माङसेबुङ गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई दियो आर्थिक सहयोग

काठमाडौं । ईलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले कोभिड-१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो । गाउँपालिकाले विपत् व्यवस्थापन कोष सञ्चालन समितिको बैठक अनुसार गाउँपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई गाउँपालिकाले प्रतिमृतक राहत स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताइएको छ । विपत् व्यवस्थापन कोष सञ्चालन समितिका निर्णय अनुसार गाउँपाकिकाले घरैमा पुगेर राहत उपलब्ध गराइएको छ । समस्यामा परेको परिवारलाई तत्काल आधारभूत आवश्यकता पुरा गर्न सहयोग मिलोस् भनेर राहत वितरण गरेको गाउँपालिकाले बताएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएका वडा नं. ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, वडा नं. ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती तथा वडा नं. ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । गाउँपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेका छ ।

नगरपालिका भित्रका घरलाई खरका छानामुक्त बनाउन कम्मर कसेका छौं – नगरप्रमुख थारु

मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएकोे छ । संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । लुम्बिनी प्रदेश अन्तर्गतको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिका हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जिल्लाको ८ स्थानीय तहमध्ये यो नगरपालिका भौतिक पूर्वाधार र संरचनाका हिसावले अगुवा स्थानीय तह मानिन्छ । यस नगरपालिकामा ११ ओटा वडा छन् । निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले नगरपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि नगरपालिकाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो नगरपालिकाका नगर–प्रमुख दुर्गा बहादुर थारुसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ? नगर भित्र विकास निर्माणको काम पनि धेरै भएका छन् । विकास भन्नाले भौतिक पूर्वाधार, सामाजिक विकास सबै किसिमका विकासलाई हामीले सन्तुलित रूपमा लिने गरेका छौ । भौतिक विकासतर्फ सडक, खानेपानी, बिजुली, शैक्षिक क्षेत्रका कामहरू अघि बढी रहेका छन् । आर्थिक विकासमा कृषि तथा पशुपालनको उत्पादनतर्फ जोड दिएका छौ यता सामाजिक विकासतर्फ जनचेतनामूलक काम, शिक्षा, स्वास्थ्य लगायतका कामहरूलाई सन्तुलित विकासको रूपमा अघि बढाएका छौ । हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । आजसम्म आइपुग्दा नगरपालिकाको समग्र क्षेत्रमा विकास र परिवर्तन भएको अवस्था छ । यसै सन्दर्भमा सर्वप्रथम हामी निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । त्यसै गरी हामीले सडकको स्तरोन्नती पनि गरेका छौं र हाल कालोपत्रेको कामलाई पनि अगाडि बढाएका छौं । शिक्षा क्षेत्रतर्फ पनि धेरै काम भएका छन् । हाम्रो नगरपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको नगरपालिका हो । नगरपालिकामा एक देखि १० कक्षासम्म पढ्नको लागि कुनै पनि शुल्क लाग्दैन । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं भने शैक्षिक सुधारका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । सिँचाइमा पनि उल्लेख्य काम भएको छ । निर्वाचित पस्चात् हामीले पालिकामा प्रविधि युक्त स्वास्थ्यचौकीको पनि निर्माण गरेका छौं । त्यस्तै, सबै वडाका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छौं । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ८० प्रतिशत कामहरू सकिसकेका छौं ।नगरपालिका भित्रका घरलाई खरका छाना मुक्त बनाउनतिव्रताका साथ लागेका छौं ।