यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटो फिचरसहित)
काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई-अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । इन्टेलिजेन्ट एसयूभी ग्लारी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटोफिचर) सम्बन्धित समाचार डिएफएसके ग्लोरी आई-अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता
होटल र्याडिसनमा तीन दिने ट्रेड फेयर सूरू, उपराष्ट्रपति पुनले गरे उद्घाटन (फोटो फिचर)
काठमाडौं । लाजिम्पाटस्थित होटल र्याडिसनमा तीन दिने ट्रेड फेयर सञ्चालनमा आएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रेड फेयरको उद्घाटन गरेका छन् । यस ट्रेड फेयरमा नेपाली उद्यमी महिलाहरूले उत्पादन गरेका कपडा, अचार, हस्तकला लगायत बिभिन्न सरसामानहरु राखिएका छन् । सोमबार उप–राष्ट्रपति नन्दबहादुर पुन मगरले स्टल भिजिट गरेर महिला उद्यमीहरुलाई प्रोत्साहन गरेका थिए । नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्कले मेलाको अवलोकन गरेका थिए । सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ । सबै तस्विरहरु : प्रकृति अर्याल
प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मदिन (फोटोफिचर)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन मनाएका छन् । पारिवारिक जमघटमा प्रधानमन्त्री ओलीले उनको सरकारी निवास वालुवाटारमा जन्मदिन मनाएका हुन् । उनको जन्मदिनमा पिता मोहन प्रसाद ओलीले टिका लगाइदिएका थिए । प्रजातन्त्र स्थापनको लागि संघर्ष गर्दा प्रधानमन्त्री ओलीलाई पन्चायती सरकारले १४ वर्षभन्दा बढी समय जेलमा राखेको थियो । नेकपा मालेमा आबद्ध ओली उनको पार्टीले झापा विद्रोह गरेकै समयदेखि भूमिगत रहेका थिए । प्रजातन्त्र पुनस्थापना भएपछि खुल्ला राजनीतिमा आएको ओली संलग्न पार्टी नेकपा माले २०४८ सालपछि तत्कालिन माक्र्सबादीसँग एकता गरी नेकपा एमाले बनेको थियो । ओली अहिले दोस्रो कार्यकालमा प्रधानमन्त्रीका रुपमा छन् । यसअघि उनी २०७२ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाले संविधान बनाए लगत्तै तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा ओली प्रधानमन्त्री भएका थिए । त्यसपछि २०७४ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेले बाम गठबन्धन गरेर निर्वाचनमा गएको थियो । सो निर्वाचनमा बाम गठबन्धनले सुविधाजनक बहुमत पाएको थियो । ओली नेतृत्वमा सरकार बनेपछि तत्कालिन माओबादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेको थियो । तर, नेकपाले आन्तरिक विवाद व्यवस्थापन गर्न सकेन । सोही कारण अहिले नेकपा राजनीतिक रुपमा विभाजन भइसकेको छ भने प्रधानमन्त्री ओलीसले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्ने तयारी गरेका छन् । यद्यपि प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा न्यायिक निरुपणको चरणमा छ । प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका छन् । र, पनि उनी स्वस्थ र सक्रिय देखिएका छन् । उनको पार्टीले गरेको देशव्यापी सभाहरुमा उनी सम्बोधन गर्दै हिडिरहेका छन् । प्रधानमन्त्री ओली अहिले पनि आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर सार्वजनिक वक्तव्य दिने थोरै नेतामध्येमा पर्छन् । (सबै तस्बीरहरु प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको हो ।)