परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल ६० बर्षमा: दैनिक ६१ जनाको डेलिभरी, वार्षिक २० करोड आम्दानी
काठमाडौं। थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले स्थापनाको ६० औं बर्ष पार गरेको छ। सोही अवसरमा शुक्रबार एक समारोहका बीच वार्षिकोत्सव मनाएको छ । वार्षिकत्सवको अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले अस्पताललाई आगामी दिनमा अझै राम्रो बनाउँदै लैजाने बताए । ‘५०० बेडको अस्पताललाई अझै ठुलो बनाउन हामी लागि परिरहेका छौं’- गौतमले भने । यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. शुशिलनाथ प्याकुरेलले अस्पतालमा थप बेड थप्न भन्दा अन्य ठाउँमा सेवा विस्तार गर्न सुझाव दिएका छन्। कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव पुष्पा चौधरी, न्याम्सका भिसी तथा प्राध्यपक डिएन शाह तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक प्याकुरेलको उपस्थिती रहेको थियो । अस्पतालले वार्षिकोत्सवको अवसर पारेर आफ्ना कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको थियो । स्थापना पुरानो नाम परोपकार श्री ५ ईन्द्र लक्ष्मी देवी प्रसुती गृह हो । तत्कालीन राजा महेन्द्र युवराज हुँदाको समयमा उनकी श्रीमतीलाई गर्भवती अवस्थामा जटिलता आएको कारण मृत्यु भएकै कारण राजपरिवारले यसको स्थापना गरेको हो । त्यसैले अस्पताललाई उनकै नाममा दिईयो । राजपरिवारले २०१० सालमा थापाथलीमा २८ रोपनी जग्गा र कुपन्डोलमा ३५ रोपनी जग्गा व्यवस्था गरेर परोपकार संस्थासँग अस्पताल निर्माण सुरु गरेको हो । २०१६ सालमा अस्पतालको भवन निर्माण भएको हो र २०१६ सालमा यो ४० बेडको अस्पतालको रुपमा सुरु भएको हो । त्यसपछी अस्पताललाई परोपकार संस्थाले चलाईरहँदा नेपाल सरकारले अस्पताललाई आफुले लिएर चलाउन थालेको छ । अहिले अस्पतालमा १० प्रतिशत नेपाल सरकारका कर्मचारी रहेका छन् भने बाँकी ९० प्रतिशत समितिका कर्मचारी रहेका छन् । ६३३ जना कर्मचारीको अहिले अस्पतालमा कार्यरत छन् । नेपालको मान्छे उत्पादन गर्ने फ्याक्ट्री नेपालमा सबैभन्दा बढी डेलिभरी हुने अस्पताल हो प्रसुती गृह, गत साल मात्र अस्पतालबाट २२ हजार १ सय जनाको डेलिभरी भएको थियो । अस्पतालमा हरेक दिन ६१ जनाको डेलिभरी हुने गर्छ । यस्तै ८ हजार मेजर अप्रेसन र २ हजार माईनर अप्रेसन भएका छन् । प्रसुती गृह मान्छे उत्पादन गर्ने फ्याक्ट्री जस्तो लाग्ने गरेको निर्देशक गौतम बताउँछन् । अस्पतालको शैक्षिक पाटो अस्पतालको आफ्नै नर्सिङ कलेज रहेको छ । यस्तै अस्पतालले एमडी लेभलको विद्यार्थीलाई पढाउने गरेको छ । अस्पतालले ग्लोबल स्तरको अनुसन्धान गर्दै आएको छ । अस्पतालले अनुसन्धानको आर्टिकलहरु अन्तरराष्ट्रिय जर्नलहरुमा प्रकाशित हुने गरेको छ । प्रसुतिका सबै सेवा नि:शुल्क अस्पतालको सबैभन्दा पुरानो भवनमा क्याबिन रहेको छ, जसमा उपचार गर्न भने शुल्क लाग्ने गर्दछ । त्यस बाहेक जेनेरल वार्डमा बस्ने बिरामीलाई डेलिभरी नि:शुल्क रहेको छ, साथै आमा बच्चालाई आईसियुमा राख्नु परे पनि नि:शुल्क र आमाको अपरेसन गर्नुपरे पनि नि:शुल्क रहेको छ । घर जाने बेला २ हजार खर्च र साथै ४ पटक एन्टीनेटल जचाउँन आउने बिरामीहरुलाई अस्पतालले २०० को दरले आठ सय रुपैंया दिने गरेको छ। नयाँ भवन भर्खरै नेपाल सरकारको समन्वय र जापान सरकार जाइकाको सहयोगमा परोपकारको नयाँ भवन बनेको छ । करिब १ करोड ३ अर्बमा अस्पताल निर्माण भएको हो । नेपाल सरकारले भने अस्पतालको फर्निचरको लागि १ करोड सहयोग गरेको छ । अस्पताल पहिलाको भन्दा राम्रो देखिएको छ। बच्चाको आईसियु १७ बेडबाट ४० बेड पुगेको छ। ३ वटा अपरेसन थिएटर, नर्सहरुले मात्र व्यवस्ता गर्ने लेबर रुम रहेको छ।