देशभर बाढीपहिराे (फाेटाेफिचर)
काठमाडाैं । मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ । भारी वर्षाकाे कारण हाल देशकाे धेरै भागहरु डुबानमा परेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी पर्याे । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । पहिरोले अवरुद्ध बागलुङ-पोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ । काठेखोलामा आएको बाढीले क्षति पुर्याएको बागलुङ नगरपालिका- १ मालढुंगामा रहेको पक्की पुल क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका-६ कालेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा खसेको पहिरो .। पहिरोले करिडोर अवरुद्ध छ ।
इन्जिनियरको समूहले अस्पतालहरुका भेन्टिलेटर निःशुल्क मर्मत गर्दाका केही झलक (फोटो फिचर)
काठमाडौं । नेपाली कांग्रेस निकटको इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरुमा निःशुल्क रुपमा स्वास्थ्य उपकरणको मर्मतसम्भार गरिदिन थालेको छ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको समयमा विभिन्न अस्पतालहरुको कोभिडसँग सम्बन्धित उपचारमा आवश्यक उपकरणहरुको मर्मतसम्भार गरिदिन थालेको हो । कतिपय अस्पतालमा भेन्टीलेटर, अक्सिजन कन्सनट्रेटर, मनिटर, आइसियुमा प्रयोगहुने विभिन्न उपकरणहरु चलाउन नजानेको अवस्थामा अथवा बिग्रिएको अवस्थामा बायोमेडिकल इन्जिनियरहरुको समुहले निःशुल्क मर्मत सम्भार गरिरहेको छ । इन्जिनियरहरुको समुहको एक इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा २ जना फोकल पर्सन तोकेर काम शुरु गरिएको र केन्द्रमा १५ जनाको केन्द्रीय समिति बनाइएको उहाँले बताउनुभयो । कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिने गरेको भन्दै आफुहरुले आवश्यक अस्पतालमा पुगेर सहजीकरण गरिदिने गरेको उहाँले बताउनुभयो ।