सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रबन्धकमा अजेश कोइराला नियुक्त
काठमाडौं, १ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धकमा अजेश कोइराला नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकमा रेमिटान्स प्रमुख भई यो क्षेत्रको अनुभव लिएका कोइराला केही समय अघिदेखि अमेरिकामा बस्दै आएका थिए । त्यसैगरी, कम्पनीले कान्तिपुर समूहको ब्राण्ड म्यानेजरको रुपमा काम गर्दै आएका सन्देश कटुवाललाई ब्राण्ड प्रमुख र एभरेष्ट बैंकमा काम गर्दै अाएका रवि शाक्यलाई आइटी प्रमुख नियुक्त गरेको कम्पनी स्राेतले बतायाे । सन् २००६ देखि विप्रेषण सेवाकाे काम गर्दै आएको सिटी एक्सप्रेसले पछिल्लो समयमा कारोबार विस्तार गर्दै लगेको छ ।
कारबाही हुनुपर्ने व्यक्ति डिन, सरकारी प्रक्रियाको विरोधमा डा. केसी अनसनमा
काठमाडौं २९, कात्तिक । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल महाराजगन्जको उपकरण खरिद गर्दा विवादमा तानिएका डा. केशवप्रसाद सिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आईओए)को डिन नियुक्ति गरेको छ। उपकरण खरिद गर्दा विवादमा तानिएका डा. केशवप्रसाद सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका कार्यकारी निर्देशक रहँदा उनले एमआरआई मेसिनलगायत उपकरण खरिद गर्दा स्वास्थ्य मन्त्रालयसँग स्वीकृति नलिएको र सार्वजनिक खरिद ऐनरनियम पालना नगरेको आरोपमा विभागीय कारबाही गर्नुपर्नेमा उल्टै डिनको जिम्मेवारी दिएको । डिन नियुक्ति वरिष्ठताको आधारमा हुनपर्ने र सरकारले मापदण्ड विना नै नियुक्त गरेको भन्दै डा. गोविन्द केसीले पुनः अनसन थालेका छन् । केसीले सरकारको गलत प्रक्रियाको बारेमा र स्वस्थ्य क्षेत्र सुधारको विषयमा पटक पटक अनसनमार्फत सरकारलाई सचेत गराईरहेका छन् ।
अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लालबहादुर थिङ नियुक्त
लालबहादुर थिङ, अल्पाइन विकास बैंकको सिइओ काठमाडौं, २३ कात्तिक । अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । गत कात्तिक १० गते बसको बैंकको ११७औँ बैंक सञ्चालक समितिको बैठकले थिङलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । थिङले कात्तिक १० गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।