स्थानीय तहको केन्द्रलाई सडकसँग जाेड्न तीन अर्ब ३० करोड विनियाेजन
काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहको केन्द्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोडन ३ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् । उनले शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै ६ सय १६ किलोमिटर सडको प्राराम्भ गर्नको लागि उक्त बजेट छुटाएकाे बताए । उनले संघ प्रदेश र स्थानीय तहका संयुक्त लगानीमा आगामी ३ वर्ष भित्रमा सम्बन्धित प्रदेश केन्द्रबाट नजिकको राजमार्गसम्म पक्कि सडकले जोडिने बताएका छन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।
सबै स्थानिय तहमा हेलिप्याड निर्माण गरिने
काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले सबै स्थानिय तहमा हेलिप्याड निर्माण गरिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने
काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।