जर्मनीबाट पनि आयो स्वास्थ्य सामाग्री (फोटो फिचर)

काठमाडौं । जर्मनीले नेपाल सरकारलाई कोभिड – १९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नुभएको हो । जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५०० थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४०० गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधिहरु रहेको नेपालका लागि जर्मनी राजदुतावासले जनाएको छ । जर्मनी सहयोग लिदैँ स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठुलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

६० देखि ६४ वर्ष उमेर समुहमा खोप अभियान शुरु (फोटो फिचर)

काठमाडौै । सरकारले आजदेखि देशैभरी खोप अभियान सञ्चालन गरेको छ । ६० वर्षदेखि ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । केही दिन अघि मित्रराष्ट्र चीनले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको १० लाख डोज खोप उपलब्ध गराएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले ६० देखि ६५ वर्षको उमेर समुहलाई लगाउने खोप देशैभरीका खोप केन्द्रमा पुगिसकेको बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समुहका करिब ८ लाख मध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको छ ।

प्रचण्डले यसरी हस्तान्तरण गरे सबै प्रदेशका लागि स्वास्थ्य सामाग्री (फोटो फिचर)

काठमाडौं । कोभिड–१९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका छन् । सो स्वास्थ्य सामग्रीहरु चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग÷संगठनबाट प्राप्त भएको जनाइएको छ । सामग्रीहरुमा एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन। अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल तथा केएन ९५ मास्क रहेका छन् ।