हस्तक्षेप पछि कृषि बिकास बैंक अन्योलमा, दैनिक प्रशासनिक काममा पनि बोर्ड संलग्न

३ माघ । संचालक समितिको हस्तक्षेप पछि कृषि विकास बैंक ब्यवस्थापन प्रमुख विहिन भएको छ । ३१ असोजमा बैंकको प्रमुख कार्यकारीवाट तेजबहादुर बुढाथोकीलाई हटाएपछि बैंकका समस्या देखिएको हो । बैंक संचालक समितिले बुढाथोकीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै १३ महिना कार्यकाल बाँकी छदै उनलाई पदवाट हटाएको थियो । बुढाथोकीलाई प्रमुख कार्यकारी अधिकृतबाट हटाएर साही बैंकका बरिष्ठ उपमहाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । बोर्डको यस्तो कार्य गैरकानुनी भएको भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले अदालतमा निवेदन दिएका थिए । संचालक समितिले पदवाट आफूलाई हटाउन गरेको निर्णय गैरकानुनी भएको भन्दै यस्तो निर्णय रोक्ने आदेश माग गरेका थिए । अदालतले दुबै पक्षलाई बोलाएर छलफल गर्नको लागि मंसिर २७ गतेदेखि नै मिति तोक्दै आएको भएपनि यो विषय अझै विचाराधिन नै छ । बुढाथोकीले मुद्दा हालेकै समयमा बैंक संचालक समितिले बैंककै पूर्वसंचालक लिलाप्रकास सिटौलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरको थियो । बैंक संचालक समितिले २८ मंसिरमा सिटौलालाई प्रमुख कार्यकारीमा नियुक्त गरेपनि अदालतले ४ पुसमा सिटौलालाई प्रमुख कार्यकारीको हैसियतमा काम नगर्नु नगराउनु भनेर आदेश दिएको छ । अदालतको यस्तो निर्णय पछि अहिलेसम्म बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कसैले पनि जिम्मेवारी लिएको छैन । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भैसकेको कारण कसैलाई निमित्त दिन नमिल्ने र अदालतको आदेशको कारण नियुक्त भएका प्रमुख कार्यकारी अधिकृतले पनि काम गर्न नसक्ने अवस्था आएको बैंक संचालक समितिका अध्यक्ष प्रमोद काकीले बताए । ‘कसैलाई निमित्त दिन पनि सक्ने अवस्था छैन’– कार्कीले भने– अदालतले प्रमुख कार्यकारी अधिकृतलाई पनि काम नगराउनु भनेकोले उहाँलाई पनि काम गराउन सक्ने अवस्था भएन । अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत भए÷नभएको भनेर यसै भन्न नसकिने अवस्था रहेको कार्कीको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत नभएको कारण बैंकको नियमित काममा पनि संचालक समितिले निर्णय दिने गरेको छ । बैंकको प्रमुख कार्यकारीमा सिटौलालाई नियुक्त गरेपछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिइरहेका बरिष्ठ उपमहाप्रबन्धक अनिलकुमार उपाध्याय पनि विदामा बसेका छन् । बैंक संचालक समितिले बुढाथोकीको मुद्दाको किनारा नलागुन्जेल उपाध्यायलाई पुन निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी लिइदिन अनुरोध गरेपनि उनले अस्वीकार गर्दै घरविदामा बसेका बैंक स्रोतले जानकारी दिएको छ । बैंकको दैनिक प्रकाशनिक काम संचालन गर्नको लागि पनि समस्या भएपछि बैंक संचालक समितिले यसको जिम्मेवारी आफैले लिएको छ । उपमहाप्रबन्धकहरुले गर्न सक्ने र पाउनेसम्मको निर्णय उनीहरुलाई गर्न दिने र सोभन्दा माथिल्लो तहको निर्णय वोर्डले नै गर्ने गरेको बैंक संचालक समितिका अध्यक्ष कार्कीले बताए ।

