अब ५ रुपैयाँमै १० लाखको सुरक्षा पाइने, सन नेपाल लाइफले ल्यायाे ५ वर्षे जीवन बीमा
काठमाडौं । अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५ रुपैयाँमा १० लाख रुपैयाँ बराबरको सुरक्षा बीमा दिने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका अनुसार यो योजना पाँच वर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा खरिद गर्न सकिन्छ । जसअन्तर्गत यो बीमाबाट ५ लाख रुपैयाँ बराबर जोखिम र १८ घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुने कम्पनीले जनाएको छ । १६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने इन्स्योरेन्सले बताएको छ ।
आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा, बिजेन्द्रले पाए एक लाख
काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको दोस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेताको रुपमा रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा घोषित भएका छन् । केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनको माता चिनुमाया थापालाई एक लाख रुपैयाँको चेक स्तान्तरण गरेका छन् । ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फतरू.१ हजार को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगद प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको थियो । १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले सेवा प्रदान गर्दै आएको छ ।
कृषि विकास बैंकको सिइओमा अनिल उपाध्याय नियुक्त, मासिक तलब २ लाख ५० हजार
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बैंकर अनिलकुमार उपाध्याय नियुक्त भएका छन् । खुला प्रतिपर्धाको प्रक्रियाबाट उपाध्याय चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त भएका हुन् । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएको थियो । उनको कार्यकाल सकिनै लाग्दा बैंकले मंसिर २३ गतेसम्म नयाँ सीइओका लागि आवेदन माग गरेको थियो । कृषि विकास बैंकको सीइओ हुनका लागि बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वित्तीय, वाणिज्यशास्त्र, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बैंकमा प्रमुख कार्यकारी अधिकृत पदका लागि १७ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनालाई सर्ट लिस्ट गरी ती ५ मध्येबाट उपाध्यायलाई छनौट गरिएको हो । कृषि विकास बैंकका सीइओको मासिक तलव २ लाख ५० हजार रुपैयाँ हुने जनाइएको छ ।