तस्वीरमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्रीको भेट

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हैदराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका लागि हैदराबाद हाउस आइपुगेका हुन् ।  तस्वीर:

बदलिँदै काठमाडौं, अग्लिदै उपत्यका (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्नेक्रम तिब्र छ । केही बर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहँुदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निमाणाधीन छन् । यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले दृष्यमा कैद गरेकाछन् ।

एनसेलद्वारा निर्मित खेलमैदान (फोटो फिचार)

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंस्थित लैनचौरमा रहेको आफ्नो अफिस परिसरमा बनाएको मैदानको सुन्दरतालाई हामीले फोटोमा कैद गरेका छौं । विभिन्न सुविधाहरूसहित निर्माण सम्पन्न गरेर एनसेलले काठमाडौं महानगरपालिका-२६ लाई हस्तान्तरण गरिसकेको छ । मैदान आमनागरिकका लागि खुला गरिएको एनसेलले जानकारी दिएको छ । ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ए साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा बनाएका छन् । मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फुटबल मैदान बनाइएको छ । एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनलगायत क्षेत्रमा १.४२ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ । थप तस्बिरहरू हेर्नुस्