा
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री फपटबहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतिनिधिहरु तथा स्थानीय व्यवसायीहरुको उपस्थिती थियो ।
इष्टर्न हाइड्रोपावरको शेयर खुला, कस्ले कति भर्न पाउँछन् ?
भोजपुर । पिखुवा खेलामा निर्माण भइरहेको इष्टर्न हाइड्रोपावरको आजदेखि संस्थापक शेयर खुला गरिएको छ । हाइड्रोपावरको मुख्य रुपमा प्रभावित क्षेत्र पर्ने भोजपुर नगरपालिका वडा नम्बर ५, ६,७ र ९ तथा अन्य जिल्लाबासीका लागि शेयर खुला गरिएको इष्टर्न हाइड्रोपावर लिमिटेडले जनाएको छ । प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरिद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । शेयर प्रभु बैँक भोजपुरमार्फत लिन सकिने जनाइएको छ । शेयर आजदेखि १५ दिनसम्म खरिद गर्न सकिने अधिकृत राईले जानकारी दिए । हाइड्रोपावरको काम ९९ प्रतिशत सम्पन्न भएकाले यही चैतभित्र सञ्चालन गरिने कम्पनीले पत्रकारसम्मलेनमार्फत जनाएको छ । यो जलविद्युत जिल्लाको हालसम्मकै सबैभन्दा बढी पाँच मेगावाट क्षमताको हो । जलविद्युत् आयोजना करीब एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ ।