नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए शपथ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् । समितिका अध्यक्ष सिलवालले इन्स्योरेन्सका अध्यक्ष संघईलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।
प्राइम लाइफमा निर्मल दाहालको प्रवेश, असारपछि सीईओ बन्दै
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा सात वर्ष काम गरेका दाहालले दुई दिन अघि मात्र सक्षम छोडेको जनाएका थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए । प्राइम लाइफ इन्स्योरेन्सले दाहाललाई तीन महिनापछि सीईओ बनाउने गरी सिनियर डेपुटी सीइओमा नियुक्त गरिएको एक सञ्चालकले विकासन्युजलाई जानकारी दिए । उक्त कम्पनीका वर्तमान सीईओ मनोज कुमार भट्टराईको कार्यकाल आगामी असारमा सकिदैछ । भट्टराई २०७४ असारदेखि कम्पनीको सीईओ पदमा कार्यरत छन् ।
राष्ट्रिय बीमा कम्पनीले पायो सीईओ, सरकारका उपसचिव ओझा नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत १३ गते नै ओझालाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई चैत १५ गतेदेखि नै लागू हुने गरी सीईआको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको हो । यसअघि राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल सीईओ थिए । उनलाई सरकारले फिर्ता बोलाएपछि सीईओ पद रिक्त रहेको थियो ।