सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने, १० लाख ३४ हजार कित्ता बोनस सेयर दिने प्रस्ताव
काठमाडौं २२, कात्तिक । सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको यही कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले वोनस सेयर दिने निर्णय गरेको छ । यो बीमा कम्पनीले दिने बोनस सेयरको जानकारी सोमबार नै नेपाल स्टक एक्सचेन्जलाई दिएको छ । सिद्धार्थ इन्स्योरेन्सको नेप्सेमा ३४ लाख ४८ हजार ५ सय कित्ता शेयर सूचिकृत छ । यो कम्पनीको प्रति कित्ता शेयर बजारमा २५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो कम्पनीले १० करोड ३४ लाख ५५ हजार रुपैयाँ बराबारको १० लाख ३४ हजार ५५० कित्ता बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक बर्ष २० करोड रुपैयाँ नाफा गरेको थियो । सोही नाफाबाट बोनस सेयर दिएर चुक्ता पूँजी बढाउने भएको छ ।
विजय लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, १८ कात्तिक । विजय लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।
बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्विकृति
काठमाडौं, १८ कात्तिक । बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांश दिने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । बिराटलक्ष्मीले लगानी कर्तालाई १८ दशमलब ५० प्रतिशत बोनस सेयर र शुन्य दशमलब ९७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको थियो । अब बिराटलक्ष्मी विकास बैंकको साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् । बैंकको चुक्ता पुँजी ४२ करोड ५३ लाख रुपैँया रहेको छ । बैंकको सेयर प्रति कित्ता ४ सय रुपैंयाँमा कारोबार भैरहेको छ ।