एनएमबि माइक्रोफाइनान्सको निमित्त सीईओमा रामप्रसाद मिश्र

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको निमित्त प्रमुअ कार्यकारी अधिकृत(सीईओ)मा रामप्रसाद मिश्र नियुक्त भएका छन् । हालै बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको सहायक महाप्रबन्धक मिश्रलाई माइक्रोफाइनान्सको निमित्त सीईओमा नियुक्त गरेको हो । संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीको असामाहीक निधन भएकाले समितिले मिश्रलाई निमित्त सीईओको जिम्मेवारी दिइको हो । गम्भीर बिरामी सीईओ चौधरीको अस्पतालमा उपचारको क्रममा गत मंसिर २६ गते निधन भएको हो ।

कालिका लघुवित्तका अध्यक्ष बासुदेव पौडेलद्धारा सपथ ग्रहण

काठमाडौं । स्याङ्जाको वालिङ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखरा निर्देशक पोमनाथ गौतम समक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सञ्चालक समितिमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडयालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य बासुदेव पौडेल सर्वसम्मत चयन भएका हुन् । आगामी साधारण सभा सम्मको लागि पौडेल अध्यक्षको रुपमा चयन भएका हुन् । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा सपथ ग्रहण भएको प्रमुख कार्यकारी अधिकृत मिन बाहोराले बताए ।

स्वास्थ्य बीमा बोर्डमा रमेश पोखरेल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले अन्तिम सूचिमा सिफारिस गरेका ३ जनामध्येबाट मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको हो । पोखरेलले केहि समय अघि मात्रै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशककाे जिम्मेवारीबाट अवकास प्राप्त गरेका थिए । उनले स्वास्थ्य बीमा बोर्डको कामलाई थप प्रभावकारी बनाउँदै लैजाने, स्वास्थ्य बीमा प्रति नागरिकमा विश्वा अभिवृद्धि गराउने प्रतिवद्धता व्यक्त गरे । ‘केहि दिनपछि आधिकारीक पत्र लिएर कार्यभार सम्हाल्छु, स्वास्थ्य बीमाको दायरा विस्तार र विश्वसनियता अभिवृद्धिका लागि म आफुलाई समर्पित गराउनेछु’, नवनियुक्त कार्यकारी निर्देशक पोखरेलले विकासन्युजसँग भने ।