५ वर्षभित्र उत्कृष्ट कम्पनी बन्ने लक्ष्य सहित महालक्ष्मीका ३ नयाँ बीमा योजना

काठमाडौ । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । १९ औं बीमा कम्पनीका रुपमा महालक्ष्मीले यही माघ २७ गते बसन्त पञ्चमीका दिनदेखि सेवा शुभारम्भ गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रमेशकुमार भट्टराईले नयाँ बीमा योजना सहित सेवा शुभारम्भका बारेमा जानकारी दिएका हुन् । कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी ३ किमिमका बीमा योजनाहरु सार्वजनिक गरेको छ । योजना बिक्रीका लागि कम्पनीले बीमा समितिबाट स्वीकृती समेत लिइसकेको छ । पत्रकार सम्मेलनमा सिइओ भट्टराई भने-‘हामीले ल्याएका बीमाका योजनाहरु नेपाली बीमा बजारमा विल्कुलै नयाँ छन् , किनकी महालक्ष्मीले सार्वजनिक गरेको जस्तो अफर अहिलेसम्म कुनै कम्पनीले दिएका छैनन । ’ कान्छो कम्पनीका रुपमा आफूहरु आएकाले अवसर र चुनौती दुवैको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए । महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधी समाप्ती पछि बीमाङ्कको दोब्बर रकम भुक्तानी गर्ने ग्यारेन्टी गरिएको छ । यस्तै, लगानी फिर्ता म्यादी बीमा योजना अन्तर्गत बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एक मुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै पाइने छ । साथै, तेस्रो महालक्ष्मी सावधिक बीमा योजनामा भने न्यूनतम बीमा शुल्क सुरक्षा पाईने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाईने अवसरहरु रहेका छन् । कम्पनीले माघ मनिा भित्रै काठमाडौ, वीरगंज र पोखराबाट कारोबार गर्ने शुरु गर्ने पत्रकार सम्मेलनमा बताइयो । फागुनको दोस्रो साता इटहरी, सुर्खेत, धनगढी र कोहलपूरबाट कारोबार सञ्चालनमा ल्याउने प्रयास भईरहेको कम्पनीले जनाएको छ । साथै, सातै प्रदेशमा कार्यालयहरु एकसाथ औपचारिक रुपमा उद्घाटन गरिने छ । कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालय सञ्चालको स्वीकृती लिएको छ । कम्पनीको चुक्ता पूँजी २०० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुबाट १४० करोड रुपैयाँ चुक्ता भईसकेको छ भने ६० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याईएको छ । आगामी असार मसान्तसम्ममा करिब ५० करोड बीमा शुल्क संकलन गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनी सञ्चालन भएको २ बर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ बर्ष भित्र सम्पूर्ण बीमा कम्पनी मध्येमा उत्कृष्ट रहने लक्ष्य रहेको सिइओ भट्राईले पत्रकार सम्मेलनमा बताए । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मनोरञ्जनरमण शर्मा र सञ्चालकहरु उमेशलाल श्रेष्ठ, मोहनराज जोशी र सुरेश सापकोटा रहेका छन् ।

‘अर्थतन्त्रलाई चलायमान बनाउन चार निकायहरुको कार्यदल गठन गर्नुपर्छ’

काठमाडौं । पूर्व अर्थसचिव युवराज भुषालले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसियसनको कार्यदल गठन गर्नुपर्ने बताएका छन् । बुधबार रिपोटर्स क्लबमा आयोजित बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभाव, ब्याजदर वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटको विषयमा छलफल सम्बन्धी कार्यक्रममा भुषालले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै भुषालले राष्ट्र बैंकको सुपरिभेक्षण तथा नियामक निकायहरुको क्षमता कम भएर यस्तो समस्या देखिएको हुनसक्ने बताए । त्यसैले, यस्ता समस्याहरुको न्युनिकरण गर्न यी चार निकायहरुले एकले अर्कालाई निर्देशन दिनुभन्दा एकआपसबीच एउटा कार्यदल गठन गरी विभिन्न उपायहरु अपनाउनु पर्ने देखिएको भुषालले जनाएका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा.दिपेन्द्रबहादुर क्षेत्रीले केही दिनयता लक्जरीयस सामानको माग ४० देखि ५० प्रतिशतसम्मले घटेपछि बजारमा ठूलो हंगामा मच्चिएको बताए । उनले हाल नेपालको अर्थतन्त्रमा मूल्य वृद्धि ३.७ प्रतिशत हुनु, राजश्व असुली ४४ प्रतिशतले वृद्धि, पर्यटकको संख्या बढ्नु अर्थतन्त्रलाई अनुकुल हो । तर, अहिलेको अर्थतन्त्रको यी दुईचारवटा पक्षहरु सकारात्मक देखिँदा देखिँदैपनि पहिलो पटक बजारमा तरलता अभावको समस्या देखिएको पुर्व गभर्नर क्षेत्रीले बताए । उक्त समस्या समाधान गर्न दुई तिहाई सरकारले अर्थतन्त्रका कमी कमजोरीहरुलाई हटाउन प्रयत्न गर्नुपर्ने उनले बताए । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले उद्योगी व्यवसायीहरुले कर लगायत व्याजको भारले गर्दा उद्योग व्यवसायीहरुले पहिलो पटक बैंकको इस्यु बनाएर आन्दोलन गरेको बताए । व्याजदर नघटे उद्योगधन्दा नगर्ने भन्दै व्यवसायीहरुले भैरहवा, सुर्खेत, विराटनगर लगायत देशका विभिन्न स्थानहरुमा अन्दोलन गरिरहेका उनले बताए । देशमा पछिल्लो समयमा देखिएको आर्थिक संकटको समाधान गर्न नियामक निकायहरुबीच सकारात्मक सहमति हुन आवश्यक छ । साथै, उपाध्यक्ष प्रधानले आगामी माघ मसान्तभित्र ती निकायहरुबीच सहमतिको वातावरण नमिले फागुन १ गतेदेखि चर्को आन्दोलन शुरु गर्ने चेतावनी दिए ।

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा कञ्जनपुरको महेन्द्रनगरमा औपचारिक रुपमा उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा गरेका थिए । समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बरराज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी ,पवन दुग्ध व्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल ,स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । हालसम्म ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्दै आएकाे छ । उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो लक्ष्य निर्धारण गरेको र आउंदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने जनाएका छन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले गत आर्थिक वर्षको लागि माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको छ । कूल लगानी १ अरब ७ करोड रहेको जानकारी दिंदै उद्घाटन भएको शाखा सहित ४४ शाखा तथा ११ सेवा काउण्टरबाट ग्राहक महानुभावहरुलाई सेवा दिईरहेको साथै २५० जना कर्मचारीहरुलकाई रोजगारी प्रदान गरिरहेको साथै नयां रोजगारीमा जोड दिई रहेको समेत जानकारी गराएका छन् ।