स्वदेशी लघुवित्तका सीईओ चापागाईंले दिए राजिनामा, कामु सीईओकाे जिम्मेवारी मगरलाई
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईंले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको कम्पनी सचिव समेत रहेका सीईओ चापागाईंले दुबै पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । बैठकले आगामी मंसिर १ गतेबाट लागू हुने गरी सर्वसम्मतीबाट स्वीकृत गर्ने निर्णय गरेको छ । यससँगै, कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी राजन मगरलाई दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको कामु नायव प्रबन्धक मगरलाई आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यसैगरी, मंसिर १ गतेदेखि रिक्त हुन गइरहेको कम्पनी सचिवको जिम्मेवारी पनि कामु नायव प्रबन्धक मगरले नै पाएका छन् । उनले कार्तिक १७ गतेबाटै कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका छन् ।
लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल र कोषाध्यक्षमा भोजराज बस्याल नियुक्त
काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । आज (कार्तिक ३ गते) सम्पन्न संघकाे १४औं वार्षिक साधारण सभाले संघकाे रिक्त रहेकाे उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेकाे हाे । यससँगै, संस्थाकाे कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल नियुक्त भएका छन् । सभाले संघकाे कार्यसमितिमा हेरफेर गरी उपाध्यक्ष र कोषाध्यक्षसहित ५ जनालाई नियुक्त गरेकाे छ । त्यस्तै, नयाँ सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेम बहादरु पाठक, समता लघुवित्तका डा. मदन घिमिरे र गणपति लघुवित्तका अच्युत सापकोटालाई नियुक्त गरेकाे छ । संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा संचालन भएको सभाले आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेकाे छ । संघले अनलाइन(जुम) मार्फत उक्त सभा सम्पन्न गरेकाे हाे । सभा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उद्घाटन भएको थियो । उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल तथा डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल र्बैकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्व-अध्यक्ष राम चन्द्र जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरले संघले लघुवित्त क्षत्रमा देखिएका विकृितहरु रोक्न पहल गर्नु पर्ने र लघुवित्त संस्थाहरुले आफ्नाे उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्ने तर्फ पनि सोच्नु पर्ने सल्लाह दिएका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ । र, ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु यसका सदस्य छन् ।
फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तको सीईओमा पौडेल नियुक्त, कार्तिक १६ गतेदेखि लागु हुने
काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नमुनाथ पौडेल नियुक्त भएका छन् । कार्तिक १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आगामी कार्तिक १६ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नयाँ सीईओ नियुक्त गरेको संस्थाको कामु सीईओ तथा कम्पनी सचिव दानराज पन्तले जानकारी दिएका छन् । यससँगै नवनियुक्त सीईओ पौडेलले आगामी कार्तिक १६ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।