महोत्तरीको बर्दिवासमा कामना सेवाकोे ७३औँ शाखा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाका बर्दिवास नगरपालिकाको वडा नं ०१ मा बिहीबार ७३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका सञ्चालक भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं. २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।

जनरल इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र गण्डकी बिकास बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच फागुन ३० गते आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

दिव्य लघुवित्तका अध्यक्ष जीवन भट्टराईले राष्ट्र बैंकका कार्यकारी निर्देशक समक्ष सपथ लिए

काठमाडौँ । दिव्य लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई नियुक्त भएका छन् । फागुन ३० गते अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गरेका छन् । संस्थाको प्रथम बार्षिक साधारण सभा फागुन २५ गते नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष जीवन भट्टराईले एक समारोहकाबीच कार्यक्रम उद्घाटन गरेका थिए । सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि-सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना(प्रतिनिधि-कैलाशविकास बैंक लि.), महेशबहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको थियो । साथै, नयाँ सञ्चालक समितिले भट्टराईलाई समितिको अध्यक्षमा चयन गरेको हो ।