चैत ५ गते सेन्ट्रल फाइनान्सको साधारणसभा, ७ % नगद लाभांशको प्रस्ताव पारित गरिने

काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको चैत ५ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । सञ्चालक समितिको बैठकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २३ गते संस्थाको शेयर दाखिला बन्द(बुक क्लोज) गर्ने निर्णय समेत गरेको प्रमुख कार्यकारी अधिकृत रजोज श्रेष्ठले जनाएका छन् । सञ्चालक समितिले शिफारिस गरे अनुसार हालको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय ५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरिने संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

आईएमई इन्स्योरेन्सको १ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा उठाउने अवसर !

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको एक लाख भन्दा बढी कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोल लिलामीमा आउने भएको हो । उक्त शेयर फागुन २२ गतेदेखि खुल्ला भई ३० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट रु १०० को फर्म भरी कबोल गर्न चाहेको रकम ग्लोबल आईएमई क्यापिटलको कुमारी बैंकमा रहेको खातामा जम्मा गरी भौचरसहित शिलबन्दी गरी आवेदन दिनु पर्नेछ । आईएमई जनरल इन्स्योरेन्सको हालको बजारमूल्य ४१० रुपैंया छ । ५४ करोड चुक्ता पुँजी १ अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद जारी गरेको आईएमईको उक्त हकप्रद सूचीकरणपछि चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । बाँकी २ करोड ८० लाख रुपैंया बराबर बोनस शेयर जारी गरेर कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउनेछ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा आईएमईको जगेडा कोषमा साढे ११ करोड रुपैंया थियो । सोही कोषबाट आईएमईले बोनस शेयर जारी गर्नेछ ।

राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।