सपोर्ट माइक्रोफाइनान्सको सिइओमा कुलमणि तिम्सिना
काठमाडौँ । केन्द्रीय कार्यालय इटहरीमा रहेको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा कुलमणि तिम्सिना नियुक्त भएका छन् । संस्था सञ्चालक समितिको असार ८ गते बसेको बैठकले असार ९ गतेदेखि लागु हुने गरी तिम्सिनालाई सिइओ नियुक्त गर्ने निर्णय भएको हो ।
आशा राणा अधिकारी सनराइज बैंकको कामु सीइओमा बढुवा
काठमाडौं । आशा राणा अधिकारी सनराइज बैंक लिमिटेडको कामु सीईओमा बढुवा भएकी छिन् । बैंकको गत जेठ २२ गतेको बैठकले अधिकारीलाई कामु सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालेकि छिन् । विगत ३१ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी अधिकारी सनराइज बैंकमा, बैंकको स्थापना कालदेखि नै कार्यरत थिइन् । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरिसकेकी छिन् ।
प्राइम बैंककोे अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ
काठमाडौं । प्राइम कमर्शियल बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् । जेठ २७ गते बसेको बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । बैंकको गत जेठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभाले संस्थापक समुहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ निर्विरोध निर्वाचित गरेको थियो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध रुपमा निर्वाचित भएका थिए ।