सिसिटिभी जडान असम्भव मतदानस्थलमा भिडियो रेकर्ड
काठमाडौं । निर्वाचन आयोगले तत्काल सिसिटिभी जडान असम्भव भएका मतदानस्थलमामा भिडियो रेकर्डको व्यवस्था गर्ने बताएको छ । निर्वाचन आयोगले सिसिटिभी जडान गर्ने अवस्था नभएको स्थलमा भिडियो रेकर्डको व्यवस्था गरिने जनाएको हो । बिजुली, इन्टरनेटलगायत भौतिक असुविधाका कारण सबै स्थानीय तहका बुथमा सिसिटिभी जडान असम्भव भएपछि भिडियो रेकर्डको व्यवस्था गरिएको हो आयोगले यसअघि २०७८ चैत १ गते संघीय मामिला तथा साान्य प्रशासन मन्त्रालयलाई मतदानस्थलमा दृश्यावलोकन प्रणालीको व्यवस्था गर्न पत्राचार गरेको थियो ।
स्थानीय चुनावमा भाग लिन दैनिक ५५ हजारले उपत्यका छाड्दै
काठमाडौं । विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्यामा बृद्धि भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगतको तुलनामा निर्वाचन नजिकिएसँगै उपत्यका छाड्नेहरु बढ्न थालेका हुन् । ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक काठमाडौँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । कार्यालयको तथ्यांक अनुसार सोमबार मात्रै उपत्यकाका विभिन्न नाकाबाट ७ हजार ९११ सवारीसाधन मार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । ट्राफिक कार्यालयले सार्वजनिक सवारीमार्फत बाहिरिएका यात्रुको मात्र तथ्यांक राख्ने गरेको छ । रिजर्भ गरिएका तथा निजी सवारी मार्फत बाहिरिनेको संख्या झनै धेरै रहेको जनाइएको छ । यसअघि भित्रने र बाहिरिने यात्रुको संख्या बराबरी हुने गरेकोमा निर्वाचन नजिकिएसँगै बाहिरिने यात्रुको संख्यामा बृद्धि हुन थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजिव शर्मा दासले जानकारी दिए । उनका अनुसार हाल दैनिक १५ देखि २० हजार थप यात्रु बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्नेछ । निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार तथा दलले आफ्ना मतदातालाई गाडी रिजर्भ गरेर लगिरहेका छन् । ती नागरिकले उम्मेदवार तथा दलका प्रतिनिधिले नै गाडी रिजर्व गरेकाले मतदानका लागि जिल्ला गएको प्रतिक्रिया दिएका छन् । यसपालि निर्वाचनको समयमा कुनै पनि आपराधिक गिरोहको सक्रियता नभएकाले पनि निर्वाचनको माहोल बढी नै तातेको छ । यातायात व्यवसायी भन्छन्ः दशैं जस्तै छ स्थानीय तह निर्वाचनका लागि काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा बृद्धि भएपछि दशैं लागेजस्तै भएको व्यवसायीहरुले बताएका छन् । विभिन्न रुटका लागि छुट्ने सवारीभन्दा रिजर्भको धेरै माग आएपछि दशैं लागेजस्तै भएको यातायात व्यवसायीहरुले जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोजले सिटौला सार्वजनिक यातायातलाई मतदाता बोक्न भ्याइनभ्याइ भएको बताए । उनले निर्वाचनका लागि बाहिरिनेको संख्या काठमाडौं उपत्यकासहित देशभर नै क्रमश बृद्धि हुँदै गएको बताए । ‘बुधबारसम्मका लागि धेरै माग छ, बिहीबार केही कम हुने हामीले अनुमान गरेका छौं, विभिन्न राजनीतिक दलले गाडी रिजर्भ गरेर आप्ना मतदाता ओसारिरहेका छन्, पछिल्लो तीन दिन धेरै भिड भयो’, उनले भने । १६ अर्ब निकासा स्थानीय तह निर्वाचनका लागि सरकारले १६ अर्ब रकम निकासा दिएको छ । अर्थमन्त्रालयले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड तथा अन्य खर्च स्वरुप १६ अर्ब रुपैयाँ बढी निकासा दिएको हो । गहृमन्त्रालय अन्तरगतको नेपाल पप्रहरी, सशस्त्र प्रहरीका लागि ५ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकम निर्वाचनमा खटिने प्रहरीको भत्ता, म्यादी प्रहरीको सेवा सुविधामा प्रयोग हुनेछ । १ करोड ७७ लाख मतदाता यसपालि निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । यसपटक सबै स्थानीय तहमा एकैचोटी निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षा चुस्त नेपालका चारै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग) ले निर्वाचन सुरक्षा चुस्त बनाएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले नेपाल सरकारले तोकिदिएको जिम्मेवारीअनुसार कर्मचारी खटाएको छ । यसपटकको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजारभन्दा बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ । नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन् । सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटाइएको छ । गृह मन्त्रालयका अनुसार सबै गरेर निर्वाचन सुरक्षामा दुई लाख ६० हजार बढी सुिरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने र विभागलाई भने सूचना सङ्लनको मुख्य जिम्मेवारी छ । यसपालि कुनै आपराधिक समूहको गतिविधि नदेखिएको र विद्रोही समूहसमेत नरहेकाले पनि सुरक्षामा ठूलो बाह्य चुनौती नदेखिएको सुरक्षा संयन्त्रको निष्कर्ष छ तर दलहरूबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाद (झण्ड) देखि तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुनसक्नेतर्फ सचेत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा नेपाली सेनालाई जिम्मा दिएर त्यहाँ रहेका प्रहरीलाई समेत निर्वाचनमा खटाइएको छ । नेपाली सेनाका अनुसार विष्फोटक पदार्थ निस्तेज टोलीसमेत हरेक क्षेत्रमा तयारी अवस्थामा राखिएको छ ।
तुलसीपुरको वडा नं १७ मा जेठ ३ गते मतदान हुने
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए । बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।