सडकलाई सुरक्षित बनाउने प्रयास, बजार अनुगमन र उपभोक्ता एवंम् व्यवसायिक सचेत लगायतका कार्यक्रमहरू भइरहेका छन् । स्थानीय सरकारको चार वर्ष कार्यकाल पूरा हुँदा आफ्नो नेतृत्व कस्तो भएजस्तो लाग्छ, सफल वा असफल ? लामो समयसम्म जनप्रतिनिधि विहीन भइरहेको अवस्था थियो । स्थानीय सरकारमा निर्वाचित भएर आइसकेपछि जनताका धेरैजसो अपेक्षा पूरा गर्न सफल भएका छौं । यहाँका नागरिकहरूले आफ्नो समस्या पालिकामा राख्नसक्ने भएका छन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू पनि धेरै भएका छन् । त्यसैले तुलनात्मक रूपमा मैले मेरो कार्यकाल सफल रहेको भन्नुपर्छ । नगरपालिकाबाट जनताले के अपेक्षा राखेका छन् ? जनताका विकासमा माग र आवश्यकता असीमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । जनताको माग तत्कालै पुरा गर्नुपर्छ भन्ने किसिमको आउँछ तर हामीले दुर्गामी विकास हुने किसिमका विकासका योजनाहरू निर्माण गरेका छौ । छोटकरीमा भन्नु पर्दा यहाँको जनताको चाहना विकास, समृद्ध, सुविधा आदिको अपेक्षा छ । अनि, यी मागको चाहिँ कसरी संबोधन गरिरहनुभएको छ ? हामी जनताबाटै निर्वाचित भएर आएका हौं । मागमा आधारित भन्दा पनि सामाजिक र समावेशी ढंगबाट आउने मागहरूलाई हामीले प्राथमिकतामा राख्ने गरेका छौ । जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । मानिसहरूको आवश्यकता असीमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरू धेरै भन्दा धेरै संबोधन गर्नको निम्ति हामी लागि परेका छौं । यस अर्थमा विगतमा भन्दा केही न केही विकासका अनुभूति जनताले गर्न पाएका छन् भन्ने लागेको छ ।स्थानीय सरकार नागरिककै सरकार भएकाले समस्यालाई केलाउँदै आर्थिक तथा सामाजिक विकाशलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौँ । दोस्रो चरणको कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो नगरपालिका पनि अछुतो रहन सकेन । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्यचौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ । हामीले नगरभित्र कोभिड अस्पताल पनि सञ्चालन गरेका छौं ।अन्यत्र जस्तो बेडहरू भरिभराउ हुने, बिरामीहरू अलपत्र हुनेजस्ता समस्या चाहिँ नगरभित्र हुन दिएनौं । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । नगरपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । हामीले गत वर्ष कोरोना संक्रमण सुरुहुँदा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, राहत वितरण लगायतको कामहरू पनि गर्दै आएका थियौं । कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणको पनि व्यवस्था गरेको छ । नगरपालिकामा हालसम्म कति जनामा संक्रमणको पुष्टि भएको छ ? दोस्रो लहरेको कोरोना भाइरस सुरुसुरुमा पालिकामा पनि व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । असर ३० गतेको तथ्याङ्क अनुसार पालिकामा हालसम्म ९ सय ५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोभिड अस्पतालबाट नियो भई घर गएको संख्या ७६ रहेको छ । हालसम्म २ हजार ९ सय सय ४८ जनाको एन्टिजेन तथा पीसीआरमाफर्त परीक्षण गर्दा ९ सय ५९ जना संक्रमित पुष्टि भएको छ । कोभिड अस्पतालबाट रेफर भएको संख्या १९ रहेको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाले १८ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएको छ । दोस्रो चरणको कोरोना प्रभावसँगै पालिकामा कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ? गत वर्ष चाहिँ हामीले कोरोना संक्रमित भएका विपन्न वर्गको लागि चामल, नुन, तेल आदि वितरण गरेका थियौं । तर, यस पटक भने राहतका कार्यक्रम वितरण गर्न सकेनौं । पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणका कामहरू रोकेनौं । भौतिक वा सामाजिक दुरी कायम गरेर पनि विकास निर्माणका कामहरू सञ्चालन गर्यौं । कोभिडको समयमा हामीले नागरिकहरुलाई भोको हुन दिएनौं । