कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएका हो। सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एस्एमएस व्याकिङ्ग, मोवाइल व्याकिङ्ग, सि एएस्बिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएकोे छ ।
एनआईशी एशियाको ४ अर्बको ऋणपत्र १३ गतेदेखि, १ अर्ब ६० करोड सर्वसाधारणलाई निश्चित
काठमाडौं । एनआईशी एशिया बैंककाे प्रतिकित्ता रु १००० भएका ४ अर्ब रुपैंया बराबरका ४० लाख कित्ता ऋणपत्र यही १३ गतेदेखि खुल्ने भएको छ । ‘१० प्रतिशत एनअार्इसी एशिया डिबेञ्चर २०८५/८६’ नाम दिइएकाे उक्त ऋणपत्र निष्कासनका लागि बैंकले बिहीबार आह्वानपत्र प्रकाशन गर्दै न्यूनतम २५ कित्तादेखि २० लाख कित्तासम्म आवेदन गर्न पाउने जनाएको छ । उक्त ऋणपत्र यही मात्र १३ गतेदेखि खुल्नेछ भने छिटोमा मात्र १६ गते र ढिलोमा फागुन १३ गते बन्द हुनेछ । १० बर्ष अवधि तोकिएको उक्त ऋणपत्र वि.सं. २०८५ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १० प्रतिशत बराबरको निश्चित ब्याजदर प्राप्त गर्नेछन् । उक्त डिबेञ्चरमध्ये १ करोड ६० लाख रुपैंया बराबरका १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ८०००० कित्ता समेत समावेश रहेको बताइएको छ । एनअार्इशी एशिया बैंकले यसअघि पनि कुल ५ अर्ब ३३ कराेड बराबरकाे ऋणपत्र जारी गरिसकेको छ । त्यसमध्ये ५० कराेडकाे डिवेञ्चर ७.२५ प्रतिशत, ३ अर्बकाे ९ प्रतिशत र बाँकी १ अर्ब ८३ कराेड रुपैंया बराबरकाे ऋणपत्र ११ प्रतिशतमा बिक्री गरिएकाे थियाे । याे ऋणपत्र जारी भएपछि बैंककाे कुल ऋणपत्र ९ अर्ब ३३ कराेड रुपैंया पुग्नेछ जुन चुक्ता पुँजी भन्दा बढी हाे । बैंककाे कुल चुक्ता पुँजी ८ अर्ब ३ कराेड छ । उक्त ऋणपत्र नेपाल एसबीअार्इ मर्चेन्टमार्फत् बिक्री हुनेछ । सर्वसाधारणले भने अाफ्नाे डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेराे शेयर प्रयाेगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट अावेदन गर्न सक्नेछन् ।
घलेम्दी हाइड्रोको आइपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?
काठमाडौँ । घलेम्दी हाइड्रो पावर कम्पनीको साधारण शेयर मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीले बिक्री गरेका साधारण शेयरमा आवेदन गर्नेमध्ये ८० प्रतिशतले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने करीब २० प्रतिशतले २० कित्ता शेयर प्राप्त गरेका छन् । सो कम्पनीको साधारण शेयरमा ५४ हजार ७१८ आवेदन परेका थिए । बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार २६ आवेदन रद्द भएका छन् । कूल १० हजार ६९९ जनाले २० कित्ताका दरले र ४३ हजार ९९३ जनाले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले यही पुस १९ देखि २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । रु ५५ करोड जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ । घलेम्दी जलविद्युत् आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको छ । उक्त आयोजनाबाट आगामी फागुनदेखि विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।