माओवादी शहरी क्षेत्रको तुलनामा विकटमा लोकप्रिय
काठमाडौं । हालसम्म देखिएको मत परिणामअनुसार नेकपा(माओवादी केन्द्र)ले विगतको तुलनामा आफुलाई सुधार गर्दै लगेको देखिएको छ । प्राप्त मतपरिणाम र अग्रताले माओवादी शहरमाभन्दा विकट क्षेत्रमा लोकप्रिय भएको देखिएको हो । रिपोर्ट तयार पार्दासम्म माओवादी केन्द्रले स्थानीय तहको २४ प्रमुख र १६ उपप्रमुख पदमा बिजयी हासिल गरेको छ । त्यस्तै ९५ प्रमुख र ११५ उपप्रमुख पदमा अग्रता लिइरहेको छ । अहिलेसम्म माओवादीले दार्चुला, दैलेख, डोल्पा, बाग्लुङ, उदयपुर, खोटाङ, रोल्पा, हुम्ला, गोरखा, सोलुखुम्बु, गुल्मी, डडेलधुरा, रुकुम, डोटी, ताप्लेजुङ, दाङ, रुकुम पुर्व र ओखलढुंगामा विजय हासिल गरेको छ । माओवादीले कतिपय ठाउँमा एक्लै र कतिपय ठाउँमा गठबन्धनसँग मिलेर बिजय हासिल गरेको छ । कतिपय पालिकामा भने माओवादीले एमाले–कांग्रेश–विप्लवको गठबन्धनसँग प्रतिस्पर्धा गरेर विजय हासिल गरेको छ । काठमाडौं, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, चितवन, आदि लगायतका घना शहरी क्षेत्रमा भने माओवादीलाई मतदाताले नरुचाएको कुरा उसले प्राप्त गरेको मत र नतिजाले देखाएको छ । यी शहरी क्षेत्रमा माओवादीले केही वडाहरुमा मात्रै विजय हासिल गर्न सफल भएको छ भने थोरै वडाहरुमा मात्रै अग्रता लिइरहेको छ ।
दार्चुलामा विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ को मृत्यु
काठमाडौं । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।
काठमाडौं महानगरपालिका ३२ को मतगणना स्थगित
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ । मतगणनाका क्रममा विवाद भएपछि स्थगित भएको हाे । सोमबार बिहान मतगणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।