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपमा काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । म नगरपालिकाको नगर प्रमुख भई काम गरिरहँदा जनताको ठुलो अपेक्षा छ स्थानीय सरकारप्रति, जन अपेक्षा बमोजिम मौजुदा प्रशासनिक कार्य प्रणालीबाट अपेक्षा पुरा गर्न लागि म लगायत नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई निकै ठुलो चुनौती रहेको महसुस गरेको थिए । त्यस सँगसँगै विकासका कामहरूमा पनि हामी गाउँले परिवेशबाट सहरी परिवेशमा जाँदै गर्दा विकासका योजनाहरू अघि बढाउँदा चुनौती हुने गरेका छन् । २०७४ सालमापुरै नगर बाढिले डुबायो, हामीले बाढिको सामना गर्यौं । दोस्रो वर्ष चाहिँ राम्रोसँग काम गर्यौं । तेस्रो र चौथो वर्ष कोभिडको सामना गरिरहेका छौं । चुनौती धेरै थिए । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । चुनौती बिचमा अवसर खोजर्दै काम गरी अगाडि बढेका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नगरवासिहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । सधैभरी सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा पनि गरेको छु ।

गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको काम अघि बढाएका छौं – अध्यक्ष किराती

नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७ सय ५३ स्थानीय तहमध्ये महाकुलुङ गाउँपालिका पनि एक हो । मुलुक संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । प्राकृतिक, सांस्कृतिक, जातीय, धार्मिक एवं राजनीतिक विविधता विचको एकता भएको सुन्दर मानिने यस गाउँपालिका प्रदेश १ अन्तर्गत सोलुखुम्बु जिल्लामा अवस्थित छ । निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष सागर किरातीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीमा आधारित अन्तरवार्ता प्रस्तुत गरेका छौं । तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के–के भए ? हो, लामो समय पछि संघीयता आएको र स्थानीय तहको नेतृत्व सम्हालेको पनि करिव ४ वर्ष पुगिसकेको छ भने हामी अन्तिम वर्षको कार्यकालको दौरानमा छौं । हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । आजसम्म आइपुग्दा गाउँपालिकाको समग्र क्षेत्रमा विकास र परिवर्तन भएको अवस्था छ । मुलुक संघीयतामा गइसकेपछि तथा स्थानीय तहको संरचना बनिसकेपछि हाम्रो बुद्धि विवेकले भ्याएसम्म विकास निर्माणका कामहरु अघि बढाएका छौं । हामीले भौतिक पूर्वाधार, सामाजिक विकास आदि सबै कामलाई सन्तुलित रूपमा लिएर अगाडि बढेका छौ । भौतिक विकासतर्फ सडक, खानेपानी, बिजुली, शैक्षिक क्षेत्रका कामहरू अघि बढेका छौं । आर्थिक विकासमा कृषि तथा पशुपालनको उत्पादनतर्फ जोड दिएका छौ भने यता सामाजिक विकासतर्फ जनचेतनामूलक कामहरू, शिक्षा, स्वास्थ्य लगायतका कामहरूलाई सन्तुलित विकासको रूपमा अघि बढाएका छौ । हाम्रो पालिकामा ५ ओटा वडा छन् । यसै सन्दर्भमा सर्वप्रथम हामी निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । पालिकाको मेन सडकलाई महाकुलुङ चक्रपथ नामकरण गरेको छौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । त्यसै गरी हामीले सडकको स्तरोन्नती पनि गरेका छौं । संघीय सरकारको नियम अनुसार नै प्रत्यके वडामा स्वास्थ्यचौकीको पनि स्थापना गरेका छौं । प्रजनन् केन्द्रको पनि स्थापना भएका छन् । हामीले महाकुलुङ प्राथमिक अस्पताल पनि सञ्चालनमा ल्याएका छौं । गाउँपालिकाले ३७ जना स्वास्थ्यकर्मी करारमा राखेको छ । स्वास्थ्य सेवालाई सुलब बनाउने काम गरी रहेको छौं । शिक्षा क्षेत्रतर्फ पनि धेरै काम भएका छन् । