कृषकलाई खेतबारीमा चटारो (फोटोफिचर)
काठमाडौं । मूलपानी क्षेत्रका कृषकहरु यो समय व्यस्त छन् । उनीहरु कोही काउली उखाल्न, कोही खेत गोड्न त कोही तरकारीका बिरुवाहरु रोप्न व्यस्त छन् । यस क्षेत्रका अधिकांश मानिसहरु कृषि पेसामा संलग्न छन् । कृषिबाट नै राम्रो आम्दानी लिन सफल भएको उनीहरु बताउँछन् । तस्बिर: नकुल भारती
यस्तो देखियो नेपाल इन्टरनेशनल फर्निचर एक्सपोको तयारी (फाेटाेफिचर)
काठमाडौं । भृकुटीमण्डपमा सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो पाैष २३ गतेबाट हुँदैछ । यसकाे लागि भृकुटीमण्डपमा तयारी चलिरहेकाे छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा उक्त एक्सपो गर्न लागेको हो । उक्त एक्सपो पौष २३, २४ र २५ गते हुने आयोजकले जनाएको छ ।
तस्विरमा यस्तो देखियो काठमाडौंको तमु ल्होसार (फाेटाेफिचर)
काठमाडौं । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।