नेरुडे लघुवित्तको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । फागुन २२ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले अर्याललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक अर्ज्यालले अगामी ४ वर्षसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
बोधराज देवकाेटा बने महालक्ष्मी विकास बैंकको सीईओ, दुई दशकको बैंकिङ अनुभव
काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकाेटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । एक महिना अगािड मात्रै उनले सिटिजन्स बैंक छाडेका थिए । बैंक स्रोतका अनुसार उनले भोलि सोमबार मात्रै सीईओको कार्यभार सम्हाल्ने छन् ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो । बिशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि समेत रहेको अग्रवाल इन्स्योरेन्समा संस्थापक समूहतर्फ रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनीको रुपमा नियुक्त भएका हुन् ।