अस्पताललाई सामान्य मानिसले सोच्दा प्रसुती सेवा मात्र उपलब्ध रहेको बुझ्छन् तर अस्पतालमा प्रसुती सेवासँगै महिला रोगसँग सम्बन्धित उपचार हुने गर्दछ । महिला स्वास्थ्यसँग सम्बन्धित हरेक रोगको निदान रहेको अस्पताल दाबी गर्दछ । अस्पतालले अब छिट्टै मै टेस्टयुब बेबी सेवा सुरु गर्ने जनाएको छ । ईमर्जेन्सीमा २४ सैं घण्टा डाक्टर अन्य अस्पतालहरुमा इमर्जेन्सीको लागि डाक्टर खोजिरहनु पर्दा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा भने २४ सै घण्टा १० जना डाक्टर जहिले पनि अस्पताल भित्रै रहिरहने निर्देशक गौतम बताउँछन् । डाक्टरहरु अस्पतालमा बस्ने खाने गर्ने गरेका छन् । अस्पतालमै जुन समयमा पनि अपरेसन गर्ने व्यवस्था छ । अस्पतालले एउटा डेलिभरी बराबर २५०० खर्च गर्ने गरेको छ । नेपाल सरकारले १५ सय रुपैयाँ दिने गरेको छ। एउटा अप्रेसन गर्दा अस्पतालको १० हजार खर्च हुन्छ भने नेपाल सरकारले ७ हजार दिने गरेको छ। आम्दानी ५ बर्षमा ९ करोड देखी २० करोड निर्देशक डा. जागेश्वर गौतम अस्पतालको आम्दानी बर्षमा २० करोड पुगेको छ। अस्पतालमा धेरै परिवर्तन भएको छ । अहिले अस्पतालमा ५०० बेड रहेको छ । ४१५ नेपाल सरकारबाट स्वीकृति प्राप्त रहेको छ भने बाँकी बेड अस्पतालले आँफै चलाएको छ । यस्तै ओपिडीमा ५ बर्ष अगाडि बिरामीको संख्या १ लाख थियो, अहिले बढेर २ लाख पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै बिहीबार सामूहिक राजीनामा दिएका हुन् । प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा फिजिसिएन डा जीतनारायण यादव, डा दिनेश उप्रेती, अर्थोपेडिक डा ओम अर्याल, डा अनिलप्रसाद यादव, डा सागर पन्थी, रेडियोग्राफी डा रामेश्वर देवकोटा, डा विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा सुरेन्द्र कवर, डा राजन शाक्य, पेडियाट्रिकस डा कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा वसन्त लामिछाने, सर्जन डा ईश्वरी भुसाल, याम।डि।जि।पी डा अमित लाम्गाडे, डर्माटोलिजिष्ट डा जेम महर्जन र कमिनिटी मेडिसियन डा वर्षा मानन्धर रहेका छन् । यस्तै मेडिकल अधिकृतहरु डा अभ्यास पोखरेल, डा कृष्ण रिजाल, डा गौरव आचार्य, डा अनिल खाम, डा धना केसी, डा प्रितम डिसी, डा राजेन्द्र फुलारा, डा आयुष पौडेल उपाध्याय, डा सुर्वण बुढा र डा मनोज यादव रहेका छन् । डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटकपटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै आज बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए । दिउँसो प्रतिष्ठानका पदाधिकारीहरुसँग पटक पटक वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । विहीबार बेलुकी त्यहाँ कार्यरत सम्पूर्ण डाक्टरहरुले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामा बुझाएका हुन् ।
ग्राण्डी अस्पतालमा तिजको अवसरमा भिटामिन-डि परीक्षणमा ५० प्रतिशत छुट
काठमाडौं। तिजको अवसर पारेर ग्राण्डी अस्पतालले भिटामिन-डी टेस्टमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ। अस्पतालले भाद्र अन्तिम सम्म छुटको व्यवस्था गरेको हो। अस्पतालले परीक्षण शुल्क ३५ सय तोकेको छ। यस अघि यसको शुल्क सात हजार रहेको थियो। परीक्षण भित्र महिला रोगको परामर्श, मधुमेह जाँच, रगत परीक्षण, लिपिड प्रोफाइल अर्थात कोलेस्ट्रोल जाँच, महिलाको पाठेघरको जाँच, अल्ट्रासाउन्ड, थाईरोड परीक्षण गरिनेछ। रमाइलोसँगै अस्पतालले महिलालाई स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी रहन सचेत गराउँदै छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ। भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा पाउँदैनन्। त्यसैले चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्दछन्।