अधिकांश बैंकको कर्जा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत, (कुन बैंकको कति ? सुचीसहित)

विकासन्युज/काठमाडौं २ माघ । अधिकांश वाणिज्य बैंकहरुको कर्जा तथा लगानी थोक तथा खुद्रा ब्यापारमै केन्द्रित भएको पाइएको छ । बैंकहरुको असोज मसान्तसम्मको कर्जा लगानीको तथ्यांकले यस्तो देखाएको हो । नेपाल बैंकले असोज मसान्तसम्ममा ४२ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसमध्ये सो बैंकले थोक र खुद्रा ब्यापारमा १० अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २४ दशमलब ५७ प्रतिशत हो । राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लगानीको प्रमुख हिस्सा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत गरेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार सो बैंकले १८ अर्ब ६७ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको छ । असोज मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकले ६० अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । सो बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको ३० दशमलब ६८ प्रतिशत हो । नविल बैंकले थोक तथा खुद्रा ब्यापारमा १५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसले कुल कर्जा तथा लगानी भने ६१ अर्ब ७९ करोड रुपैयाँ गरेको छ । नविलले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २५ दशमलब ३४ प्रतिशत हुन आउछ । नेपाल इन्भेष्टमेन्ट बैंकले १३ अर्ब ५१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । इन्भेष्टमेन्ट बैंक ५९ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । इन्भेष्टमेन्ट बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको २२ दशमलब ५९ प्रतिशत हुन आउछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो लगानीको ठूलो हिस्सा थोक तथा खुद्रा ब्यापारमै लगानी गर्ने गरेको छ । बैंकले असोज मसान्तसम्ममा ५ अर्ब ९२ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा २९ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सो अनुसार बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा प्रवाह कुल कर्जा तथा लगानीको २० प्रतिशत हो । हिमालयन बैंकले असोज मसान्तसम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । सो अवधिसम्ममा हिमालयनको कर्जा ५० अर्ब ५४ करोड रुपैयाँ थियो । यो अनुसार थोक तथा खुद्रा ब्यापारमा हिमालनले गरेको कर्जा प्रवाह कुल कर्जाको २२ दशमलब ९७ प्रतिशत हो । नेपाल एसबिआइ बैंकले ११ अर्ब ६५ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । उसको कुल कर्जा ३७ अर्ब ६६ करोड रुपैयाँ छ । एसबिआइले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको ३० दशमलब ९३ प्रतिशत हो । एभरेष्ट बैंकले १३ अर्ब ९२ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा ५३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यो तथ्यांक अनुसार बैंकले