जनता बैंककाे स्वतन्त्र संचालकमा सैंजु नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् । बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले सैंजुलाई संचालकमा नियुक्त गरेको हो । संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले सैंजु नियुक्त भएकै दिन पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट वि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी थिइन् । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने कम्पनीको विश्वास रहेको छ ।

खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा सुनीलकुमार दास नियुक्त

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली ग्रहण गरेका छन्। पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन्। केही साना तथा ठूला आयोजनाहरुलाई अघि बढाउने कार्यमा विभाग द्रुत गतिमा अघि बढ्ने उनले बताए । दास २०७१ फागुनदेखि विभागको उपमहानिर्देशक पदमा कार्यरत रहेका थिए । २०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गरेका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयमा ईन्जिनियरको रुपमा कार्य गरेको अनुभव छ । ८ वर्ष जति उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल ईन्जिनियरको रुपमा कार्य गरे । त्यस्तै, २०७० सालमा उनले खानेपानी मन्त्रालय अन्तर्गत सह लगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गरे । अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा समेत उनले तीन वर्ष काम गरे । त्यसैगरी, उनीसँग ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रुपमा तीन वर्ष काम गरेको अनुभव समेत रहेको छ ।

आदित्य घोष ओयो होटल्सको दक्षिण एशियाको कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौँ । दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा संसारकै सबैभन्दा छिटो वृद्धि दर भएको ओयोको होटेल श्रृंखलालले भारत र दक्षिण एशियाको सीईओमा भारतको आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल व्यवसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशिया जसमा इंडिया, नेपाल र अन्य आगामी बजारहरु पर्दछन् । आदित्य २१ वर्षको अनुभव भएका व्यवसायी हुन् । उनले उच्चस्तरीय ग्राहक अनुभव र निरन्तर उपजका लागि ध्यान दिनुका साथै यसको वृद्धि जारी गर्नेछन् । उनको भूमिका सल्लाहकार हुनुका साथै एक उच्च प्रदर्शनलाई पुरस्कार दिने र विविधता कायम राख्ने हुनेछ । यस होटेलको श्रृंखला विशाल बनाउन मात्र नभएर यसलाई लोकप्रिय होटल बनाउन पनि उनको नियुक्ति अति आवश्यक छ । आदित्यले ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ रितेश अग्रवाललाई रिपोर्टिंग गर्नेछन् ।