भृकुटीमण्डपमा सातौँ बिल्डकन एक्स्पो सुरु (फोटोफिचर)
काठमाडौं । निर्माणसँग सम्बन्धित विभिन्न विषयमा जानकारी दिने उद्देश्यले भृकुटीमण्डपमा सातौं नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो सुरु भएको छ । फागुन २९ सम्म हुने यस एक्स्पो मिडिया स्पेस सोलुसन्स प्रालि र फ्यचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको हो । एक्स्पोमा विभिन्न देशका तीन सयभन्दा बढी ब्राण्ड एक सय ५० भन्दा बढी स्टल रहका छन् ।
चौथो नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो सम्पन्न (फाेटाेफिचर)
काठमाडौं । चितवनमा चौथो नेपाल एग्रिटेक इन्टरनेसनल एक्सपो २०२२ सम्पन्न भएको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी एक्स्पो गरेको हो । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा भएको एक्स्पो फागुन १३, १४ र १५ गते संचालन भएको थियो ।
कराडौं मूल्यका सरकारी गाडीको कन्तबिजोक (फोटोफिचर)
काठमाडाैं । विभिन्न कामका लागि ल्याइएका महँगा गाडी विग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडि मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन् । केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् । तस्वीर: न्युज एजेन्सी नेपाल पुल्चोकस्थित ठूला करदाता कार्यालय अगाडि राखिएको गाडी । सरकारी कार्यालय परिसरमा थन्किएका गाडी । सरकारी कार्यालय परिसरमा थन्किएका गाडी । बानेश्वरस्थित हेभि इकयुपमेन्ट डिभिजनमा रहेका प्रयोगमा आएका र नआएका गाडी । बानेश्वरमा राखिएका ट्रलीबस । सिंहदरवारस्थित संस्कृती मन्त्रालय अगाडि । सिंहदरवारस्थित संस्कृती मन्त्रालय परिसरमा राखिएको गाडी । सरकारी कार्यालय परिसरमा थन्किएका गाडी । बानेश्वर यातयात व्यवस्था विभाग परिसरमा राखिएका बस.jpg पुल्चोकस्थित कृषि विभाग परिसर । पुल्चोकस्थित एक सरकारी कार्यालय पछाडि राखिएको पुराना गाडि । पुल्चोकस्थित जलश्रोत अनुसन्धान तथा विकाश केन्द्रको परिसर ।