नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४१ करोड ६५ लाख
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा ४१ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो बीमा कम्पनीले यस वर्षको बीमांकीय मूल्यांकन भने गर्ने बाँकी रहेको र सो पश्चात हुने नाफा पनि यसमा जोडिने भएको जानकारी दिएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष भने ९० करोड ६६ लाख नाफा गरेको थियो । यो नाफा विमांकिय मूल्यांकन पश्चात प्राप्त भएको ५७ करोड ८९ लाख रुपैयाँको नाफासमेत जोडेर राखिएको अन्तिम तथ्यांक भएको पनि यो बीमा कम्पनीले जानकारी दिएको छ । यो बीमा कम्पनीको गत आवसम्ममा ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यसले जगेडा कोषमा ४ अर्ब ७४ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले बीमाशुल्क मार्फत १२ अर्ब रुपैयाँ संकलन गरेको छ । यसले अभिकर्ता कमिशनमा १ अर्ब २२ करोड खर्च गरेको छ । यो बीमा कम्पनीको बीमालेख संख्या १० लाख रहेको छ । यसले बीमाशुल्क मार्फत गत आवसम्ममा ५२ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ भने गत आवमा मात्रै १२ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३६ पैसा रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद पास
काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाले यो बोनस पारित गरेको हो । २५प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत गरी २६.३२ प्रतिशत लाभांश पारित गरेको हो । योसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० लाख पुगेको छ।बोनशपछि हुन आउने चुक्ता पूँजी ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड ९६ लाख पुग्ने कम्पनीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड खुद मुनाफा गरेको छ । कम्पनीले ३ अर्ब ८५ करोड बीमा शुल्क संकलन भएको र १ अर्ब ७ करोड खुद दाबी भूक्तानी गरेको जनायो । कम्पनीको कुल लगानी २० दशमलब १० प्रतिशत वृद्धि भएर १४ अर्ब २० करोड पुगेको छ भने कम्पनीको बीमा कोष २२ दशमलब ९४ प्रतिशत वृद्धि भएर अघिल्लो असार मसान्तसम्म १४ अर्ब १८ करोड पुगेको छ।सिंहले अघिल्लो आर्थिक वर्षमा नाकाबन्दी र अत्याधिक तरलताका कारण निक्षेप ब्याजदरमा ह्रास आएकोले जीवन बीमा प्रभावित भएको बताईन् ।
नेपाल इन्स्योरेन्सले पुँजी वृद्धि योजना बुझायो, मर्जर वा एक्विजिशनबाट ३७ करोड पुँजी जुटाउने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा पुँजी वृद्धि योजना पेश गरेको छ । कम्पनीले दुई पटक गरी १० प्रतिशत बोनस सेयर दिने, एक पटक १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने र करिव ३७ करोड रुपैयाँ पुँजी मर्जर तथा एक्विजिशनबाट जुटाएर १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना पेश गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गरी पुँजी करिब ३० करोड १९ लाख रुपैयाँ पुर्याउने छ । त्यसपछि कम्पनीले १०० प्रतिशत (१ बराबर १ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन पनि कम्पनीको चुक्ता पुँजी ६० करोड ३९ लाख रुपैयाँ हुने छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर दिने योजना पेश गरेको छ । उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६३ करोड ४१ लाख रुपैयाँ हुनेछ । बाँकी करिब ३७ करोड रपैयाँ पुँजी जुटाउने विषयमा भने भेगपूर्ण प्रस्ताव गरिएको छ । स्रोतका अनुसार कम्पनीले मर्जर तथा एक्विशिजन वा बोनर तथा हकप्रद सेयरबाट ३६ करोड ५९ लाख रुपैयाँ पुँजी वृद्धि गर्ने प्रस्ताव पेश गरेको छ । उक्त पुँजी वृद्धि योजना कम्पनीको तर्फबाट सार्वजनिक गरिएको छैन ।