कराडौं मूल्यका सरकारी गाडीको कन्तबिजोक (फोटोफिचर)

काठमाडाैं । विभिन्न कामका लागि ल्याइएका महँगा गाडी विग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडि मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन् । केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् । तस्वीर: न्युज एजेन्सी नेपाल पुल्चोकस्थित ठूला करदाता कार्यालय अगाडि राखिएको गाडी । सरकारी कार्यालय परिसरमा थन्किएका गाडी । सरकारी कार्यालय परिसरमा थन्किएका गाडी । बानेश्वरस्थित हेभि इकयुपमेन्ट डिभिजनमा रहेका प्रयोगमा आएका र नआएका गाडी । बानेश्वरमा राखिएका ट्रलीबस । सिंहदरवारस्थित संस्कृती मन्त्रालय अगाडि । सिंहदरवारस्थित संस्कृती मन्त्रालय परिसरमा राखिएको गाडी । सरकारी कार्यालय परिसरमा थन्किएका गाडी । बानेश्वर यातयात व्यवस्था विभाग परिसरमा राखिएका बस.jpg पुल्चोकस्थित कृषि विभाग परिसर । पुल्चोकस्थित एक सरकारी कार्यालय पछाडि राखिएको पुराना गाडि । पुल्चोकस्थित जलश्रोत अनुसन्धान तथा विकाश केन्द्रको परिसर ।

तनावग्रस्त बन्यो काठमाडौंको नयाँ बानेश्वर (तस्विरसहित)

काठमाडौं । एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रर्दशनकारीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो । त्यसक्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो । अहिले पनि नयाँबानेश्वर-बबरमहल-माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भईरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलहरुले एमसीसी यथास्थितिमा पास गर्नु नहुने अडान लिएका छन् । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस भने एमसीसी संसदबाट पास गर्नुपर्ने पक्षमा रहेको छ । प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले एमसीसी नेपालको हीतमा कदापि नभएको दाबी गरे । उनले एमसीसीले नेपालको भौगोलिक अखण्डतामाथि पनि चुनौति थप्ने बताए । वरिष्ठ अधिवक्ता भण्डारीले एमसीसी सम्झौता लागू भएमा नेपालको कानून र सुरक्षा निकायले पनि एमसीसीको मुद्दा हेर्न नपाउने व्यवस्था रहेको बताए । वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘एमसीसीले हाम्रो भौगोेलिक अखण्डतामाथि पनि चुनौति दिएको छ । हाम्रो कानून प्रणाली भनेको के हो भने सबैलाई कानूनले सम्मान व्यवहार गर्दछ । अपराधीलाई दण्डित गर्दछ । निर्दोषलाई संरक्षण गर्छ भन्ने हो । तर जहाँ एमसीसी प्रोजेक्ट लागू हुन्छ त्यहाँ एमसीसीको अपराधमा नेपालको अदालतले पनि मुद्दा हेर्न पाउँदैन, सुरक्षा निकायले पनि अनुसन्धान गर्न पाउँदैन । त्यसले गर्दा हमीले सोच्दै नसोचेको अकल्पनीय, हाम्रो कानूनी प्रणाली भन्दा पनि बाहिरको फौजदारी सजाय पनि नहुने जुन किसिमको एमसीसीमा गरियो त्यो हाम्रो लागि सह्य छैन ।’ वरिष्ठ अधिवक्ता भण्डारीले एमसीसीमा नेपालीहरुका लागि अकल्पनीय कानूनी प्रणाली समावेश गरिएको भन्दै त्यो कुरा कोही पनि नेपालीहरुका लागि सैह्य नहुने चेतावनी दिए ।

तस्वीरमा मोतिलाल दुगडको पुस्तक विमोचन (फोटोफिचर)

काठमाडाैं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ‘कृषि उद्यमदेखि जलविद्युतसम्म’ पुस्तक विमोचन भएको छ । उनले आइतबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै सो पुस्तक विमोचन गरेका हुन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा घरभित्रै बस्नु परेको बाध्यताको सदुपयोग गर्दै सो पुस्तक लेख्ने अवसर मिलेको उनले बताए । पुस्तक सार्वजिनक कार्यक्रममा उनले पुस्तक लेख्ने आफ्नो पहिलेदेखिको रुची भएको भएपनि समय अभावको कारण लेख्न नसकेको बताउँदै कोरोनाले त्यो रुची पूरा गरेको धारणा राखे ।