अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त
काठमाडौं । अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा नियुक्त गरेको हो । बैठकले कम्पनीको आगामी हुने तेस्रो वार्षिक साधारणसभाबाट नियुक्त हुने सञ्चालकले प्रतिनिधित्व नगरेसम्मको लागि संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा मनोनित गरी नियुक्त गरेको हो । यससँगै नवनियुक्त अर्यालले कम्पनीको आगामी साधारणसभा नभएसम्म कम्पनीको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् । मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वाग्लेलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो । यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् । गोरखाको बुङ्कोटमा घर भएका वाग्ले हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका छन् । यसअघि कम्पनीको अध्यक्षमा चन्द्रमान मलेकु रहेका थिए । उनले व्यक्तिगत घरयासी कारण देखाउँदै भदौ २५ गते अध्यक्ष पदबाट राजिनामा दिएका थिए । जुन मंसिर १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । बैठकले मंसिर २१ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । नवनियुक्त कम्पनी सचिव जोशी कम्पनीको कानून विभागका नायव प्रबन्धक पनि हुन् ।