राप्ती गाउँपालिका-९ मा माओवादीका रिमबहादुर विजयी

दाङ । राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । शुक्रबार सम्पन्न वडाको निर्वाचनमा कुल ७१४ मत खसेको थियो । मगर ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवार गुलाफको फूल १७ र छाता चुनाव चिन्हले जम्मा १ मत प्राप्त गरेका थिए । राप्ती गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।

लिखुपिके–१ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका लिए । वडामा ४ सय ५४ मत खसेका थियो ।  

मनाङको चामेमा एमालेका घले र नार्पाभूमिमा कांग्रेसका लामा विजयी

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन् । उनले १५८ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो । त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनले ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन् । कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए । उनका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए । मतगणना आज साँझसम्ममा सकिने उनले बताए । जिल्ला ६२.६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ । चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७.८५ प्रतिशत मत खसेको थियो ।