जहाँ ‘भगवान’ पनि सुरक्षित छैनन् (फोटो फिचर)
थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा । काठमाडौं । देशेको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । अज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन् । तर संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ । पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । पाटन सुन्धारामा पानीले खिइएको मूर्ति । फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन । एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन । बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु । बसन्तपुरको गोरखनाथको मन्दिर ।
बोर्डविरुद्ध यसरी उत्रिएका थिए लगानीकर्ता (फोटोफिचर)
बोर्डको पत्रकार सम्मेलनलगत्तै नाराबाजीमा उत्रिएका लगानीकर्ता, भने- ‘धितोपत्र बोर्ड मुर्दावाद’ काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्नको लागि राखेको पत्रकार सम्मेलनपछि लगानीकर्ताहरु नारावाजीमा उत्रिएका छन् । उनीहरु धितोपत्र बोर्डले आफ्ना मागहरु पुरा गर्न कुनै तदारुकता नदेखाएको भन्दै नारावाजीमा उत्रिएका हुन् । बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका सबै माग तीन महिनाभित्रमा कार्यान्वयन गरिने भनेपछि तत्काल नगरेको भन्दै लगानीकर्ताहरु नारावाजीमा उत्रिएका हुन् । उनीहरु पत्रकार सम्मेलन सकिएपछि बाहिर ‘धितोपत्र बोर्ड मुर्दावाद’, ‘लगानीकर्ताको माग पुरा गर’ लगायतका नारा लगाएर नारावाजीमा उत्रिएका हुन् । उनीहरुले विभिन्न १९ वटा माग राखेका छन् । विगत ७ दिनदेखि अनसनमा रहेका लगानीकर्ता तिलक कोइराला बोर्डका कर्मचारीलाई घर जान नदिने भन्दै रोडमा बसेका लगानीकर्ता विगत ७ दिनदेखि अनसनमा रहेका लगानीकर्ता तिलक कोइराला बोर्ड कार्यालय अघिको दृष्य