असोज मसान्तसम्ममा कुल कर्जाको २६ प्रतिशत कर्जा थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ । कृषि विकास बैंकले थोक तथा खुद्रा ब्यापारमा १२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसको कुल कर्जा ६३ अर्ब ३५ करोड रुपैयाँ छ । कृषि विकास बैंकले कुल कर्जाको १९ दशमलब ४९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा प्रवाह गरेको छ । यस्तै ग्लोबल आइएमइ बैंकले १४ अर्ब ११ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा भने ४५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ग्लोबल आइएमइ बैंकले कुल कर्जाको ३० दशमलब ९९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ ।

आइसरको प्रो सिरजका ट्रक नेपालमा, बजार हिस्सा १५ प्रतिशत पुग्ने दावी

१ माघ । आइसर मोटर्सको नेपाली आधिकारीक बिक्रेतो इष्टर्न मोटर्स प्रालीले ‘आइसर प्रो ट्रक’हरु नेपाली बजारमा भित्र्याएको छ । इष्टर्न मोटर्सले भिई कमर्सियल भेइकल्स लिमिटेडद्धारा उत्पादित आइसर१००० तथा ३००० सिरिजको हलुका तथा मध्यम वर्गका ट्रकहरुको नेपालमा बिक्रिवितरण आरम्भ गरेको हो । ट्रकहरुमा अतिरिक्त शक्ति, टिकाउ, सुविधाजनक तथा नया“ पुस्ताका थप विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ । नया“ ट्रकहरुले यातायातको क्षमता अभिबृद्घि गर्नुको साथै नियमित खर्चहरुलाई कम गरी आम्दानी बृद्घि गर्ने कम्पनीको दावी छ । आइसर१००० सिरिज नया“ अवतारमा थप विशेषताको साथमा ५ देखि १४ टन समुहमा अतिरिक्त भार वहन क्षमताका ट्रकहरु छन् । यी ट्रकहरुमा कम मर्मत खर्च लाग्ने तथा समान श्रेणीमा कम इन्धन खपत गर्ने प्रमाणीत एवं विश्वसनिय ई४८३ इन्जिन जडान गरिएको छ । यो इन्जिनमा युरो ३ मापदण्डको मेकानिकल पम्प जडान गरिएको छ । यसमा दुई मिटर चौडा आधुनिक डिजाइनको सुन्दर क्याविन रहेको छ । ‘माइलेजको बादशाह’को नामले चिनिने आइसर१००० सिरिजका पाँच देखि १४ टन ट्रकहरुले आङ्खनो स्थितिमा थप सुधार गर्नेछ । आइसर३००० सिरिजका पूर्णतः नया“ अवतारमा १० देखि १५ टन क्षमताका मध्यम वर्गका ट्रकहरु हुन् । यो सिरिज विशेषतः थप शक्ति तथा तान्ने क्षमतायुक्त, अतिरिक्त भार वहन क्षमतायुक्त ट्रक रोज्ने ग्राहकहरुको लागि उपयोगी रहेको छ । साथै व्यवसायिक प्रयोगमा परिष्कृत प्रविधि जडित रहेकोले नया“ प्रविधि प्रयोग गर्न रुचाउने ग्राहक वर्गको लागि रहेको कम्पनीको दावी छ । ४ सिलिण्डर को इ४९४को सिआरएस इन्जिन भोल्भो ग्रुपको इन्जिन म्यानेजमेन्ट सिष्टम ३.० जडान गरिएको छ । यो इएमएस ३.० उच्च प्रशाधनमा सफल रहेको छ । यसले आवश्यक भार वहन क्षमता तथा ट्रकको कुल क्षमतामा सन्तुलन प्रदान गर्नुका साथै इन्धन वचत तथा प्रदुषण कम गर्न चालकलाई निर्देषित गर्छ । आइसर३००० ट्रकमा २.