स्पर्श लघुवित्तको सञ्चालकमा क्षितिज खड्का नियुक्त

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा क्षितिज खड्का नियुक्त भएका छन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठकले जनता बैंक नेपालको तर्फबाट प्रतिनिधि सञ्चालकको रुपमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै नवनियुक्त खड्काले संस्थाको सञ्चालकको रुपमा आगामी बाँकी कार्यकाल सम्हाल्नेछन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठक जेठ ६ गते सोमबार बसेको थियो ।

सनराइज बैंकको कामु सीईओकाे जिम्मेवारी आशा राणालाई, काे हुन् राणा ?

काठमाडौं । सनराइन बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिएसँगै सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियाे । उनको वहिर्गमनसँगै कामु प्रमुख कार्यकारीकाे रुपमा राणालाई जिम्मेवारी दिइएको हाे । उनी बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफाेर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक हुँदै सनराइज बैंकका प्रवेश गरेकी हुन् । सन् १९८८ मा बैंकिङ करियर सुरु गरेकी राणासँग त्यसपछि निरन्तर बैंकिङ क्षेत्रमा रहेको बैंकले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत रिक्त भएसँगै बैंकले नयाँ कार्यकारी प्रमुखको खोजी सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बढी प्रमुख कार्यकारी प्रमुख रिक्त भएको ३ महिनाभित्र अर्को नियुक्ति गरिसक्नुपर्छ ।

सिभिल बैंकको अध्यक्ष पुनः इच्छाराज तामाङ

काठमाडौँ । सिभिल बैंक लिमिटेड सञ्चालन समितिको अध्यक्षमा पुनः इच्छाराज तामाङ चयन भएका छन् । बैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले चार वर्षको लागि तामाङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव हिराकाजी बस्नेतले जनाएका छन् । यसअघि सोही दिन सम्पन्न बैंकको सातौँ र आठौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छाराज तामाङ, अम्बीर बोगटी, प्रतापजंग पाण्डेलाई सञ्चालकमा चयन गरेको थियो । साथै साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त, युगेशबहादुर मल्ललाई सञ्चालकमा चयन गरेको थियो ।