ठुला सपना देखाउँदिन : सिर्जना सिंह
काठमाडाैं । काठमाडौं महानगरमा मेयर पदको प्रत्यासी सिर्जना सिंहले काठमाडौंबासीलाई ठुला सपना देखाउनेभन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भुमिका खेल्ने बताएकी छिन् । नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी सिंहले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने समस्या समाधान गर्ने बताईन । विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने बताईन । काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ,’ सिंहले भनिन् । उनले मेयर निर्वाचित भए घोषणापत्र अनुसारनै काम गर्ने बताईन । यस्तै उनले व्यापारिक महल बनाउने काम बन्द हुने र ३२ वडै स्वास्थ प्रबन्धन केन्द्र र जेष्ठ नागरिक भवन बन्ने बताइन् ।
मेरो चरित्रहत्या गर्ने महिलासँग मैले संगत गरेको छैन : केशव स्थापित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफसँग चरित्रहत्यामा मुछिएकी महिलासँग कहिले संगत नगरेको बताएका छन् । उनले मेयर सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको बताए । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गरे । उनले महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको जिकीर गरे । स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए । आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले बताए । यस्तै स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको र जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।
सुनिता डंगाेलविरुद्ध अख्तियारमा उजुरी, ५ वर्षको तलबभत्तामा भ्रष्टाचार
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो । काठमाडौं महानगर पालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने ठाउँमा समाजशास्त्र विषयमा स्नातक तह उतिर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजरीमा बताइएको छ । उनले उक्त पदबाट मासिक ८० हजार रुपैयाँ लिएको आरोप लगाइएको छ ।