१ मिटर चौंडाईको सुविधा सम्पन्न तथा आरामदायी क्याविन रहेको छ । भारतीय सुरक्षा मापदण्ड इसिआर २७ ले सो सिरिजमा चालकको आरामदायी यात्राको लागि ६ तर्फ समायोजन गर्न सकिने चालक सिटको व्यवस्था र निश्चित गतिमा निरन्तरगाडी गुडाउन सकिने प्रविधि जडान गरेको छ । आइसर प्रो सिरिजको विकास भोल्भो तथा आईसरको विचमा भएको संयुक्त प्रयासको प्रतिफल हो । विश्वव्यापी रुपमा स्थापित भोल्भो र आइसरले सन २००८ देखि भिईसिभि(भोल्भो आइसर कमर्शियल भेइकल लिमिटेडका नाममा संयुक्त कम्पनी खडा गरेर भारतमा उत्पादन थालेका थिए । समकालिन व्यवसायिक यातायातको क्षेत्रमा इन्धनको खपत कम गराउनु चुनौतिपुर्ण काम रहेतापनि यी दुई कम्पनीले यसलाई पुरा गर्दै आएको दावी गरेका छन् । प्रो सिरिजले मितव्ययी रहने प्रविधिको निरन्तरता तथा थप किफायती रहन स्थापित विशेषतालाई निरन्तरता कायम राख्ने बताईएको छ । पाँच देखि देखि ४९ टन क्षमताका ट्रकहरुमा अकल्पनिय विकासको संभावनालाई स्थापित गर्न तथा नेतृत्व प्रदान गर्न ३० लाख प्राविधिक घण्टाको निरन्तर प्रयास, ७७ लाख किलोमिटरको परिक्षण र ५० हजार घण्टा इन्जिन विकासमा खर्चिएको समय अतुलनिय रहेको छ । प्रो सिरिजले ट्रकको जम्मा समय अवधी भर उच्च प्रतिफल प्रदान गर्ने, कम इन्धन खपतको साथमा अधिक कार्यक्षमता हासिल गर्ने, आरामदायी तथा सुविधाजनक यात्रा र अधिक समय कार्यरत रहनेछ । प्रो सिरिज ट्रकहरुले उच्च भारवहन, वितरण, निर्माण, औद्योगीक भार र हलुका तथा नासजन्य सामानहरु ढुवानीमा ग्राहकहरुको आवश्यकता परिपुर्ती गर्ने कम्पनीको दावी छ । प्रो सिरिजका नयाँ ट्रक सार्वजनिक कार्यक्रममा भिईसिभीका सिनियर भाईस प्रेसिडेन्ट इमानुअल ल्याभेसरले आइसरका लागि नेपाल ठुलो बजार भएको बताए । ‘हामी नेपालमा आइसरको बलियो उपस्थितिले उपस्थितिमा खुसी छौं र थप सुदृढता हासिल गर्न चाहन्छौं । नयाँ प्रविधि, प्रासंगिक रुप तथा नविनतम प्रविधिको प्रयोग, कम इन्धनमा अधिक कार्य गर्ने विशिष्ट पहिचानयुक्त ट्रक तथा बसले उपभोक्ताको आवश्यकता पुरा गर्ने विश्वास पनि छ ।’ उनले भने । कम्पनीले निकट फेब्रुअरी महिना भित्रै आइसर स्काईलाईन प्रो बस पनि नेपाल भित्र्याउने जनाएको छ । इष्टर्न मोटर्स प्रालि आइसर ट्रक तथा बसहरुको आधिकारीक नेपाली बिक्रेता हो । कम्पनीका अध्यक्ष आनन्द राज बतासले सन २०१४ मा कुल सात सय २६ वटा आइसरका सवारी साधान नेपालमा बिक्रि गरेको जानकारी दिए । नेपालको कुल बजारमा आइसरका सवारीसाधानहरुले १३ प्रतिशतको हिस्सा ओगटेको बतासले जानकारी दिए । आइसरका सवारी साधनहरु २१ लाख देखि ४५ लाख रुपैंयाँ मुल्यमा नेपाली बजारमा उपलब्ध रहेको पनि उनले जानकारी दिए । आइसरका सवारी साधानहरुले अन्य कम्पनीको तुलनामा ५÷७ प्रतिशत कम इन्धन खपत गर्ने पनि कम्पनीले जनाएको छ । आइसर ट्रक तथा बसको नेपालमा विगत दुई दशक देखिको उपस्थितिले यसलाई ब्राण्डलाई नेपालमा यातायातको साधनको रुपमा स्थापित गराएको छ । नेपालमा युरो ३ मापदण्डको गाडीहरु विक्रि गर्ने पहिलो कम्ंपनी नै आइसर हो । नेपालमा आइसरले हलुका तथा मध्यम समुहका सवारी साधनहरुमा १८ प्रतिशत बजार हिस्सा ओगटेको छ । स्कुल बसहरुमा यसले ४० प्रतिशत बजार हिस्सा ओगटेको छ । नेपाल भर आइसरका २२ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् । आइसरले दक्षिण एशिया, मध्य पूर्वि देशहरु तथा अफ्रिका गरी कुल २२ देशहरुमा निर्यात गरिरहेको छ ।