निषेधाज्ञा खुकुलो भएसँगै भीडले कोरोनालाई जिस्क्यायो (फोटो फिचर)

काठमाडौं । कोभिड-१९ संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । एक साता (गत जेठ १३ गतेदेखि २० गतेसम्म) कडाई गरिएको निषेधाज्ञा आजदेखि केही खुकुलाे पारिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आजदेखि निषेधाज्ञा केही खुकुलो पार्दै लम्ब्याउने निर्णय गरेको हो । शुक्रबारदेखि जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञाको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । यसपाली भने तरकारीलगायत किराना पसल, खाद्यान्न, तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ ।

महानगरपालिकाले अस्पतालहरुलाई भेन्टिलेटर सहयोग गर्दाको क्षण (फोटो फिचर)

काठमाडौं । महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ । महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आइसियु भेन्टीलेटर प्रदान गरेको हो । आइसियु भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमिमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडी बढाइरहेको पनि जानकारी दिनुभयो ।

जब कोरोनालाई जितेर घर फर्किन ९३ वर्षकी वृद्धा (फोटो फिचर)

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । हामीले उनी घर फर्किंदाको क्षणलाई फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौं :