नाइमा एक्स्पोमा एथरको नयाँ ४५०एक्स, १० मिनेटमै ३० किमि रेन्ज थपिने
काठमाडौं । एथर नेपालले नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ । वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा एथर इनर्जीको आधिकारिक वितरक एथर नेपालले नयाँ स्कुटर सार्वजनिक गरेको हो । अगस्ट ११ देखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एथरले नयाँ ४५०एक्स ओभरटोन्ससँगै विभिन्न स्मार्ट प्रविधि पनि प्रदर्शन गरेको छ । एथरको स्टल हल ‘सी’को स्टल ‘सी२’मा राखिएको छ । त्यहाँ आगन्तुकले नयाँ स्कुटर र प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । तीन नयाँ रङमा ४५०एक्स ओभरटोन्स नयाँ ४५०एक्स ओभरटोन्समा तीन नयाँ रङ उपलब्ध छन् । यसमा स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे रहेका छन् । स्कुटरको पुरानै धारिलो र आधुनिक स्वरूपलाई निरन्तरता दिँदै नयाँ डिजाइन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । म्याजिक ट्विस्टले ब्रेकिङ सहज बनाउने एथरले ४५० सिरिजमा म्याजिक ट्विस्ट प्रविधि ल्याएको छ । यसले थ्रोटल पछाडितर्फ घुमाउँदा स्कुटरको गति घटाउन सहयोग गर्छ । यसबाट धेरै अवस्थामा ब्रेकको लिभर प्रयोग गर्नुपर्ने आवश्यकता कम हुन्छ । विद्युतीय मोटरमार्फत गति घटाउँदा पुनः ऊर्जा संकलन हुने कम्पनीले जनाएको छ । ब्याट्री पूर्ण चार्ज भएको अवस्थामा पनि म्याजिक ट्विस्टले काम गर्नेछ । लामो यात्राका लागि ‘इन्फिनिट क्रुज’ एथरले इन्फिनिट क्रुज सुविधा पनि ल्याएको छ । यसले लामो दूरीको यात्रामा स्थिर गति कायम राख्न सहयोग गर्छ । लगातार थ्रोटल दिइरहनुपर्ने आवश्यकता कम हुने कम्पनीले जनाएको छ । यसबाट लामो यात्रा थप सहज र आरामदायी हुने अपेक्षा गरिएको छ । आवाजबाटै स्कुटर नियन्त्रण ४५० सिरिजमा भ्वाइस अन एथर प्रविधि पनि उपलब्ध गराइएको छ । यसबाट राइडरले आवाजकै माध्यमबाट गन्तव्य खोज्न सक्नेछन् । नेभिगेसन सुरु गर्न, चार्जिङ स्टेसन खोज्न र स्कुटरका केही सेटिङ नियन्त्रण गर्न पनि सकिनेछ । यसका लागि मिल्दो ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १० मिनेट चार्जमा ३० किलोमिटर यात्रा एथरले नयाँ ६ किलोवाट फास्ट चार्जर पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसले करिब १० मिनेटमा ३० किलोमिटरसम्मको यात्रा गर्न पुग्ने ऊर्जा थप्न सक्छ । यसले विद्युतीय सवारीको चार्जिङलाई थप सहज बनाउने कम्पनीको विश्वास छ । ३ लाख ३४ हजार ९ सयबाट एथर ४५० सिरिज नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज नेपालमा ११ अगस्टदेखि उपलब्ध हुनेछ । नेपालमा एथर ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै, रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एथर स्कुटर जित्ने अवसर नाइमा २०२६ मा एथर नेपालले उपहार अभियान पनि सञ्चालन गरेको छ । एक्स्पोमा आउने आगन्तुकले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसका लागि एथर इनर्जी नेपालका आधिकारिक सामाजिक सञ्जालका पेज पछ्याउनुपर्नेछ । त्यसपछि हल ‘सी’, स्टल ‘सी२’मा रहेको एथरको स्टलमा पुगेर स्कुटरसँग फोटो खिच्नुपर्नेछ । फोटो सामाजिक सञ्जालमा राखेर एथर इनर्जी नेपाललाई ट्याग गर्नुपर्नेछ । साथै दुई जना साथीलाई पनि ट्याग गर्नुपर्नेछ ।
नयाँ प्रविधिसहित आयो बीवाईडी एट्टो सिरिज, मूल्य ३० लाख ७५ हजारदेखि
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ । कम्पनीले एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो । नयाँ पुस्ताका यी विद्युतीय गाडीमा प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ एट्टो सिरिजमार्फत विभिन्न मूल्य र सेग्मेन्टका ग्राहकलाई लक्षित गरिएको छ । एट्टो १ मा थप सुविधा नयाँ एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थप गरिएको छ । यसले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ । एट्टो १ प्रिमियममा अटो–फोल्ड ओआरभीएमसमेत थप गरिएको छ । एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट बीवाईडीले एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट थप गरेको छ। यसमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ३१२ किलोमिटरसम्म रेन्ज दिनेछ । एट्टो २ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर रहेको कम्पनीले जनाएको छ । एट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ एट्टो ३ मा डिजाइनदेखि प्रविधिसम्म सुधार सन् २०२२ मा नेपालमा सार्वजनिक भएदेखि लोकप्रिय बनेको एट्टो ३ लाई बीवाईडीले नयाँ पुस्तामा थप परिष्कृत गरेको छ । नयाँ एट्टो ३ मा ‘डाइनामिक ड्रागन फेस डिजाइन’ अपनाइएको छ । पछाडिको भागमा रियर स्पोइलर, हाई–माउन्टेड ब्रेक लाइट तथा नयाँ टेललाइट डिजाइन राखिएको छ । गाडीको भित्री भागमा पनि सुधार गरिएको छ । सफ्ट–टच सरफेस बढाइएको छ भने प्रयोग भएका सामग्रीको गुणस्तर र आराममा सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ एट्टो ३ मा कोलम–सिफ्टर गियर सेलेक्टर राखिएको छ । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ । त्यस्तै, ५० वाटको वायरलेस स्मार्टफोन चार्जर, ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर तथा अन्य प्रविधि सुविधा थप गरिएको छ । चालक र अगाडिको यात्रुका लागि भेन्टिलेटेड सिट उपलब्ध गराइएको छ । एट्टो ३ एडभान्स र सुपेरियर भेरियन्टमा डिराक एचडी साउन्ड र ८ वटा स्पिकरसमेत राखिएको छ । २०२६ बीवाईडी एट्टो ३ एडभान्सको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । एक्स्पोमा विशेष सुविधा नयाँ एट्टो सिरिज सार्वजनिक गरेको अवसरमा बीवाईडीले नाइमा मोबिलिटी एक्स्पोमा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न सुविधा ल्याएको छ । योजनाअन्तर्गत एक वर्षको निःशुल्क इन्फोटेनमेन्ट तथा बीवाईडी एप कनेक्टिभिटी, नगद छुट, १० वर्षसम्मको विस्तारित वारेन्टी, एक वर्षको निःशुल्क बीमा, एक वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । एक्स्पोमा बीवाईडीको स्टल हल ‘ए’ अन्तर्गत स्टल ए५ मा रहेको छ । त्यहाँ ग्राहकले नयाँ एट्टो सिरिजका गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । नयाँ पुस्ताका एट्टो सिरिजमा गरिएको डिजाइन, प्रविधि, सुरक्षा र आरामसम्बन्धी सुधारले नेपाली विद्युतीय सवारी बजारमा बीवाईडीको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप बलियो बनाउने कम्पनीको अपेक्षा छ ।
सुजुकीको मनसुन सर्भिस क्याम्प : पार्ट्समा २० प्रतिशतसम्म छुट
काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले वर्षायामलाई लक्षित गर्दै देशभर ‘सुजुकी मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा क्याम्प सञ्चालन गर्न लागेको हो । मनसुनका कारण सवारीसाधनमा हुने जोखिमलाई ध्यानमा राख्दै अभियान सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । क्याम्पमा ग्राहकले वर्षायाममा बढी जोखिममा पर्ने सवारीका विभिन्न भागको निःशुल्क जाँच गराउन सक्नेछन् । क्याम्पअन्तर्गत पार्ट्स र लुब्रिकेन्टमा १० प्रतिशत, श्रम शुल्कमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । त्यस्तै, ग्राहकले निःशुल्क सामान्य जाँच, एसी तथा ब्याट्री जाँच गराउन सक्नेछन् । ब्रेक, टायर, वाइपर र विद्युतीय प्रणालीको समेत विशेष जाँच गरिने कम्पनीले जनाएको छ । क्याम्पमा सवारीसाधनको हेरचाह तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारीसमेत दिइनेछ । सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले ग्राहकको सुरक्षा र सवारीको उचित मर्मतसम्भारलाई प्राथमिकता दिइएको बताए । क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्याम्प देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ । सुजुकीका ग्राहकले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको अधिकृत सर्भिस सेन्टरमा पुगेर क्याम्पको सुविधा लिन सक्नेछन् ।