प्रचण्डले यसरी हस्तान्तरण गरे सबै प्रदेशका लागि स्वास्थ्य सामाग्री (फोटो फिचर)
काठमाडौं । कोभिड–१९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका छन् । सो स्वास्थ्य सामग्रीहरु चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग÷संगठनबाट प्राप्त भएको जनाइएको छ । सामग्रीहरुमा एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन। अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल तथा केएन ९५ मास्क रहेका छन् ।
३० करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेपाल चिकित्सक संघ (फोटो फिचर)
काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्यसंस्थामा ३० करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी संघले देशभरका २०० भन्दा बढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएको हो । चु ची फाउन्डेशन ताईवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, एचएफएनसी, पिपिई लगायत तिस करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
यस्तो देखियो कृषिमन्त्री अर्याललाई बिदाई गर्दाको क्षण (फोटो फिचर)
काठमाडौं । निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि मन्त्रालयको शाखा कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गरेकी छिन् । मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन् । सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था हुन नहुने बताइन् । मन्त्री अर्यालकाे बिदाई समारोहका केही तस्वीर-