विकासन्युजको सम्पादकमा बाबुराम खड्का नियुक्त
काठमाडौं । विकासन्युज डट कमको सम्पादकमा बाबुराम खड्का नियुक्त भएका छन् । विकास मिडिया प्रालिको सञ्चालक समितिको बैठकले उनलाई आइतबारदेखि लागू हुनेगरी सम्पादकमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तरसम्म औपचारिक अध्ययन गरेका खड्का विगत १५ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशिल छन् । नेपाल समाचारपत्रमा ७ वर्ष र कारोबार दैनिकमा ६ वर्ष व्यूरो चिफको रुपमा पत्रकारिता गरेका खड्का पछिल्लो समय बाह्रखरीमा आवद्ध थिए । विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले सम्पादक खड्कालाई स्वागत गर्दै नयाँ सम्पादकको नेतृत्वमा विकासन्युजले आर्थिक पत्रकारिताको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा सम्पादक खड्काले सामूहिक प्रयास (टिम वर्क)मा जोड दिदै पाठकको चाहाना र भावना अनुसार आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर समाचार पस्कने बताए ।
नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा सङ्घाई र ढकाल नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । कम्पनीको २५३ औँ संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।
सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । गत साउन २५ गते बसको बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । गौतमले साउन २६ गते (बिहीबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । साथै, सोही बैठकले यस अघिको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।