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं भने शैक्षिक सुधारका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ । ‘एक घर एक धारा’ खानेपानी आयोजना गाउँपालिकाले गौरवको आयोजना अन्तर्गत राखेर सञ्चालन गरिरहेको छ । प्रदेश तथा केन्द्र सरकार र विभिन्न गैरसरकारी संस्थासँगको समन्वयमा गाउँपालिकाको प्रत्यक्ष लगानीमा यो कार्यक्रममा सञ्चालन भएको हो । हालसम्म ‘एक घर एक धारा’ कार्यक्रम करिव करिव ३० प्रतिशत पुरा भएको छ । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । गाउँपालिकाले राष्ट्रिय प्रसारण लाइनको कामलाई अगाडी बढाएको छ । यस वारे ग्रामीण समुदाय विद्युत विभागसँग सम्झौता गरेका छौं । ग्रामीण समुदाय विद्युतको तर्फबाट १५ करोड रुपैयाँ बजेट राखिएको छ । गाउँपालिकाबाट जनताले के अपेक्षा राखेका छन् ? २० वर्षको समयसम्म जनप्रतिनिधिविहीन भइरहेको अवस्थामा नेपालको संविधान २०७२ मा भएको व्यवस्थाअनुसार प्रथम पटक संघीयताको कार्यान्वयनसँगै स्थानीय तहको चुनावमार्फत जनता आफूले रोजेको प्रतिनिधिलाई सरकारमा पठाउँदा निश्चय नै उनीहरूको इच्छा, आकांक्षा धेरै नै हुन्छन् । हामी पनि नयाँ व्यवस्थासँगै स्थानीय सरकारको भूमिकामा रहनुपर्ने र सीमित स्रोत साधन र जनशक्तिका बाबजुद असीमित इच्छा र चाहना अनि विकासको भोक मेटाउनु पर्ने बाध्यतामा रहेका थियौं । गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । छोटकरीमा भन्नु पर्दा यहाँको जनताको चाहना आवश्यकता सडक नै छ । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । अनि, स्थानीय बासिन्दाको माग कसरी सम्वोधन गरिरहनुभएको छ ? हामी जनताबाटै निर्वाचित भएर आएका हौं । जनताका विकासमा माग र आवश्यक्ता असिमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । मागमा आधारित भन्दा पनि सामाजिक र समावेशी ढंगबाट आउने मागहरुलाई हामीले प्राथमिक्तामा राख्ने गरेका छौ । जनताको नजिकबाट स्थानीय क्षेत्रको सुरक्षा, विकास निर्माण, निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन निकाय तथा तह नै स्थानीय तह हो । मानिसहरूको आवश्यकता असीमित हुन्छ । माग पनि धेरै हुन्छ । सबैको मागलाई पुरा गर्न नसके पनि प्राथमिकता अनुसारका मागलाई चाहिँ पुरा गर्दै आएका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरु धेरै भन्दा धेरै संबोधन गर्नको निम्ति हामी लागि परेका छौं । तपाईँहरू निर्वाचित भएर आएको करिब ४ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा गर्न सफल हुनुभएको छ ? निर्वाचन अगाडि र हाम्रा पार्टीको तर्फबाट उमेद्धर बन्दै गर्दा हामीले धेरै कुरा घोषण उल्लोख गरेका थियौं । हामीले चौतर्फीको रोडम्याप समेटेर निर्वाचनको घोषणापत्र निर्माण गरेर हामीहरू जनतामाझ गएका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । घोषणापत्रमा लेखेका र निर्वाचित हुँदा बोलेका कुराहरूको पुरा गर्नको लागि भरपुर प्रयत्न गरेका छौं । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम धेरै पुरा गरी सकेका पनि छौं । काम नै गर्ने नसक्ने कुराहरू घोषणापत्रमा लेखेको थिएनौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेको छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास गर्न पुग्दैन । हामीले गर्छैं भनेको कुरा वाहेक अरू कुराहरू महत्वपुर्ण पनि हुन्छ सक्छन् त्यसैले समग्रा पालिकाको विकास निर्माण काममा लागेका छौं । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? गाउँपालिकाले जब कोरोना संक्रमणको दोस्रो लहर सुरुभयो, लगत्तै हामीले अस्पताल बनाउनु पर्छ भन्ने भयो सोही अनुरूप कोरोना अस्पताल सञ्चालन गरयौं, अक्सिजनको जोहो गर्न अत्यन्त कठिन थियो, अक्सिजन अभाव हुन नदिन काम गरयौं, जो संक्रमितहरु घरमै होम आइसोलेसनमा बस्नुभएको छ । उहाँहरूको रेखदेख र उपचार, संक्रमितलाई अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्थापन लगायतका कामहरू गरेका छौं । पालिकामा कोरोनाको प्रभाव परेसँगै पालिकाले ७ सय थान एन्टिजेन्ट परीक्षण गर्ने किट खरिद गरेको छ भने एक सय थान एन्टिजेन्ट परीक्षण गर्ने किट गैरसरकारी सङ्घ÷संस्थाबाट पनि पालिकालाई सहयोग मिलेको छ । ७ सय थान किट र अन्य स्वास्थ्य सामाग्री खरिद गरी पालिकाले कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सम्पूर्ण नागरिकहरूको पहिचान गरी गाउँगाउँमा गएर एन्टिजेन्ट परीक्षण गरेका पनि छौं । अहिले कोरोना संक्रमितहरुको लागि एम्बुलेन्स र सवारीसाधनको उपलब्धता निकै महत्वपूर्ण देखियो । पालिकामा चाहिँ अहिलेसम्म एम्बुलेन्स नपाएर अस्पताल जान नपाएको स्थिती छैन । हामीले कोरोना परीक्षणलाई महत्वका साथ हेरेका छौं । जब परीक्षण नै हुँदैन तब कोरोना नियन्त्रण हुँदैन भन्ने हाम्रो बुझाई छ । द्रोस्रो चरणको महमारी सुरु भएसँगै होम आइसोलेसनलाई प्राथमिकतामा राखेका छौं । प्रत्येक वडाहरूमा सम्बन्धित वडाका वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी सहितको समिति बनाएका छौं । उक्त समिति होम आइसोलेसनको अवलोकन गर्छ, लक्षण देखिए वा शङ्का लागे परीक्षण गर्ने, श्वास फेर्न अप्ठेरो महसुस भए तुरुन्त गाउँपालिकाको कोरोना अस्पताल लैजाने, जटिल भए अन्य ठुला अस्पताल लाने गरिएको छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्यचौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ भने गाउँपालिकाले २० बेडको आइसोलेसन सेन्टर पनि छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । गाउँपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारण पनि गरेका छौं । पालिकामा हालसम्म कति जनामा संक्रमणको पुष्टि भएको छ ? पालिकामा हालसम्म ८१ जनामा संक्रमणको पुष्टि भएको छ । पछिल्लो समयमा पालिकामा संक्रमणको संख्या पनि घट्दै गएको छ । गाउँपालिकाभित्र अब गर्नुपर्ने कामहरू चाहिँ के–के छन् नि ? हाम्रो कार्यकालमा गाउँपालिकाको आधारभूत कुरा तथा पूर्वाधारको तयारी गर्नको लागि हाम्रो समय तथा बजेट खर्चिएको अवस्था छ । पालिकामा उत्पादकत्व वृद्धि गर्नको लागि यहाँका नागरिकहरूलाई उत्पादनतर्फ लगाउन चाहिँ जरुरी छ । औद्योगिक तथा व्यवसायी बनाउने हिसाबले कृषि तथा पशुपालनलाई पनि व्यवसायिक बनाउन आवश्यक छ । विकास निर्माणको कामहरू पनि धेरै गर्नुपर्ने छ । केही पुल निर्माणकाका पनि गर्न बाँकी नै छ । स्रोतका हिसाबले हामीसँग लाख र करोडमा सिमित छ तर, हामीलाई खरबैको आवश्यकता छ । त्यसैले, विकास भनेका क्रमिक रुपमा हुने कुरा पनि हो । तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? भौतिक पूर्वाधार र शिक्षा क्षेत्रको विकास नै मेरो कार्यकालको ठुलो उपलब्धि हो भन्न सकिन्छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? हामी ४ ओटा आर्थिक वर्षको सम्पन्न गरी सकेका छौं भने आर्थिक वर्ष ७८÷७९ का लागि नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेका छौं । यसलाई सफल पूर्वक कार्यान्वयन गर्नको लागि महाकुलुङ बासिन्दाहरूले रचनात्मक तथा सिर्जनातक तरीकाले सहयोग गर्नुहुने छ । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुरुप नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । सम्पूर्ण गाउँपालिका बासीहरूको मनोभावना आवश्यकता चाहना, इच्छा अनुरूप नै हामीले अगाडि बढ्ने कोसिस गरेका छौं । हामी हाम्रो कार्यकालको अन्तिम वर्ष सम्पादन गर्दा फेरी पनि जनताको साथ र सहयोग मिलको नै छ भन्ने आशा र विश्वास व्यक्त गर्न चाहन्छु ।